भजनसङ्‌ग्रह १३५:१-२१

  • याहको महानताको लागि उहाँको प्रशंसा गर

    • मिश्रविरुद्ध चिन्ह र चमत्कारहरू (८, ९)

    • “तपाईँको नाम सदासर्वदा रहिरहनेछ” (१३)

    • निर्जीव मूर्तिहरू (१५-१८)

१३५  याहको प्रशंसा गर!*यहोवाको नामको प्रशंसा गर;हे यहोवाका सेवकहरू हो, उहाँको प्रशंसा गर,+  २  तिमीहरू, जो यहोवाको भवनमा खडा छौ,जो हाम्रा परमेश्‍वरको भवनको चोकमा उभिरहेका छौ।+  ३  याहको प्रशंसा गर किनकि यहोवा भला हुनुहुन्छ।+उहाँको नामको स्तुति गाओ* किनकि यो मनोहर छ।  ४  याहले याकुबलाई आफ्नो निम्ति रोज्नुभएको छ,इस्राएललाई विशेष* सम्पत्ति बनाउनुभएको छ।+  ५  म राम्ररी जान्दछु, यहोवा महान्‌ हुनुहुन्छ;हाम्रा प्रभु अरू सबै देवताभन्दा महान्‌ हुनुहुन्छ।+  ६  आकाशमा, पृथ्वीमा, सागरमा र त्यसका सबै गहिराइमायहोवा आफूलाई जे उचित लाग्छ, त्यही गर्नुहुन्छ।+  ७  पृथ्वीको पल्लो छेउदेखि उहाँ कुहिरो उठाउनुहुन्छ;उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ;*आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+  ८  उहाँले मिश्रका सबै पहिलो सन्तानलाई मार्नुभयो,मानिस र पशु दुवैको।+  ९  ए मिश्र, उहाँले तिमीहरूमाझ चिन्हहरू पठाउनुभयो र चमत्कारहरू गर्नुभयो;+उहाँले फारो* र तिनका सेवकहरूविरुद्ध त्यसो गर्नुभयो।+ १०  उहाँले थुप्रै राष्ट्रलाई प्रहार गर्नुभयो+र शक्‍तिशाली राजाहरूलाई+ ११ ​ —एमोरीहरूका राजा सिहोनलाई,+बासानका राजा ओगलाई मार्नुभयो+र कनानका सबै राज्यलाई पराजित गर्नुभयो। १२  उहाँले तिनीहरूको भूमि पैतृक सम्पत्तिको रूपमा दिनुभयो,आफ्नो प्रजा इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।+ १३  हे यहोवा, तपाईँको नाम सदासर्वदा रहिरहनेछ।हे यहोवा, तपाईँको ख्याति* पुस्तौँपुस्तासम्म रहनेछ।+ १४  किनकि यहोवाले आफ्ना मानिसहरूको रक्षा गर्नुहुनेछ,*+आफ्ना सेवकहरू देखेर उहाँमा दया जाग्नेछ।*+ १५  जातिजातिले पुज्ने मूर्तिहरू सुन र चाँदीका हुन्‌,ती त मानिसका हातको काम हुन्‌।+ १६  तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌;+आँखा छन्‌ तर देख्न सक्दैनन्‌; १७  तिनीहरूका कान छन्‌ तर सुन्‍न सक्दैनन्‌।तिनीहरूको मुखमा सास नै छैन।+ १८  तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुनेछन्‌;+तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुनेछन्‌।+ १९  हे इस्राएलको घराना, यहोवाको प्रशंसा गर।हे हारुनको घराना, यहोवाको प्रशंसा गर। २०  हे लेविको घराना, यहोवाको प्रशंसा गर।+हे यहोवाको डर मान्‍नेहरू हो, यहोवाको प्रशंसा गर। २१  यहोवा, जो यरुसलेममा बास गर्नुहुन्छ,+सियोनबाट उहाँको प्रशंसा होस्‌।+याहको प्रशंसा गर!+

फुटनोटहरू

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
वा “धुन बजाओ।”
वा “अनमोल।”
वा सम्भवतः “आकाशका बाँधहरू बनाउनुहुन्छ।”
मिश्रका राजाहरूको एउटा उपाधि।
वा “नाम।” शा., “सम्झना।”
वा “मुद्दा लड्‌नुहुनेछ।”
वा “उहाँ पछुताउनुहुनेछ।”