भजनसङ्‌ग्रह ८७:१-७

  • सियोन, साँचो परमेश्‍वरको सहर

    • सियोनमै जन्मेकाहरू (४-६)

कोरहवंशीको भजन।+ एउटा गीत। ८७  उहाँको सहरको जग पवित्र डाँडामा बसालिएको छ।+  २  सियोनका ढोकाहरूलाई यहोवा प्रेम गर्नुहुन्छ;+उहाँ त्यसलाई याकुबका पालहरूलाई भन्दा पनि प्यारो ठान्‍नुहुन्छ।  ३  ए साँचो परमेश्‍वरको सहर, तिम्रो विषयमा अचम्मका कुराहरू भनिएका छन्‌।+ (सेला)  ४  मलाई चिन्‍नेहरूको सूचीमा म राहाब*+ र बेबिलोनलाई पनि राख्नेछु;पलिस्तिया, टायर र इथियोपियालाई* समेत।तिनीहरू प्रत्येकको बारेमा म यसो भन्‍नेछु: “यो सियोनमै जन्मेको थियो।”  ५  सियोनको बारेमा चाहिँ यसो भनिनेछ:“प्रत्येकको जन्म यहीँ भएको थियो।”सर्वोच्च परमेश्‍वरले त्यस सहरलाई बलियोगरि स्थापित गर्नुहुनेछ।  ६  त्यहाँका मानिसहरूको गणना लिँदा यहोवाले यस्तो घोषणा गर्नुहुनेछ:“यो सियोनमै जन्मेको थियो।” (सेला)  ७  नाच्नेहरू*+ र गाउनेहरूले+ यसो भन्‍नेछन्‌:“सबै असल कुराको स्रोत तपाईँ नै हुनुहुन्छ।”+

फुटनोटहरू

यसले मिश्रलाई जनाएको हुन सक्छ।
वा “कुसलाई।”
शा., “घेरा बनाएर नाच्नेहरू।”