भजनसङ्‌ग्रह ९७:१-१२

  • यहोवा अरू सबै देवताभन्दा उच्च

    • “यहोवा राजा हुनुभएको छ!” ()

    • यहोवालाई प्रेम गर, खराब कुरालाई घृणा गर (१०)

    • धर्मीको लागि ज्योति (११)

९७  यहोवा राजा हुनु भएको छ!+पृथ्वीले खुसीयाली मनाओस्‌।+टापुहरूले रमाहट गरून्‌।+  २  उहाँको वरिपरि बाक्लो बादल र घोर अन्धकार छ;+धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो।+  ३  आगो उहाँको अघिअघि जान्छ+र चारैतिर रहेका उहाँका शत्रुहरूलाई भस्म गर्छ।+  ४  उहाँको बिजुलीको चमकले धर्ती उज्यालो हुन्छ;त्यो देखेर पृथ्वी थरथराउँछ।+  ५  सारा पृथ्वीका मालिक यहोवासामुपहाडहरू मैनजस्तै पग्लिजान्छन्‌।+  ६  आकाशले उहाँको धार्मिकताको घोषणा गर्छअनि जातिजातिले उहाँको महिमा देख्छन्‌।+  ७  कुँदिएका मूर्तिहरूको पूजा गर्नेहरू सबै लाजमा परून्‌,+जो आफ्ना व्यर्थका देवताहरूको घमन्ड गर्छन्‌।+ए सबै देवता हो, उहाँलाई दण्डवत्‌* गर।+  ८  हे यहोवा, तपाईँका फैसलाहरू सुनेरसियोनले रमाहट गर्छ+अनि यहुदाका सहरहरूले* खुसीयाली मनाउँछन्‌।+  ९  किनकि हे यहोवा, तपाईँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ;तपाईँ अरू सबै देवताभन्दा अति उच्च हुनुहुन्छ।+ १०  हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+ ११  धर्मीको निम्ति ज्योति चम्किएको छ+अनि सोझो मन भएकाहरूको लागि खुसीको बहार छाएको छ। १२  हे धर्मी मानिसहरू हो, यहोवाको साथ पाएकोमा रमाहट गरअनि उहाँको पवित्र नामको प्रशंसा गर।

फुटनोटहरू

वा “उपासना।”
शा., “छोरीहरूले।”
वा “शक्‍तिबाट।”