भजनसङ्ग्रह १०५:१-४५
-
आफ्ना मानिसहरूका खातिर यहोवाका विश्वासयोग्य कामहरू
१०५ यहोवालाई धन्यवाद चढाओ,+ उहाँको नाम पुकार,जातिजातिका मानिसहरूमाझ उहाँका कार्यहरूको बयान गर!+
२ उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+
३ उहाँको पवित्र नाममा गर्व गर।+यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्।+
४ यहोवा र उहाँले दिनुहुने बल खोज।+उहाँको अनुमोदन पाउने कोसिस गरिरहो।
५ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू,उहाँका चमत्कारहरू र उहाँले सुनाउनुभएका फैसलाहरू सम्झ;+
६ हे परमेश्वरका सेवक अब्राहामका सन्तान हो,+हे याकुबका छोराहरू, उहाँले रोज्नुभएका जन हो,+ ती सबै सम्झ।
७ उहाँ हाम्रा परमेश्वर यहोवा हुनुहुन्छ।+उहाँले गर्नुभएको फैसला सारा पृथ्वीमा लागू हुन्छ।+
८ उहाँले आफ्नो करार कहिल्यै बिर्सनुहुन्न,+उहाँले आफ्नो प्रतिज्ञा हजारौँ पुस्तासम्म याद गर्नुहुन्छ,+
९ उहाँले अब्राहामसित गर्नुभएको करार+र इसहाकसित खानुभएको शपथ सम्झनुहुन्छ,+
१० जुन उहाँले याकुबको लागि आदेशर इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो
११ अनि भन्नुभयो, “तिमीहरूको पैतृक सम्पत्तिको रूपमा+म तिमीहरूलाई कनान देश दिनेछु।”+
१२ यो उहाँले तब भन्नुभएको थियो, जब तिनीहरू थोरै थिए,+हो, असाध्यै थोरै अनि त्यहाँ तिनीहरू परदेशी थिए।+
१३ तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा;एउटा राज्यबाट अर्को राज्यमा गए।+
१४ तर उहाँले कसैलाई तिनीहरूमाथि दमन गर्न दिनुभएन;+तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+
१५ उहाँले भन्नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ,मेरा भविष्यवक्ताहरूलाई कुनै हानि नगर।”+
१६ उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो;+उहाँले तिनीहरूको अन्न बन्द गरिदिनुभयो।*
१७ उहाँले तिनीहरूभन्दा अघि एक जना मानिस पठाउनुभयो,युसुफलाई पठाउनुभयो, जसलाई दास हुनको लागि बेचिएको थियो।+
१८ तिनीहरूले उसको खुट्टा नेलले बाँधे,+उसको घाँटीमा फलामको साङ्ला लगाइदिए;
१९ जबसम्म यहोवाको कुरा साँचो साबित भएन,+उहाँको वचनले नै उसलाई खाऱ्यो।
२० राजाले उसलाई कैदमुक्त गर्ने हुकुम दिए,+हो, जातिजातिका तिनै शासकले उसलाई स्वतन्त्र गरिदिए।
२१ तिनले उसलाई आफ्नो घरानाको मालिक बनाए,आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिए+
२२ ताकि उसले आफ्नो इच्छाअनुसार तिनका भारदारहरूमाथि अधिकार गर्न सकोस्र तिनका बुज्रुकहरूलाई बुद्धिका कुरा सिकाउन सकोस्।+
२३ तब इस्राएल मिश्रमा आए+र याकुब विदेशी भएर हामको देशमा रहे।
२४ परमेश्वरले आफ्ना मानिसहरूलाई सङ्ख्यामा धेरै बनाउनुभयो+उहाँले तिनीहरूलाई दुस्मनहरूभन्दा पराक्रमी तुल्याउनुभयो।+
२५ उहाँले ती दुस्मनहरूको मन बद्लिन दिनुभयोताकि उनीहरूले उहाँका मानिसहरूलाई घृणा गरून्र उहाँका सेवकहरूको विरुद्धमा षड्यन्त्र रचून्।+
२६ उहाँले आफ्नो सेवक मोसालाई+र आफूले रोज्नुभएको हारुनलाई+ पठाउनुभयो।
२७ तिनीहरूले उनीहरूमाझ उहाँका चिन्हहरू देखाए,हामको देशमा उहाँका चमत्कारहरू देखाए।+
२८ उहाँले अन्धकार पठाउनुभयो र देशमा अन्धकार छायो;+तिनीहरू उहाँको वचनको विरुद्धमा गएनन्।
२९ उहाँले उनीहरूको पानी रगतमा परिणत गर्नुभयोर उनीहरूका सबै माछा मरे।+
३० उनीहरूको देश भ्यागुतै भ्यागुताले भरियो,+राजाका कोठाहरू पनि भ्यागुताले भरिए।
३१ उहाँले उनीहरूलाई आक्रमण गर्न झिँगाहरूलाई* हुकुम गर्नुभयोर उनीहरूको सबै इलाकामा भुसुना पठाउनुभयो।+
३२ उहाँले उनीहरूमाथि पानीको सट्टा असिना बर्साउनुभयोर उनीहरूको देशमा बिजुली* चम्काउनुभयो।+
३३ उहाँले उनीहरूका अङ्गुरका बोट र अन्जिरका रूखहरूलाई प्रहार गर्नुभयोर उनीहरूको देशमा भएका सबै रूखलाई तहसनहस पारिदिनुभयो।
३४ उहाँले उनीहरूलाई आक्रमण गर्न सलहलाई हुकुम दिनुभयो,उनीहरूलाई हमला गर्न अनगिन्ती सलहका बच्चाहरू पठाउनुभयो।+
३५ तिनीहरूले देशका सबै बालीनाली खाइदिए,तिनीहरूले जमिनको उब्जनी सखाप पारिदिए।
३६ तब उहाँले उनीहरूको देशका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+उनीहरूको प्रजनन शक्तिको पहिलो फललाई मास्नुभयो।
३७ उहाँले आफ्ना मानिसहरूलाई सुन र चाँदीसहित छुटाएर ल्याउनुभयो+अनि उहाँका कुलहरूमध्ये कसैले पनि ठेस खाएन।
३८ तिनीहरू निस्केर जाँदा मिश्र रमायोकिनकि इस्राएलको* डरले उनीहरूलाई छोपेको थियो।+
३९ उहाँले तिनीहरूलाई बादलले छेक्नुभयो+र राती उज्यालोको निम्ति आगो दिनुभयो।+
४० तिनीहरूले मागेकाले उहाँले तिनीहरूलाई बट्टाई चरा दिनुभयो;+उहाँले स्वर्गबाट खानेकुरा दिएर तिनीहरूलाई तृप्त पार्नुभयो।+
४१ उहाँले चट्टान फोर्नुभयो र पानीका मूलहरू फुटे+अनि ती मरुभूमिमा नदीजस्तै बगे।+
४२ किनकि उहाँले आफ्नो सेवक अब्राहामसित गर्नुभएको पवित्र करार बिर्सिनुभएन।+
४३ त्यसैले उहाँले आफ्ना मानिसहरूलाई रमाहटका साथ+र आफ्ना चुनिएका जनहरूलाई हर्षोल्लासका साथ निकालेर ल्याउनुभयो।
४४ उहाँले तिनीहरूलाई जातिजातिको भूमि दिनुभयो;+अरू मानिसको मेहनतको फलमाथि तिनीहरूले अधिकार गरे।+
४५ तिनीहरूले उहाँको आदेश पालन गरून्+र उहाँको व्यवस्थाअनुसार चलून् भनेर उहाँले त्यसो गर्नुभयो।
याहको प्रशंसा गर!*
फुटनोटहरू
^ वा “धुन बजाओ।”
^ वा सम्भवतः “कामहरूबारे बताओ।”
^ शा., “रोटी झुन्ड्याउने लट्ठी भाँचिदिनुभयो।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।
^ वा “रगत चुस्ने झिँगाहरूलाई।”
^ वा “आगोको ज्वाला।”
^ शा., “तिनीहरूको।”
^ वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।