भजनसङ्‌ग्रह ५०:१-२३

  • परमेश्‍वरले वफादार र दुष्ट मानिसको न्याय गर्नुहुन्छ

    • बलिदानको आधारमा परमेश्‍वरले बाँध्नुभएको करार ()

    • “उहाँ स्वयम्‌ न्यायकर्ता हुनुहुन्छ” ()

    • सबै जनावर परमेश्‍वरकै हुन्‌ (१०, ११)

    • परमेश्‍वरले दुष्टहरूको पर्दाफास गर्नुहुन्छ (१६-२१)

आसापले रचेको भजन।+ ५०  ईश्‍वरहरूका ईश्‍वर यहोवा+ बोल्नुभएको छ;पूर्वदेखि पश्‍चिमसम्म*पृथ्वीका सारा मानिसलाई उहाँ हाजिर गराउनुहुन्छ।  २  अतिसुन्दर+ सियोनबाट परमेश्‍वरले आफ्नो ज्योति चम्काउनुहुन्छ।  ३  हाम्रा परमेश्‍वर आउनुहुनेछ, उहाँ चुप लागेर बस्नुहुनेछैन।+उहाँको अघिअघि भस्म गर्ने आगो छ+अनि उहाँको चारैतिर ठूलो हुरीबतास चल्छ।+  ४  उहाँ आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ+र आफ्ना मानिसहरूको इन्साफ गर्नुहुन्छ:+  ५  “मेरा वफादार मानिसहरूलाई मकहाँ भेला गर,जसले बलिदानको आधारमा मसँग करार गरेका छन्‌।”+  ६  आकाशले परमेश्‍वरको न्यायको घोषणा गर्छकिनकि उहाँ स्वयम्‌ न्यायकर्ता हुनुहुन्छ।+ (सेला)  ७  “ए मेरा मानिसहरू हो, मेरो कुरा सुन र म बोल्नेछु;ए इस्राएल, म तेरो विरुद्धमा साक्षी दिनेछु।+म परमेश्‍वर हुँ, तेरा परमेश्‍वर।+  ८  तिमीहरूले चढाउने बलिदानको कारण मैले तिमीहरूलाई हप्काएको होइनँ,तिमीहरूले चढाउने अग्निभेटीको कारण पनि होइन किनकि त्यो त तिमीहरूले सधैँ चढाएकै छौ।+  ९  मलाई तिमीहरूको घरको बहरवा तिमीहरूको गोठको बाख्रा चाहिएको होइन।+ १०  किनकि जङ्‌गलका सबै जनावर मेरै हुन्‌,+हजारौँ पहाडमा भएका जन्तुहरू पनि मेरै हुन्‌। ११  पहाडको हरेक पन्छीबारे म जान्दछु;+जमिनका अनगिन्ती पशुहरू मेरै हुन्‌। १२  मलाई भोक नै लागे पनि म तिमीहरूलाई भन्‍ने थिइनँकिनकि उर्वर भूमि र त्यसमा भएका सबै थोक मेरै हुन्‌।+ १३  म बहरको मासु खान्छु र?म बाख्राको रगत पिउँछु र?+ १४  परमेश्‍वरलाई बलिदानस्वरूप धन्यवाद चढाओ+अनि सर्वोच्च परमेश्‍वरसित गरेको भाकल पूरा गर;+ १५  दुःखको बेला मलाई पुकार।+म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ।”+ १६  तर दुष्टहरूलाई परमेश्‍वरले भन्‍नुहुनेछ:“मेरा आज्ञाहरूबारे कुरा गर्ने+वा मेरो करारबारे बोल्ने+ तिमीहरूको के अधिकार? १७  किनकि तिमीहरू अनुशासनलाई* घृणा गर्छौअनि घरीघरी मेरा वचनतिर आफ्नो पीठ फर्काउँछौ।+ १८  चोरलाई देख्यौ भने तिमीहरू त्यसलाई मन्जुरी दिन्छौ*+अनि व्यभिचार* गर्नेहरूसित सङ्‌गत गर्छौ। १९  तिमीहरू आफ्नो मुखले दुष्ट कुरा फैलाउँदै हिँड्‌छौअनि तिमीहरूको जिब्रो छलले भरिएको छ।+ २०  तिमीहरू बसेर आफ्नै दाजुभाइको विरुद्धमा बोल्छौ;+तिमीहरू आफ्नो साक्खै दाजुभाइको बदनाम गर्छौ। २१  तिमीहरूले यी सबै गर्दा पनि म चुपचाप रहेँ,त्यसैले म पनि तिमीहरूजस्तै छु भनी तिमीहरूले सोच्यौ।तर अब म तिमीहरूलाई सुधार्छुअनि तिमीहरूविरुद्ध आफ्नो मामिला पेस गर्छु।+ २२  ए परमेश्‍वरलाई बिर्सनेहरू हो, एक चोटि यो कुरा विचार गर।+नत्र भने म तिमीहरूलाई टुक्राटुक्रा पार्नेछु र तिमीहरूलाई बचाउने कोही पनि हुनेछैन। २३  जसले बलिदानस्वरूप मलाई धन्यवाद चढाउँछ, उसले मेरो महिमा गर्छ+अनि जो दृढ भई सही बाटोमा हिँड्‌छ,म उसको उद्धार गर्नेछु।”+

फुटनोटहरू

वा “सूर्योदयदेखि सूर्यास्तसम्म।”
वा “निर्देशनलाई।”
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “तिमीहरू त्यसलाई साथ दिन्छौ।”