भजनसङ्ग्रह १८:१-५०
निर्देशकलाई; यहोवाका सेवक दाउदको रचना। यहोवाले दाउदलाई तिनका सबै शत्रु र साउलको हातबाट बचाउनुभएको दिन तिनले यहोवाको निम्ति गाएको भजन। तिनले यसो भने:+
१८ हे यहोवा, मेरो बल, तपाईँलाई म प्रेम गर्छु।+
२ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+
मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+
३ म यहोवालाई पुकार्छु, उहाँ प्रशंसाको योग्य हुनुहुन्छ,उहाँ मलाई शत्रुहरूको हातबाट छुटाउनुहुन्छ।+
४ मृत्युको डोरीले मलाई कस्यो,+एक्कासि उर्लने बाढीले जस्तै बेकामका मानिसहरूले मलाई तर्साए।+
५ चिहानका* डोरीहरूले मलाई चारैतिरबाट घेरे;मेरो अगाडि मृत्युको पासो बिछ्याइयो।+
६ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,+मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+
७ तब पृथ्वी काँप्न र हल्लिन थाल्यो;+उहाँ रिसाउनुभएकोले पहाडका जगहरू डगमगाए,ती यताउता हल्लिन थाले।+
८ उहाँको नाकको पोराबाट धुवाँ निस्कियो,उहाँको मुखबाट दनदनी बलेको आगो निस्कियो;+बलिरहेको भुङ्ग्रो उहाँबाट निस्कियो।
९ तल झर्दा उहाँले आकाशलाई निहुराउनुभयो+अनि उहाँको पैतालामुनि निस्पट्ट अन्धकार थियो।+
१० उहाँ करूबमाथि* सवार भएर उड्दै आउनुभयो।+स्वर्गदूतको* पखेटामा हुँइकँदै आउनुभयो।+
११ त्यसपछि उहाँले आफैलाई अन्धकारले ढाक्नुभयो+र मडारिएको कालो बादललाई+ आफ्नो वरिपरि पालजस्तै फिँजाउनुभयो।
१२ उहाँसामु बिजुली चम्कियो,असिना र बलिरहेको भुङ्ग्रो बादल चिरेर निस्किए।
१३ तब यहोवा आकाशमा गर्जन थाल्नुभयो;+असिना र बलिरहेको भुङ्ग्रो बर्साएरसर्वोच्च परमेश्वरले आफ्नो स्वर सुनाउनुभयो।+
१४ उहाँले काँडहरू बर्साउनुभयो र शत्रुहरूलाई तितरबितर पार्नुभयो;+बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+
१५ हे यहोवा, तपाईँको हप्काइले गर्दा,तपाईँको नाकबाट निस्केको सासको वेगले गर्दा+खोलाको पिँध देखियो+ र धर्तीका जगहरू उदाङ्ग भए।
१६ उहाँले माथिबाट आफ्नो हात पसार्नुभयोअनि मलाई च्याप्प समातेर गहिरो सागरबाट निकाल्नुभयो।+
१७ उहाँले मलाई मेरो बलवान् शत्रुको हातबाट छुटाउनुभयो,+मलाई घृणा गर्नेहरूको हातबाट, जो मभन्दा धेरै बलिया थिए।+
१८ म आपत्मा परेको दिन तिनीहरू मलाई आक्रमण गर्न आए+तर यहोवा मेरो साथमा हुनुहुन्थ्यो।
१९ उहाँले मलाई सुरक्षित ठाउँमा* ल्याउनुभयो;मसित प्रसन्न भएकोले उहाँले मलाई बचाउनुभयो।+
२० यहोवाले मलाई मेरो धार्मिकताअनुसारको इनाम दिनुहुन्छ;+मेरो हात निर्दोष* भएकोले उहाँ मलाई प्रतिफल दिनुहुन्छ।+
२१ किनकि म यहोवाको मार्गमा हिँडेको छु,दुष्ट भएर मेरा परमेश्वरलाई मैले त्यागेको छैनँ।
२२ मैले उहाँको कुनै ऐनकानुन बिर्सेको छैनँ;म उहाँका विधिविधानलाई बेवास्ता गर्नेछैनँ।
२३ म सदा उहाँसामु निष्कलङ्क रहनेछु,+खराब काम गर्नबाट आफूलाई अलग राख्नेछु।+
२४ यहोवाले मेरो धार्मिकताअनुसार+र उहाँसामु मेरा हातहरू निर्दोष भएकोले+ त्यसैअनुसार मलाई इनाम देऊन्।
२५ वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ;+निष्कपट मानिससित तपाईँ निष्कपट भई व्यवहार गर्नुहुन्छ।+
२६ इमानदारसित तपाईँ इमानदार देखा पर्नुहुन्छ+तर कुटिलसित भने तपाईँ चतुर हुनुहुन्छ।+
२७ दीनदुःखीलाई* तपाईँ जोगाउनुहुन्छ+तर हठी मानिसलाई* भने तपाईँ तिरस्कार गर्नुहुन्छ।+
२८ हे यहोवा, मेरो दियो बाल्ने तपाईँ नै हुनुहुन्छ;अन्धकारले छोप्दा मेरा परमेश्वरले मलाई ज्योति दिनुहुन्छ।+
२९ तपाईँको मदतले म डाँकुहरूमाथि जाइलाग्न सक्छु;+तपाईँको शक्तिले म पर्खाल नाघ्न सक्छु।+
३० साँचो परमेश्वरको काम निष्खोट छ;+यहोवाको वचन शुद्ध* छ।+उहाँमा शरण लिने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।+
३१ यहोवाबाहेक अरू को परमेश्वर छ?+हाम्रा परमेश्वरजस्तो चट्टान अरू को छ?+
३२ मलाई बल दिने साँचो परमेश्वर नै हुनुहुन्छ,+उहाँले मेरो बाटो सीधा बनाइदिनुहुन्छ।+
३३ उहाँले मेरा खुट्टा मृगको जस्तै बनाउनुहुन्छ;उहाँ मलाई अग्ला ठाउँहरूमा उभिन लगाउनुहुन्छ।+
३४ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।
३५ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;+तपाईँले मलाई आफ्नो दाहिने बाहुलीले थाम्नुभएको छ*र तपाईँको नम्रताले मेरो मान बढाएको छ।+
३६ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ;मेरा खुट्टा चिप्लँदैनन्।+
३७ म मेरा शत्रुहरूलाई खेद्छु र तिनीहरूलाई जित्नेछु;तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।
३८ म तिनीहरूलाई धुलोपिठो पार्नेछु र तिनीहरू फेरि उठ्न सक्नेछैनन्;+म तिनीहरूलाई कुल्चीमिल्ची गर्नेछु।
३९ तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ;मेरा शत्रुहरूलाई मेरो सामुन्ने ढालिदिनुहुन्छ।+
४० तपाईँ मेरा शत्रुहरूलाई मदेखि भाग्न लगाउनुहुन्छअनि मलाई घृणा गर्नेहरूको म नामोनिसान मेटिदिनेछु।*+
४१ तिनीहरू गुहार माग्छन् तर तिनीहरूलाई बचाउने कोही छैन;तिनीहरू यहोवालाई समेत पुकार्छन् तर उहाँ तिनीहरूको पुकारा सुन्नुहुन्न।
४२ म तिनीहरूलाई कुल्चीमिल्ची गरेर बतासले उडाउने धुलोजस्तै बनाइदिनेछु;म तिनीहरूलाई बाटोको हिलोलाई जस्तै मिल्काइदिनेछु।
४३ ममा दोष खोज्ने मानिसहरूबाट तपाईँ मलाई जोगाउनुहुन्छ।+तपाईँ मलाई जातिजातिको अगुवा नियुक्त गर्नुहुन्छ।+मैले चिन्दै नचिनेका मानिसहरूले मेरो सेवा गर्नेछन्।+
४४ सुनेको कुराको भरमा तिनीहरूले मेरो आदेश पालन गर्नेछन्;विदेशीहरू डरले काँप्दै मसामु आउनेछन्।+
४५ तिनीहरूले हिम्मत हार्नेछन्;*तिनीहरू थरथर काँप्दै आफ्नो किल्लाबाट निस्कनेछन्।
४६ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्!+मेरो उद्धार गर्ने परमेश्वरको जयजयकार गरियोस्।+
४७ साँचो परमेश्वरले मेरो निम्ति साटो फेर्नुहुन्छ;+जातिजातिका मानिसहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।
४८ उहाँ मलाई क्रोधित शत्रुहरूबाट बचाउनुहुन्छ;उहाँले मलाई मेरा आक्रमणकारीहरूभन्दा धेरै माथि उचाल्नुहुन्छ;+मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ।
४९ त्यसैले हे यहोवा, जातिजातिका मानिसहरूबीच म तपाईँको प्रशंसा गर्छु;+म तपाईँको नामको स्तुति गाउँछु।*+
५० आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+आफ्नो अभिषिक्त जन+ दाउद र तिनको सन्तानलाईउहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।+
फुटनोटहरू
^ वा “मेरो शक्तिशाली उद्धारक।”
^ वा “अग्लो किल्ला।”
^ वा “बतासको।”
^ वा “फराकिलो ठाउँमा।”
^ शा., “सफा।”
^ वा “पीडितलाई।”
^ शा., “हठी आँखालाई।”
^ वा “आगोले खारिएको।”
^ वा “सँभाल्नुभएको छ।”
^ शा., “चुप लगाउनेछु।”
^ वा “तिनीहरू बिलाएर जानेछन्।”
^ वा “धुन बजाउँछु।”
^ वा “आफ्नो राजालाई उहाँ ठूलठूला युद्ध जिताउनुहुन्छ।”