भजनसङ्‌ग्रह १३१:१-३

  • दूध छुटाइएको बालकजस्तै सन्तुष्ट

    • ठूलठूला कुरा पाउने चाह गर्दिनँ ()

उकालीको गीत। दाउदको रचना। १३१  हे यहोवा, मेरो हृदय हठी भएको छैन,मेरा आँखाहरूमा घमन्ड छैन,+मेरा ठूलठूला आकाङ्‌क्षाहरू छैनन्‌+अनि आफूले पाउनै नसक्ने कुराहरूको म चाह गर्दिनँ।  २  निश्‍चय नै मैले आफूलाई शान्त पारेको छु,+जसरी दूध छुटाइएको बालक आफ्नी आमासँग चुपचाप बस्छ,त्यसरी नै मैले आफ्नो मनलाई चुप लगाएको छु;म दूध छुटाइएको बालकजस्तै सन्तुष्ट छु।  ३  इस्राएलले यहोवाको प्रतीक्षा गरोस्‌,+अहिले र सदासर्वदा।

फुटनोटहरू