भजनसङ्‌ग्रह ६९:१-३६

  • छुटकाराको लागि प्रार्थना

    • “तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ” ()

    • “मलाई जवाफ दिन ढिलो नगर्नुहोस्‌” (१७)

    • तिनीहरूले मलाई अमिलो मद्य दिए (२१)

निर्देशकलाई; “लिली”-अनुसार। दाउदको रचना। ६९  हे परमेश्‍वर, मलाई बचाउनुहोस्‌, म पानीमा डुब्नै लागिसकेँ।+  २  म गहिरो दलदलमा भासिएको छु, जहाँ टेक्नलाई जमिन नै छैन।+म गहिरो पानीमा डुबेको छुअनि उर्लेको भेलले मलाई बगाएको छ।+  ३  गुहार माग्दा-माग्दा म थाकिसकेँ;+मेरो घाँटी सुकिसक्यो।मेरा परमेश्‍वरको बाटो हेर्दा-हेर्दा मेरा आँखाहरू टट्टाइसके।+  ४  विनाकारण मलाई घृणा गर्नेहरू+मेरो शिरका केशहरूभन्दा पनि धेरै छन्‌।मेरो ज्यान लिन खोज्नेहरू,मेरा धूर्त शत्रुहरू* धेरै भएका छन्‌।मैले चोर्दै नचोरेको कुरासमेत दिन मलाई कर लागेको छ।  ५  हे परमेश्‍वर, मेरो मूर्खताबारे तपाईँ अनजान हुनुहुन्‍न,मेरो दोष तपाईँबाट लुकेको छैन।  ६  हे ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा,तपाईँमा आशा राख्नेहरू मेरो कारण लज्जित हुन नपरोस्‌।हे इस्राएलका परमेश्‍वर,तपाईँको खोजी गर्नेहरूले मेरो कारण बेइज्जती भोग्न नपरोस्‌।  ७  तपाईँको खातिर मैले बदनामी सहेको छु;+बेइज्जतीले मेरो अनुहार ढाकेको छ।+  ८  मेरा दाजुभाइहरूको लागि म पराई भएको छु,मेरा साक्खै दाजुभाइहरूको लागि म परदेशी भएको छु।+  ९  तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ।+जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।+ १०  उपवास बसेर आफैलाई नम्र तुल्याउँदा*मैले अपमान सहनुपऱ्‍यो। ११  जब मैले भाङ्‌ग्रा ओढेँ,तब म तिनीहरूको लागि हाँसोको पात्र* बनेँ। १२  सहरको मूलढोकामा बस्नेहरू मेरै कुरा गरिरहन्छन्‌,म जँड्‌याहाहरूको गीत बनेको छु। १३  तर हे यहोवा, तपाईँले निगाह प्रकट गर्नुहुने समयमा+मेरो प्रार्थना तपाईँसम्म पुगोस्‌।हे परमेश्‍वर, तपाईँको अपार प्रेमको* कारण मलाई जवाफ दिनुहोस्‌र तपाईँ नै साँचो उद्धारकर्ता हुनुहुन्छ भनी देखाउनुहोस्‌।+ १४  मलाई दलदलबाट निकाल्नुहोस्‌;मलाई भासिएर जान नदिनुहोस्‌।मलाई घृणा गर्नेहरूको हातबाट मलाई बचाउनुहोस्‌;गहिरो पानीमा डुब्नबाट मलाई जोगाउनुहोस्‌।+ १५  उर्लेर आएको बाढीले मलाई बगाउन नपाओस्‌,+गहिरो पानीले मलाई निल्न नपाओस्‌अनि खाडलले* आफ्नो मुख ममाथि बन्द गर्न नपाओस्‌।+ १६  हे यहोवा, मलाई जवाफ दिनुहोस्‌ किनकि तपाईँको अटल प्रेम उत्तम छ।+तपाईँको अपार कृपा देखाउँदै मतिर फर्किनुहोस्‌।+ १७  अनि तपाईँको सेवकदेखि आफ्नो मुहार नलुकाउनुहोस्‌।+मलाई जवाफ दिन ढिलो नगर्नुहोस्‌ किनकि म सङ्‌कटमा परेको छु।+ १८  मेरो नजिक आउनुहोस्‌ र मेरो उद्धार गर्नुहोस्‌।मेरा शत्रुहरूको हातबाट मलाई छुटाउनुहोस्‌। १९  मेरो अपमान, मेरो बेइज्जती अनि मेरो बदनामी तपाईँको नजरबाट लुकेको छैन।+मेरा सबै वैरीलाई तपाईँ देख्नुहुन्छ। २०  अपमानको कारण मेरो मन छियाछिया भएको छ, त्यो घाउ निकै हुँदैन।*मैले सहानुभूतिको आशा गरेको थिएँ तर कतै पाइनँ,+सान्त्वनाको आशा गरेको थिएँ तर कतै भेट्टाइनँ।+ २१  तर तिनीहरूले मलाई खानेकुराको सट्टा विष* दिए+अनि मलाई तिर्खा लाग्दा अमिलो मद्य दिए।+ २२  तिनीहरूको भोज* तिनीहरूको निम्ति पासो बनोस्‌र तिनीहरूको धनसम्पत्ति तिनीहरूको लागि फन्दा बनोस्‌।+ २३  तिनीहरूको आँखामा अन्धकार छाइरहोस्‌ र तिनीहरूले नदेखून्‌,तिनीहरूको खुट्टा* थरथर काँपिरहोस्‌। २४  तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्‌अनि तपाईँको बल्दो रिसले तिनीहरूलाई भस्म गरोस्‌।+ २५  तिनीहरूको छाउनी* उजाड होस्‌;तिनीहरूको पालमा बास गर्ने कोही नहोस्‌।+ २६  किनकि जसलाई तपाईँले चोट पुऱ्‍याउनुभयो, तिनीहरू उसको पिछा गर्छन्‌अनि ज-जसलाई तपाईँले घायल पार्नुभयो, उनीहरूको पीडाबारे तिनीहरू कुरा गरिरहन्छन्‌। २७  तिनीहरूको दोषमाथि दोष थोपरिदिनुहोस्‌,तपाईँको नजरमा तिनीहरू धर्मी नठहरिऊन्‌। २८  जीवनको पुस्तकबाट तिनीहरूको नाम मेटियोस्‌,+धर्मीहरूसित तिनीहरूको नाम नलेखियोस्‌।+ २९  म दुःखमा परेको छु र पीडा भोगिरहेको छु।+हे परमेश्‍वर, रक्षा गर्ने तपाईँको शक्‍तिले मलाई सुरक्षित राख्नुहोस्‌। ३०  म परमेश्‍वरको नामको स्तुति गाउनेछु,म धन्यवाद चढाएर उहाँको महिमा गर्नेछु। ३१  त्यसले नै यहोवालाई बहरको बलिले भन्दा धेरै प्रसन्‍न तुल्याउनेछ,सिङ र खुर भएको बहरको बलिले भन्दा धेरै।+ ३२  नम्रहरूले त्यो देख्नेछन्‌ र रमाउनेछन्‌।तिमीहरू जो परमेश्‍वरको खोजी गर्छौ, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्‌। ३३  किनकि यहोवाले दरिद्रको पुकारा सुन्‍नुहुन्छ,+अनि कैदमा परेका आफ्ना मानिसहरूलाई उहाँले हेला गर्नुहुन्‍न।+ ३४  आकाश र पृथ्वीले उहाँको प्रशंसा गरून्‌,+समुद्र र त्यसमा भएका सबै जीवले उहाँको प्रशंसा गरून्‌। ३५  किनकि परमेश्‍वरले सियोनको उद्धार गर्नुहुनेछ+र यहुदाका सहरहरूलाई फेरि बसाल्नुहुनेछ,उहाँका मानिसहरू त्यहाँ रहनेछन्‌ र त्यसमाथि* अधिकार गर्नेछन्‌। ३६  उहाँका सेवकहरूका सन्तानले त्यसमाथि अधिकार गर्नेछन्‌+अनि उहाँको नामलाई प्रेम गर्नेहरू+ त्यहाँ रहनेछन्‌।

फुटनोटहरू

वा “विनाकारण मेरो शत्रु बनेकाहरू।”
वा सम्भवतः “रुँदै उपवास बस्दा।”
शा., “उखान।”
वा “अटल प्रेमको।”
वा “इनारले।”
वा “म आशाविहीन अवस्थामा पुगेको छु।”
वा “विषालु बोट।”
शा., “टेबुल।”
शा., “कम्मर।”
वा “पर्खालले घेरिएको छाउनी।”
अर्थात्‌, त्यस भूमिमाथि।