भजनसङ्ग्रह १४३:१-१२
दाउदले रचेको भजन।
१४३ हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्;+मदतको लागि मैले गरेको पुकारा सुन्नुहोस्।मलाई जवाफ दिनुहोस् किनकि तपाईँ वफादार र न्यायी हुनुहुन्छ।
२ आफ्नो सेवकविरुद्ध मुद्दा नलड्नुहोस्किनकि कुनै पनि जीवित मानिस तपाईँसामु धर्मी ठहरिन सक्दैन।+
३ शत्रुले मलाई खेदेको छ;त्यसले मलाई कुल्चीमिल्ची गरेर मेरो ज्यान लिएको छ।त्यसले मलाई अन्धकारमा रहन बाध्य पारेको छ, म उहिल्यै मरिसकेका मानिसहरूजस्तै भएँ।
४ मेरो बल घट्दै गइरहेको छ;+मेरो मन बोधो भएको छ।+
५ म बितेका दिनहरू सम्झन्छु;तपाईँका सबै काममा मनन गर्छु;+म तपाईँका हातका कामहरूमा मग्न हुन्छु।*
६ म तपाईँसामु आफ्नो हात फैलाउँछु;सुक्खा जमिनले पानीको तिर्सना गरेझैँ म तपाईँको तिर्सना गर्छु।+ (सेला)
७ हे यहोवा, मलाई छिट्टै जवाफ दिनुहोस्;+मेरो बल क्षीण भएको छ।+तपाईँको मुहार मबाट नलुकाउनुहोस्+नत्र त म खाडलमा* जानेहरूझैँ हुनेछु।+
८ बिहानीपख मैले तपाईँको अटल प्रेमबारे सुन्न पाऊँकिनकि म तपाईँमा भरोसा गर्छु।म हिँड्नुपर्ने बाटो मलाई देखाइदिनुहोस्+किनकि म तपाईँतिरै फर्कन्छु।
९ हे यहोवा, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्।म तपाईँमै शरण लिन्छु।+
१० तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्+किनकि तपाईँ नै मेरा परमेश्वर हुनुहुन्छ।तपाईँको पवित्र शक्ति भला छ,त्यसले मलाई समतल जमिनमा* डोऱ्याओस्।
११ हे यहोवा, तपाईँको नामको खातिर मलाई जीवितै राख्नुहोस्।मलाई दुःखबाट छुटाउनुहोस् किनकि तपाईँ न्यायी हुनुहुन्छ।+
१२ तपाईँको अटल प्रेमको कारण मेरा शत्रुहरूलाई खतम गरिदिनुहोस्;*+मलाई सताउनेहरू सबैलाई नाश गर्नुहोस्+किनकि म तपाईँको सेवक हुँ।+