भजनसङ्ग्रह ३६:१-१२
निर्देशकलाई; यहोवाको सेवक दाउदको रचना।
३६ दुष्टको हृदयको गहिराइबाट अपराध त्यससित बोल्छ।त्यसको आँखामा परमेश्वरप्रतिको डर छैन।+
२ किनकि त्यसले आफ्नो नजरमा आफूलाई एकदमै माथि उचाल्छअनि न त्यसले आफ्नो गल्ती देख्छ न त त्यसलाई घृणा गर्छ।+
३ त्यसको मुखबाट निस्कने वचन घातक र छली छ;जे असल छ, त्यो गर्न त्यसले बुद्धि* चलाउँदैन।
४ आफ्नो ओछ्यानमा ढल्कँदा समेत त्यसले षड्यन्त्र रच्छ।त्यो हिँड्ने बाटो सही छैन;त्यसले खराब कुरालाई तिरस्कार गर्दैन।
५ हे यहोवा, तपाईँको अटल प्रेम आकाशसम्मै पुग्छ,+तपाईँको वफादारी बादलसम्मै पुग्छ।
६ हे यहोवा, तपाईँको धार्मिकता विशाल पहाडहरूजस्तै* छ;+तपाईँका फैसलाहरू अथाह, गहिरो सागरजस्तै छन्।+मानिस र जनावरको तपाईँ रक्षा गर्नुहुन्छ।+
७ हे परमेश्वर, तपाईँको अटल प्रेम कत्ति अनमोल छ!+तपाईँका पखेटाहरूको छायामामानिसहरूले शरण लिन्छन्।+
८ तपाईँको भवनको प्रशस्तताबाट तिनीहरूले धीत नमरुन्जेल पिउनेछन्,+तपाईँ आफ्नो भलाइको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।+
९ जीवनको मूल तपाईँसित छ;+तपाईँको ज्योतिले गर्दा हामीले ज्योति देखेका छौँ।+
१० तपाईँलाई चिन्नेहरूलाई अटल प्रेम देखाउन नछोड्नुहोस्+अनि सोझा मन भएकाहरूलाई तपाईँका असल कामहरू देखाइरहनुहोस्।+
११ मलाई अहङ्कारीहरूको खुट्टाद्वारा कुल्चिइनर दुष्टहरूको हातद्वारा धपाइन नदिनुहोस्।
१२ हेर, गलत काम गर्नेहरूको पतन भएको छ;तिनीहरू ढलेका छन् र उठ्न सक्दैनन्।+