भजनसङ्‌ग्रह ८५:१-१३

  • पुनर्स्थापनाको लागि प्रार्थना

    • परमेश्‍वर आफ्ना वफादार मानिसहरूसित शान्तिको कुरा बोल्नुहुन्छ ()

    • अटल प्रेम र वफादारीको भेट (१०)

निर्देशकलाई; कोरहवंशीको+ एउटा भजन। ८५  हे यहोवा, तपाईँले आफ्नो देशमाथि निगाह देखाउनुभएको छ;+तपाईँले याकुबका सन्तानलाई कैदबाट छुटाएर ल्याउनुभएको छ।+  २  तपाईँले आफ्ना मानिसहरूको गल्ती क्षमा गर्नुभएको छ;तिनीहरूका सबै पाप ढाक्नुभएको छ।+ (सेला)  ३  तपाईँले आफ्नो क्रोध थाम्नुभएको छ;तपाईँले तातो रिस पोख्नुभएको छैन।+  ४  हे हाम्रा उद्धारक परमेश्‍वर, हामीलाई फेरि बलियो बनाउनुहोस्‌,*हामीसित अप्रसन्‍न हुन छोडिदिनुहोस्‌।+  ५  के तपाईँ हामीसित सधैँ रिसाइरहनुहुन्छ?+के तपाईँ पुस्तौँपुस्तासम्म आफ्नो रिस पोखिरहनुहुन्छ?  ६  तपाईँको प्रजा तपाईँको कारण रमाउन सकोस्‌ भनेर+के तपाईँ हामीलाई फेरि जगाउनुहुन्‍न र?  ७  हे यहोवा, हामीलाई आफ्नो अटल प्रेम देखाउनुहोस्‌+र हाम्रो उद्धार गर्नुहोस्‌।  ८  साँचो परमेश्‍वर यहोवाले भन्‍नुभएको कुरा म ध्यान दिएर सुन्‍नेछुकिनकि उहाँ आफ्ना वफादार मानिसहरूसित शान्तिको कुरा बोल्नुहुन्छ+तर तिनीहरू पहिलाजस्तो अति विश्‍वस्त नहोऊन्‌।+  ९  इस्राएलमा आफ्नो महिमा रहिरहोस्‌ भनेरउहाँसित डराउनेहरूको उद्धार गर्न उहाँ हरदम तयार हुनुहुन्छ।+ १०  अटल प्रेम र वफादारीले एकअर्कालाई भेट्‌नेछन्‌,धार्मिकता र शान्तिले एकअर्कालाई चुम्बन गर्नेछन्‌।+ ११  पृथ्वीमा वफादारी अङ्‌कुराउनेछर धार्मिकताले स्वर्गबाट तलतिर नियाल्नेछ।+ १२  जुन कुरा असल छ, यहोवाले त्यही दिनुहुनेछ+अनि हाम्रो जमिनले प्रशस्त उब्जनी दिनेछ।+ १३  न्याय उहाँको अघिअघि हिँड्‌नेछ+र उहाँको पाइलाको लागि बाटो तयार पार्नेछ।

फुटनोटहरू

वा “फेरि जम्मा गर्नुहोस्‌।”