भजनसङ्‌ग्रह २०:१-९

  • परमेश्‍वरका अभिषिक्‍त राजाको उद्धार

    • कोही रथमा भर पर्छन्‌ त कोही घोडामा ‘तर हामी भने यहोवाको नाम पुकार्छौँ’ ()

निर्देशकलाई; दाउदले रचेको भजन। २०  दुःखको दिनमा यहोवाले तिमीलाई* जवाफ देऊन्‌। याकुबका परमेश्‍वरको नामबाटै तिम्रो रक्षा होस्‌।+  २  उहाँले तिमीलाई पवित्र ठाउँबाट मदत पठाऊन्‌+अनि सियोनबाट तिमीलाई सम्हालून्‌।+  ३  तिमीले चढाएको सबै भेटी उहाँले सम्झून्‌;तिमीले चढाएको अग्निभेटी* उहाँले ग्रहण गरून्‌। (सेला)  ४  उहाँले तिम्रा सबै इच्छा पूरा गरून्‌+अनि तिम्रा सबै योजना* सफल बनाइदेऊन्‌।  ५  उहाँले गर्नुहुने उद्धारको हामी जयजयकार गर्नेछौँ;+हाम्रा परमेश्‍वरको नामको महिमा गर्नेछौँ।+यहोवाले तिम्रा सबै बिन्ती सुनिदेऊन्‌।  ६  यहोवाले आफ्नो अभिषिक्‍त जनलाई बचाउनुहुन्छ भनेर अब मैले थाह पाएँ।+उहाँले आफ्नो शक्‍तिशाली दाहिने बाहुलीले उद्धार गरेर*+पवित्र स्वर्गबाट तिनलाई जवाफ दिनुहुन्छ।  ७  कोही रथमा भर पर्छन्‌ त कोही घोडामा+तर हामी भने हाम्रा परमेश्‍वर यहोवाको नाम पुकार्छौँ।+  ८  तिनीहरू ढले, तिनीहरूको पतन भयो।तर हाम्रो भने उत्थान भएको छ र हामी फेरि बलियो पारिएका छौँ।+  ९  हे यहोवा, राजालाई बचाउनुहोस्‌!+हामीले गुहार माग्दा उनले जवाफ दिनेछन्‌।+

फुटनोटहरू

पद १-५ मा जनताले राजालाई सम्बोधन गरेको हुन सक्छ।
शब्दावली हेर्नुहोस्‌।
वा “सल्लाह।”
वा “जित हासिल गरेर।”