भजनसङ्‌ग्रह ९२:१-१५

  • सदासदाको लागि यहोवाको प्रशंसा

    • उहाँका महान्‌ कामहरू र गहिरा विचारहरू ()

    • “धर्मीहरू खजुरको बोटजस्तै फस्टाउनेछन्‌” (१२)

    • बुढेसकालमा पनि फल्दोफुल्दो हुनेछन्‌ (१४)

एउटा भजन। विश्रामदिनको* लागि एउटा गीत। ९२  यहोवालाई धन्यवाद चढाउनु असल हो।+हे सर्वोच्च परमेश्‍वर, तपाईँको नामको स्तुति गाउनु* असल हो।  २  अनि बिहान तपाईँको अटल प्रेमको घोषणा गर्नु+र हररात तपाईँको वफादारीको घोषणा गर्नु,  ३  दस-तारे बाजा र तारे बाजाको साथमाअनि वीणाको सुमधुर धुनको साथमा+ तीबारे घोषणा गर्नु असल हो।  ४  हे यहोवा, तपाईँले आफ्ना कामहरूद्वारा मलाई हर्षित तुल्याउनुभएको छ;तपाईँका हातका कामहरूको कारण म खुसीले कराउँछु।  ५  हे यहोवा, तपाईँका कामहरू कत्ति महान्‌ छन्‌!+तपाईँका विचारहरू कत्ति गहिरा छन्‌!+  ६  बेसमझ मानिसले ती जान्‍न सक्दैन;मूर्ख मानिसले यो कुरा बुझ्न सक्दैन:+  ७  दुष्टहरू झारझैँ सप्रे पनिर गलत काम गर्नेहरूको फलिफाप भए पनितिनीहरू सदाको लागि नष्ट हुनेछन्‌।+  ८  तर हे यहोवा, तपाईँ सदासर्वदाको लागि उच्च हुनुहुन्छ।  ९  हे यहोवा, तपाईँका शत्रुहरूको पराजय हेर्नुहोस्‌;तपाईँका शत्रुहरू कसरी नाश हुनेछन्‌, हेर्नुहोस्‌;गलत काम गर्नेहरू सबै तितरबितर हुनेछन्‌।+ १०  तर जङ्‌गली साँढेलाई जस्तै तपाईँले मलाई बलियो बनाउनुहुनेछ,*ताजा तेलले म आफ्नो छाला नरम बनाउनेछु।+ ११  मेरो आँखाले मेरा शत्रुहरूको पराजय देख्नेछ+अनि मलाई आक्रमण गर्ने दुष्ट मानिसहरूको पतनबारे मेरो कानले सुन्‍नेछ। १२  तर धर्मीहरू खजुरको बोटजस्तै फस्टाउनेछन्‌अनि लेबनानको देवदारको रूखजस्तै बढ्‌नेछन्‌।+ १३  तिनीहरू यहोवाको भवनमा रोपिएका छन्‌;हाम्रा परमेश्‍वरको आँगनमा तिनीहरू फस्टाउँछन्‌।+ १४  बुढेसकालमा पनि* तिनीहरू फल्दोफुल्दो हुनेछन्‌;+तिनीहरू फुर्तिला र ताजा रहनेछन्‌+ १५  र यहोवा असल हुनुहुन्छ भनेर घोषणा गर्नेछन्‌।उहाँ मेरो चट्टान हुनुहुन्छ,+ जसमा कुनै खराबी छैन।

फुटनोटहरू

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
वा “धुन बजाउनु।”
शा., “मेरो सिङ उच्च पार्नुहुनेछ।”
वा “कपाल फुले पनि।”