भजनसङ्‌ग्रह १०२:१-२८

  • थिचोमिचोमा परेको मानिसले हताश हुँदा यहोवालाई गरेको प्रार्थना

    • ‘म एक्लो चरोजस्तै भएको छु’ ()

    • “मेरा दिनहरू ढल्किँदै गएको छायाजस्तै छन्‌” (११)

    • “यहोवाले सियोनलाई फेरि बसाल्नुहुनेछ” (१६)

    • यहोवा सधैँभरि रहिरहनुहुनेछ (२६, २७)

थिचोमिचोमा परेको मानिसले हताश* हुँदा आफ्नो दुखेसो पोख्दै यहोवालाई गरेको प्रार्थना।+ १०२  हे यहोवा, मेरो प्रार्थना सुन्‍नुहोस्‌;+मेरो गुहार तपाईँसम्म पुगोस्‌।+  २  म सङ्‌कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्‌।+मतिर आफ्नो कान फर्काउनुहोस्‌;*मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्‌।+  ३  किनकि मेरा दिनहरू धुवाँजस्तै उडेर जाँदै छन्‌,मेरा हड्डीहरू आगोले डढेझैँ भएका छन्‌।+  ४  मेरो मन ओइलाएर सुकेको घाँसजस्तै भएको छ,+मेरो भोक हराएको छ।  ५  मैले ठूलो स्वरले सुस्केरा हालेकोले+मेरो छाला हड्डीहरूमा टाँसिएको छ।+  ६  म घाउँके हावासीलजस्तै* भएको छु;म खण्डहरहरूमा बस्ने सानो लाटोकोसेरोजस्तै भएको छु।  ७  म अनिदो बस्छु;*म छानामाथिको एक्लो चरोजस्तै भएको छु।+  ८  मेरा शत्रुहरू दिनभरि मेरो खिसी गर्छन्‌।+मेरो खिल्ली उडाउनेहरू मेरो नाम लिएर सराप्छन्‌।  ९  खरानी नै मेरो रोटी भएको छ,+म आँसु मिसिएको पानी पिउँछु+ १०  किनकि तपाईँको रिस र तपाईँको क्रोध ममाथि खनिएको छ;तपाईँले मलाई माथि उचाल्नुभयो र तल पछार्नुभयो। ११  मेरा दिनहरू ढल्किँदै गएको* छायाजस्तै छन्‌+र म ओइलाउँदै गरेको घाँसजस्तै भएको छु।+ १२  तर हे यहोवा, तपाईँ सदासर्वदा रहिरहनुहुन्छ+अनि तपाईँको नाम* पुस्तौँपुस्तासम्म रहिरहनेछ।+ १३  तपाईँ पक्कै उठ्‌नुहुनेछ र सियोनमाथि कृपा देखाउनुहुनेछ+किनकि त्यसलाई तपाईँको अनुग्रह देखाउने समय भइसकेको छ,+तोकिएको समय आइसकेको छ।+ १४  किनकि तपाईँका सेवकहरू त्यसका ढुङ्‌गाहरूमा प्रसन्‍न हुन्छन्‌,+त्यसको माटोलाई समेत माया गर्छन्‌।+ १५  राष्ट्रहरूले यहोवाको नामको डर मान्‍नेछन्‌अनि पृथ्वीका सबै राजा तपाईँको महिमा देखेर डराउनेछन्‌।+ १६  किनकि यहोवाले सियोनलाई फेरि बसाल्नुहुनेछ;+उहाँ आफ्नो महिमाका साथ प्रकट हुनुहुनेछ।+ १७  उहाँले बेसहाराहरूको प्रार्थनामा ध्यान दिनुहुनेछ;+उहाँले तिनीहरूको प्रार्थनालाई तुच्छ ठान्‍नुहुनेछैन।+ १८  यो कुरा आउने पुस्ताको लागि लेखिएको हो+ताकि पछि अस्तित्वमा आउने* जातिले याहको प्रशंसा गरोस्‌। १९  उहाँ आफ्नो उच्च पवित्र ठाउँबाट तल हेर्नुहुन्छ,+यहोवाले स्वर्गबाट पृथ्वीमा दृष्टि लगाउनुहुन्छ, २०  कैदीहरूको सुस्केरा सुन्‍नलाई,+मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई छुटकारा दिनलाई+ २१  ताकि यहोवाको नाम सियोनमा घोषणा गरियोस्‌+अनि यरुसलेममा उहाँको प्रशंसा गरियोस्‌, २२  जब जातिहरू र राज्यहरूयहोवाको सेवा गर्न एकसाथ भेला हुन्छन्‌।+ २३  उहाँले समयअगावै मेरो बल खोस्नुभएको छ;उहाँले मेरा दिनहरू घटाइदिनुभएको छ। २४  मैले भनेँ: “हे मेरा परमेश्‍वर,तपाईँ, जसका वर्षहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्‌,+मेरो आधा आयुमै मलाई नाश नगर्नुहोस्‌। २५  युगौँअघि तपाईँले पृथ्वीको जग बसाल्नुभयोअनि आकाश तपाईँकै हातको रचना हो।+ २६  तिनीहरू नाश हुनेछन्‌ तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ।लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्‌।लुगा फेरेझैँ तपाईँले तिनीहरूलाई फेर्नुहुनेछ र तिनीहरू नाश हुनेछन्‌। २७  तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।+ २८  तपाईँका सेवकहरूका छोराछोरी ढुक्कसित बस्नेछन्‌अनि तिनीहरूका सन्तान तपाईँसामु रहिरहनेछन्‌।”+

फुटनोटहरू

वा “कमजोर।”
वा “झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”
एक किसिमको पेलिकन चरा।
वा सम्भवतः “म ख्याउटे भएको छु।”
वा “लम्बिएको।”
शा., “सम्झना।”
शा., “सृजिइने।”