भजनसङ्‌ग्रह १११:१-१०

  • यहोवाको महान्‌ कामको लागि उहाँको प्रशंसा गर

    • परमेश्‍वरको नाम पवित्र र श्रद्धा जगाउने किसिमको छ ()

    • परमेश्‍वरको डर मान्‍नु बुद्धि हो (१०)

१११  याहको प्रशंसा गर!*+ א [आलेफ] समुदायमा र सोझा मानिसहरूको समूहमा ב [बेथ] म सारा हृदयले यहोवाको प्रशंसा गर्नेछु।+ ג [गिमेल]  २  यहोवाका कामहरू महान्‌ छन्‌;+ ד [दालेथ] ती कामहरूमा रमाउनेहरू सबैले तिनमा गौर गर्छन्‌।+ ה [हे]  ३  उहाँका कामहरू महिमा र वैभवले परिपूर्ण छन्‌ ו [वाव] अनि उहाँको धार्मिकता सदासर्वदा रहिरहनेछ।+ ז [जयिन]  ४  उहाँ आफ्ना आश्‍चर्यजनक कामहरूलाई यादगार बनाउनुहुन्छ।+ ח [हेत] यहोवा दयालु र कृपालु हुनुहुन्छ।+ ט [टेथ]  ५  उहाँको डर मान्‍नेहरूलाई उहाँ भोजन दिनुहुन्छ।+ י [योद] उहाँ आफ्नो करार कहिल्यै बिर्सनुहुन्‍न।+ כ [काफ]  ६  आफ्ना मानिसहरूलाई अरू राष्ट्रहरूको अधिकार दिएर ל [लामेद] उहाँले आफ्ना मानिसहरूलाई आफ्ना शक्‍तिशाली कार्यहरू प्रकट गर्नुभएको छ।+ מ [मेम]  ७  उहाँका हातका कामहरू सत्यता र न्यायले भरिएका छन्‌।+ נ [नुन] उहाँका सबै आज्ञा भरोसायोग्य छन्‌।+ ס [सामेख]  ८  ती सधैँ भरपर्दा छन्‌, अहिले र सदासर्वदा। ע [अयिन] ती सत्यता र धार्मिकतामा बसालिएका छन्‌।+ פ [पे]  ९  उहाँले आफ्ना मानिसहरूलाई छुटकारा दिनुभएको छ।+ צ [सादे] आफ्नो करार सधैँभरि कायम रहोस्‌ भनी उहाँले आज्ञा दिनुभएको छ। ק [कोफ] उहाँको नाम पवित्र छ, यसले श्रद्धा जगाउँछ।+ ר [रेश] १०  यहोवाको डर मान्‍नु बुद्धिको सुरुवात हो।+ ש [शिन] उहाँका आज्ञाहरू पालन गर्ने सबैले अन्तर्दृष्टि* देखाउँछन्‌।+ ת [ताव] उहाँको प्रशंसा सदासर्वदा भइरहनेछ।

फुटनोटहरू

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
वा “आन्तरिक चेतना।”