भजनसङ्‌ग्रह १०:१-१८

  • यहोवा, असहायको मदतगार

    • दुष्टले घमन्ड गर्दै भन्छ: “परमेश्‍वर हुनुहुन्‍न” ()

    • असहाय मानिस यहोवातर्फ फर्कन्छ (१४)

    • “यहोवा सदासर्वदा राजा हुनुहुन्छ” (१६)

ל [लामेद] १०  हे यहोवा, तपाईँ किन टाढै उभिनुहुन्छ?म विपत्‌मा परेको बेला तपाईँ किन लुक्नुहुन्छ?+  २  दुष्टले घमन्ड गर्दै असहायको खेदो गरिरहन्छ+तर आफ्नो फन्दामा ऊ आफै पर्छ।+  ३  दुष्टले आफ्ना स्वार्थी इच्छाहरूमा फुर्ती गर्छ+अनि लोभीलाई आशिष्‌ दिन्छ;* נ [नुन]उसले यहोवाको आदर गर्दैन।  ४  आफ्नो घमन्डको कारण दुष्टले परमेश्‍वरको खोजी गर्दैन;उसले मनमनै भन्छ: “परमेश्‍वर हुनुहुन्‍न।”+  ५  उसको फलिफाप हुन्छ,+तपाईँले गर्ने इन्साफ उसले बुझ्न सक्दैन;+उसले आफ्ना सबै शत्रुको खिल्ली उडाउँछ।  ६  उसले मनमनै भन्छ: “म कहिल्यै डग्नेछैनँ;*पुस्तौँसम्म पनिमैले कहिल्यै विपत्ति भोग्नुपर्नेछैन।”+ פ [पे]  ७  उसको मुख सराप, झूट र धम्कीले भरिएको छ;+उसको जिब्रोले समस्या र दुःख निम्त्याउँछ।+  ८  ऊ बस्तीनजिकै ढुकेर बस्छ;लुकेको ठाउँबाट उसले निर्दोषको हत्या गर्छ।+ע [अयिन] कसलाई सिकार बनाऊँ भनेर ऊ पर्खिबस्छ।+  ९  झाडीमा लुकेर दाउ हेर्ने सिंहझैँ ऊ ढुकेर बस्छ।+असहायलाई पासोमा पार्न ऊ पर्खेर बस्छअनि जालमा पर्नेबित्तिकै डोरी तानेर उसले त्यसलाई फसाउँछ।+ १०  उसले आफ्नो सिकारलाई पेल्छ र जमिनमा पछार्छ;निर्दोषहरू उसको बलियो पन्जामा पर्छन्‌। ११  दुष्टले मनमनै भन्छ: “परमेश्‍वरले बिर्सनुभयो।+उहाँले आफ्नो अनुहार फर्काउनुभएको छ।उहाँले कहिल्यै देख्नुहुन्‍न।”+ ק [कोफ] १२  हे यहोवा, उठ्‌नुहोस्‌!+ हे परमेश्‍वर, कदम चाल्नुहोस्‌!*+असहायहरूलाई नबिर्सनुहोस्‌।+ १३  दुष्टले किन परमेश्‍वरको अनादर गर्छ?उसले मनमनै भन्छ: “परमेश्‍वर मेरो लेखा लिनुहुन्‍न।” ר [रेश] १४  तर तपाईँ दुःख र वेदना देख्नुहुन्छ।तपाईँ त्यो हेर्नुहुन्छ र मामिला आफ्नै हातमा लिनुहुन्छ।+जालमा परेको त्यो मानिसले तपाईँकै बाटो हेर्छ;+तपाईँ अनाथको* मदतगार हुनुहुन्छ।+ ש [शिन] १५  दुष्ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌,+उसले खराब काम गर्न नसकोस्‌,उसको दुष्कर्म खोज्दा पनि भेट्टाउन नसकियोस्‌ १६  यहोवा सदासर्वदा राजा हुनुहुन्छ।+ जातिजातिका मानिस पृथ्वीबाट नाश भए।+ ת [ताव] १७  तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्‍नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+ १८  तपाईँ अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ+ताकि पृथ्वीका मानिसहरूले तिनीहरूलाई डर देखाउन नसकून्‌।+

फुटनोटहरू

वा सम्भवतः “लोभीले आफैलाई आशिष्‌ दिन्छ।”
वा “म कहिल्यै लरखराउनेछैनँ (धरमराउनेछैनँ)।”
शा., “हात उचाल्नुहोस्‌।”
वा “बुबा गुमाएको बच्चाको।”