भजनसङ्‌ग्रह १३७:१-९

  • बेबिलोनको नदीको किनारमा

    • सियोनको कुनै गीत गाइएन (३, ४)

    • बेबिलोन नाश हुनेछ ()

१३७  बेबिलोनको नदीको किनारमा+ बसेरहामी सियोनलाई सम्झँदै रोयौँ।+  २  त्यहाँका* चिनारका* रूखहरूमाहामीले आफ्नो वीणा झुन्ड्‌यायौँ।+  ३  हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:“हाम्रो लागि सियोनको एउटा गीत गाओ।”  ४  हामी कसरी विदेशी भूमिमायहोवाको गीत गाउन सक्छौँ र?  ५  हे यरुसलेम, मैले तिमीलाई बिर्सेको भएमेरो दायाँ हातले आफ्नो सबै काम बिर्सिजाओस्‌।*+  ६  यदि मैले तिमीलाई नसम्झेको भए,तिमीलाई मेरो खुसीको सबैभन्दा ठूलो कारण नठानेको भए+मेरो जिब्रो मेरो तालुमा टाँसिजाओस्‌।  ७  हे यहोवा, यरुसलेमको पतन भएको दिनएदोमीहरूले भनेको यो कुरा सम्झनुहोस्‌:“त्यसलाई तहसनहस पार्‌! त्यसको जगसमेत तहसनहस पार्‌!”+  ८  ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्‌,त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+  ९  तेरा छोराछोरीलाई खोसेरतिनीहरूलाई चट्टानमा पछार्ने मानिस खुसी हुनेछ।+

फुटनोटहरू

यसले बेबिलोनलाई जनाउँछ।
लहरे पिपलजस्तै एक प्रकारको रूख।
वा सम्भवतः “सुकिजाओस्‌।”