भजनसङ्ग्रह ४८:१-१४
एउटा गीत। कोरहवंशीको एउटा भजन।+
४८ हाम्रा परमेश्वरको सहरमा, उहाँको पवित्र डाँडामायहोवा महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ।
२ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+
३ परमेश्वर त्यसका बलिया किल्लाहरूमा बास गर्नुहुन्छ,आफू शरणस्थान* हुँ भनी उहाँले देखाउनुभएको छ।+
४ हेर! राजाहरू एकसाथ भेला भए;*तिनीहरू दल बाँधेर अघि बढे।
५ जब तिनीहरूले त्यस सहरलाई देखे, तिनीहरू छक्क परे।तिनीहरू त्रसित भए अनि डराएर भागे।
६ त्यहीँ नै तिनीहरू थरथर काँपे,व्यथा लागेकी स्त्रीजस्तै तिनीहरू छटपटाए।
७ तपाईँले तर्सिसका जहाजहरूलाई पूर्वीय बतासले नष्ट गर्नुहुन्छ।
८ सेनाहरूका यहोवाको सहरबारे, हाम्रा परमेश्वरको सहरबारेहामीले जे सुनेका थियौँ, अहिले हामीले त्यही देख्यौँ।यस सहरलाई परमेश्वरले सदाको लागि स्थापित गर्नुहुनेछ।+ (सेला)
९ हे परमेश्वर, हामी तपाईँले देखाउनुभएको प्रेमबारेतपाईँको मन्दिरमा बसेर चिन्तन गर्छौँ।+
१० हे परमेश्वर, तपाईँको नामजस्तै तपाईँको प्रशंसा पनिपृथ्वीको कुनाकुनासम्म पुग्छ।+तपाईँको दाहिने हात न्यायले भरिपूर्ण छ।+
११ सियोन डाँडा+ हर्षित होस्,यहुदाका सहरहरू तपाईँको न्यायको कारण रमाऊन्।+
१२ सियोनको चारैतिर हिँड; त्यसको परिक्रमा गर;त्यसका किल्लाहरू गन।+
१३ त्यसका बलिया पर्खालहरूमाथि राम्ररी दृष्टि लगाऊ।+त्यसका सुरक्षित किल्लाहरू राम्ररी जाँचअनि तिमीले त्यसबारे आफ्नो भावी पुस्तालाई बताउन सक्नेछौ।
१४ किनकि उहाँ नै सदासर्वदा हाम्रो परमेश्वर हुनुहुन्छ।+उहाँ सदासर्वदा* हाम्रो अगुवा हुनुहुनेछ।+