भजनसङ्‌ग्रह ६१:१-८

  • परमेश्‍वर, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा

    • ‘म तपाईँको पालमा पाहुना बन्‍नेछु’ ()

निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। दाउदको रचना। ६१  हे परमेश्‍वर, मेरो गुहार सुन्‍नुहोस्‌।मेरो प्रार्थनामा ध्यान दिनुहोस्‌।+  २  मेरो मन निराशाले भरिँदा*+म पृथ्वीको पल्लो छेउबाट तपाईँलाई पुकार्नेछु।मभन्दा अग्लो चट्टानमा मलाई डोऱ्‍याएर लैजानुहोस्‌।+  ३  किनकि तपाईँ मलाई शत्रुबाट जोगाउने मेरो शरणस्थान,+मेरो बलियो धरहरा हुनुहुन्छ।  ४  म तपाईँको पालमा सदाको लागि पाहुना बन्‍नेछु;+म तपाईँका पखेटामुनि शरण लिनेछु।+ (सेला)  ५  किनकि हे परमेश्‍वर, तपाईँले मेरो भाकल सुन्‍नुभएको छ।तपाईँको नामको डर मान्‍नेहरूले पाउने अधिकार तपाईँले मलाई दिनुभएको छ।+  ६  तपाईँ राजालाई लामो आयु दिनुहुन्छ+अनि तिनी पुस्तौँपुस्तासम्म जिउनेछन्‌।  ७  तिनी परमेश्‍वरसामु सिंहासनमा सदालाई विराजमान हुनेछन्‌।+तपाईँले देखाउनुभएको अटल प्रेम र वफादारीले गर्दा तिनको सधैँ रक्षा होस्‌।+  ८  तब म दिनैपिच्छे आफ्नो भाकल पूरा गर्नेछु+अनि म सदासदा तपाईँको नामको स्तुति गाउनेछु।*+

फुटनोटहरू

वा “कमजोर हुँदा।”
वा “म तपाईँको नामको प्रशंसा गर्न धुन बजाउनेछु।”