भजनसङ्‌ग्रह २७:१-१४

  • यहोवा, मेरो जीवनको बलियो किल्ला

    • परमेश्‍वरको मन्दिरको लागि कृतज्ञता ()

    • आमाबुबाले ख्याल नराखे पनि यहोवाले ख्याल राख्नुहुन्छ (१०)

    • “यहोवामा आशा राख” (१४)

दाउदको रचना। २७  यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र?  २  दुष्टहरू मेरो मासु खान ममाथि आइलागे+तर मेरा विरोधीहरू, मेरा शत्रुहरू उल्टै ठेस खाएर लडे।  ३  सेनाले मविरुद्ध छाउनी लगाए पनिमेरो मुटु काँप्नेछैन।+मविरुद्ध लडाइँ मच्चिए तापनिम निश्‍चिन्त रहनेछु।  ४  तर मैले यहोवासित एउटा कुरा मागेको छु,—मैले चाहेको पनि यही हो—यहोवाको शोभा हेर्नर कृतज्ञ भई* उहाँको मन्दिरलाई हेर्न+जीवनभर यहोवाको भवनमा* रहन पाऊँ।+  ५  किनकि उहाँले मलाई विपद्‌को दिनमा उहाँको निवासस्थानमा लुकाउनुहुनेछ;+उहाँले आफ्नो गोप्य ठाउँमा, उहाँको पालमा मलाई लुकाउनुहुनेछ;+मलाई अग्लो चट्टानमा राख्नुहुनेछ।+  ६  मेरो शिर मेरो वरपर भएका मेरा शत्रुहरूको भन्दा उच्च भएको छ;म उहाँको पालमा जयजयकार गर्दै बलिहरू चढाउनेछु;म यहोवाको स्तुति गाउनेछु।*  ७  हे यहोवा, मैले तपाईँलाई पुकार्दा सुन्‍नुहोस्‌;+मलाई अनुग्रह देखाउनुहोस्‌ र जवाफ दिनुहोस्‌।+  ८  तपाईँले यो आज्ञा दिनुभएको छ भनी मेरो हृदयले मलाई भनेको छ:“मेरो अनुग्रह खोज।”हे यहोवा, म तपाईँकै अनुग्रह खोजिरहन्छु।+  ९  त्यसैले तपाईँको मुहार मबाट नलुकाउनुहोस्‌।+रिसमा तपाईँको यस सेवकलाई अवहेलना नगर्नुहोस्‌।किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ।+हे मेरा उद्धारक, मेरा परमेश्‍वर, मलाई साथ दिनुहोस्‌, मलाई नत्याग्नुहोस्‌। १०  मेरा आमाबुबाले मलाई त्यागे पनि+यहोवा आफैले मलाई अङ्‌गाल्नुहुनेछ।+ ११  हे यहोवा, तपाईँको मार्गमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।+मेरा शत्रुहरूबाट जोगाउन मलाई सोझाहरूको मार्गमा डोऱ्‍याउनुहोस्‌। १२  मलाई मेरा शत्रुहरूको हातमा नसुम्पिनुहोस्‌+किनकि मविरुद्ध झूटा साक्षीहरू खडा भएका छन्‌,+तिनीहरू मलाई कुटपिट गर्ने धम्की दिन्छन्‌। १३  जीवितहरूको देशमा यहोवाको भलाइ हेर्न पाउनेछु भन्‍ने विश्‍वास ममा नहुँदो हो तम अहिले कहाँ हुने थिएँ?*+ १४  यहोवामा आशा राख;+साहसी होऊ, बलियो होऊ।+हो, यहोवामा आशा राख।

फुटनोटहरू

वा “चिन्तन-मनन गरेर।”
वा “पवित्र ठाउँमा।”
वा “म यहोवाको प्रशंसा गर्न धुन बजाउनेछु।”
वा सम्भवतः “जीवितहरूको देशमा यहोवाको भलाइ हेर्न पाउनेछु भनी मलाई पक्का विश्‍वास छ।”