भजनसङ्‌ग्रह ११६:१-१९

  • धन्यवादको गीत

    • ‘सबै उपकारको साटो म यहोवालाई के चढाऊँ?’ (१२)

    • “म उद्धारको कचौरा लिनेछु” (१३)

    • ‘मैले यहोवासित गरेका भाकलहरू म पूरा गर्नेछु’ (१४, १८)

    • वफादार जनहरूको मृत्यु अनमोल छ (१५)

११६  म यहोवालाई प्रेम गर्छुकिनकि उहाँ मेरो स्वर सुन्‍नुहुन्छ,* मदतको लागि मेरो पुकारा सुन्‍नुहुन्छ।+  २  उहाँले मतिर आफ्नो कान* फर्काउनुहुन्छ,+म बाँचुन्जेल* उहाँलाई पुकार्नेछु।  ३  मृत्युको डोरीले मलाई कस्यो;चिहानले* मलाई आफ्नो पन्जामा पाऱ्‍यो।+शोक र पीडाले मलाई गाँजेको थियो।+  ४  तर मैले यहोवाको नाम पुकारेँ:+“हे यहोवा, मलाई बचाउनुहोस्‌!”  ५  यहोवा दयालु र न्यायी हुनुहुन्छ;+हाम्रा परमेश्‍वर कृपालु हुनुहुन्छ।+  ६  यहोवा अनुभवहीनहरूलाई रक्षा गर्नुहुन्छ।+म असहाय भएको थिएँ तर उहाँले मलाई बचाउनुभयो।  ७  म फेरि चिन्तामुक्‍त हुनेछुकिनकि यहोवाले मलाई दया देखाउनुभएको छ।  ८  तपाईँले मलाई मृत्युबाट छुटाउनुभएको छ,मेरो आँखालाई रुन र मेरो खुट्टालाई ठेस लाग्न दिनुभएको छैन।+  ९  जीवितहरूको देशमा म यहोवासामु हिँड्‌नेछु। १०  मलाई विश्‍वास थियो, त्यसैले मैले बोलेँ;+म साह्रै कष्टमा थिएँ। ११  म आत्तिएँ र भनेँ:“सबै मानिस झूटा हुन्‌।”+ १२  यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटोम उहाँलाई के चढाऊँ? १३  म उद्धारको कचौरा लिनेछुर यहोवाको नाम पुकार्नेछु। १४  मैले यहोवासित गरेका भाकलहरूउहाँका सबै मानिससामु म पूरा गर्नेछु।+ १५  आफ्ना वफादार जनहरूको मृत्युयहोवाको नजरमा अनमोल छ।+ १६  हे यहोवा, म तपाईँलाई बिन्ती गर्छुकिनकि म तपाईँको सेवक हुँ।म तपाईँको सेवक हुँ, तपाईँकी दासीको छोरा।तपाईँले मेरा बन्धनहरू फुकाउनुभएको छ।+ १७  म तपाईँलाई धन्यवादको भेटी चढाउनेछु;+म यहोवाको नाम पुकार्नेछु। १८  मैले यहोवासित गरेका भाकलहरूउहाँका सबै मानिससामु+ म पूरा गर्नेछु,+ १९  यहोवाको भवनको चोकमा+हे यरुसलेम, तिम्रो माझमा।याहको प्रशंसा गर।*+

फुटनोटहरू

वा सम्भवतः “म प्रेम गर्छु किनकि यहोवा सुन्‍नुहुन्छ।”
वा “झुक्नुहुन्छ र सुन्‍नुहुन्छ।”
शा., “मेरा दिनहरूमा।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।