भजनसङ्‌ग्रह ८०:१-१९

  • पुनर्स्थापनाको लागि इस्राएलका गोठालोसित बिन्ती

    • “हे परमेश्‍वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌” ()

    • इस्राएल, परमेश्‍वरको अङ्‌गुर बगान (८-१५)

निर्देशकलाई; “लिली”-अनुसार। एउटा सम्झौटा। आसापले रचेको भजन।+ ८०  हे इस्राएलका गोठालो,जसले युसुफलाई बगाललाई झैँ डोऱ्‍याउनुहुन्छ, सुन्‍नुहोस्‌।+तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+आफ्नो ज्योति चम्काउनुहोस्‌।  २  एप्रैम, बिन्यामिन र मनस्सेसामुआफ्नो शक्‍ति प्रकट गर्नुहोस्‌;+आउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+  ३  हे परमेश्‍वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌।+तपाईँको मुहार हामीमाथि चम्काउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+  ४  हे सेनाहरूका परमेश्‍वर यहोवा, कहिलेसम्म तपाईँ आफ्ना मानिसहरूसित क्रोधित भइरहनुहुन्छ र तिनीहरूको प्रार्थना सुन्‍नुहुन्‍न?+  ५  तपाईँ तिनीहरूलाई आँसुको रोटी खुवाउनुहुन्छ,तपाईँ तिनीहरूलाई यति धेरै आँसु पिउन लगाउनुहुन्छ, त्यो नाप्नै सकिँदैन।  ६  हामीमाथि कब्जा जमाउन हाम्रा छिमेकीहरू आपसमा लड्‌छन्‌;हाम्रा शत्रुहरू जथाभाबी हाम्रो धज्जी उडाउँछन्‌।+  ७  हे सेनाहरूका परमेश्‍वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌;तपाईँको मुहार हामीमाथि चम्काउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+  ८  तपाईँले मिश्रबाट एउटा अङ्‌गुरको बोट+ ल्याउनुभयो।अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+  ९  त्यसको लागि तपाईँले ठाउँ तयार पार्नुभयोअनि त्यसले जरा गाड्‌यो र त्यो देशभरि फैलियो।+ १०  त्यसको छायाले पहाडहरूलाई ढाक्योअनि त्यसका हाँगाहरूले परमेश्‍वरका देवदारहरूलाई ढाके। ११  त्यसका हाँगाहरू फैलिएर समुद्रसम्मै पुगेअनि त्यसका मुनाहरू युफ्रेटिस नदीसम्मै पुगे।+ १२  अङ्‌गुर बगानको ढुङ्‌गाको पर्खाललाई तपाईँले किन भत्काइदिनुभयो?+आउनेजानेहरू सबैले त्यसको फल टिप्छन्‌।+ १३  जङ्‌गलका बँदेलहरूले त्यसलाई सखाप पार्छन्‌अनि जङ्‌गली जनावरहरूले त्यो खान्छन्‌।+ १४  हे सेनाहरूका परमेश्‍वर, बिन्ती छ, फर्कनुहोस्‌।स्वर्गबाट तल हेर्नुहोस्‌!यो अङ्‌गुरको बोटको हेरचाह गर्नुहोस्‌;+ १५  यो हाँगाको,* जुन तपाईँले आफ्नै दायाँ हातले रोप्नुभएको थियो;+यो छोरालाई* हेर्नुहोस्‌, जसलाई तपाईँले आफ्नो निम्ति बलियो पार्नुभएको थियो।+ १६  यसलाई काटिएको छ र आगोमा जलाइएको छ।+तपाईँको हप्कीले तिनीहरू नष्ट हुन्छन्‌। १७  तपाईँको दायाँतर्फ भएको मानिसलाई तपाईँको हातले थामोस्‌;मानिसको छोरालाई, जसलाई तपाईँले आफ्नो निम्ति बलियो पार्नुभयो।+ १८  तब हामी तपाईँदेखि अन्तै फर्किनेछैनौँ।हाम्रो जीवन जोगाइदिनुहोस्‌ र हामी तपाईँको नाम पुकार्नेछौँ। १९  हे सेनाहरूका परमेश्‍वर यहोवा, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌;तपाईँको मुहार हामीमाथि चम्काउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+

फुटनोटहरू

वा सम्भवतः “करूबहरूको बीचमा।”
वा “अङ्‌गुरको बोटको मूल काण्डको।”
वा “हाँगालाई।”