भजनसङ्‌ग्रह ८:१-९

  • परमेश्‍वरको महिमा र मानिसको गौरव

    • “तपाईँको नाम कत्ति गौरवशाली छ!” (, )

    • “मानिस के हो र?” ()

    • मानिसलाई महिमाको मुकुट पहिऱ्‍याइयो ()

निर्देशकलाई; गित्तिथमा* मिलाउने। दाउदले रचेको भजन।  हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+  २  तपाईँका वैरीहरूको कारणतपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट+ आफ्नो शक्‍ति प्रकट गर्नुभएको छताकि शत्रुहरू र बदला लिनेहरूको मुखमा बुजो लागोस्‌।  ३  आकाशमा तपाईँको औँलाको कामलाई विचार गर्दा,तपाईँले बनाउनुभएका जून र तारालाई हेर्दा+  ४  मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ?मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+  ५  तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयोअनि उसलाई गौरव र महिमाको मुकुट पहिऱ्‍याउनुभयो।  ६  तपाईँले उसलाई आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो;+तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो:  ७  भेडाबाख्रा र गाईवस्तु सबैअनि जङ्‌गली जनावर सबै,+  ८  आकाशका चराचुरुङ्‌गी र समुद्रका माछाअनि समुद्रमा पौडिने जीव सबै।  ९  हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “तपाईँ, जसको महिमाको चर्चा आकाशभन्दा माथि हुन्छ।”