भजनसङ्ग्रह १३२:१-१८
उकालीको गीत।
१३२ हे यहोवा, दाउदलाई सम्झनुहोस्र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्;+
२ तिनले कसरी यहोवासामु शपथ खाएका थिएर याकुबका शक्तिशाली परमेश्वरको सामुन्ने भाकल गरेका थिए:+
३ “म आफ्नो पालभित्र, आफ्नो घरभित्र छिर्नेछैनँ,+आफ्नो पलङमा, आफ्नो ओछ्यानमा ढल्किनेछैनँ;
४ म आफ्नो आँखामा निद्रा पर्न दिनेछैनँ,आफ्नो आँखालाई लोलाउन दिनेछैनँ,
५ जबसम्म यहोवाको निम्ति म एउटा ठाउँ,याकुबका शक्तिशाली परमेश्वरको निम्ति एउटा उत्तम निवासस्थान* भेट्टाउँदिनँ।”+
६ हेर! हामीले एप्रातामा+ खबर पायौँ;हामीले जङ्गलमा त्यो* फेला पाऱ्यौँ।+
७ आओ, हामी उहाँको निवासस्थानमा* जाऔँ;+आओ, हामी उहाँको पाउदानमा दण्डवत् गरौँ।+
८ हे यहोवा, उठ्नुहोस् र आफ्नो विश्रामस्थलमा प्रवेश गर्नुहोस्,+आफ्नो शक्तिको निसानी—सन्दुकसितै* प्रवेश गर्नुहोस्।+
९ तपाईँका पुजारीहरूलाई धार्मिकताको वस्त्र पहिऱ्याइयोस्अनि तपाईँका वफादार जनहरू खुसीले कराऊन्!
१० आफ्नो सेवक दाउदको खातिरआफ्नो अभिषिक्त जनलाई तिरस्कार नगर्नुहोस्।*+
११ यहोवाले दाउदसित शपथ खानुभएको छ;उहाँले आफ्नो वचन कदापि फिर्ता लिनुहुनेछैन:“तिम्रा सन्तानमध्ये* एक जनालाईम तिम्रो सिंहासनमा बसाल्नेछु।+
१२ तिम्रा सन्तानले मेरो करारर मैले दिएका सम्झौटाहरू पालन गरे भने+तिनीहरूका सन्तान पनिसदा तिम्रो सिंहासनमा बस्नेछन्।”+
१३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्नुभएको छ:+
१४ “यो सदालाई मेरो विश्रामस्थल हुनेछ।म यहीँ बास गर्नेछु+ किनकि मेरो इच्छा यही हो।
१५ म यस ठाउँलाई प्रशस्त खानेकुरा दिएर आशिष् दिनेछु;यहाँका गरिबहरूलाई म खानेकुराले सन्तुष्ट पार्नेछु।+
१६ यहाँका पुजारीहरूलाई म उद्धारको वस्त्र पहिऱ्याउनेछु+अनि यहाँका वफादार मानिसहरूले खुसीको स्वर उचाल्नेछन्।+
१७ म यहाँ दाउदलाई झन्झनै पराक्रमी बनाउनेछु।मैले आफ्नो अभिषिक्त जनको लागि दियो तयार पारेको छु।+
१८ म उसका शत्रुहरूलाई लाजको वस्त्र पहिऱ्याउनेछुतर उसको शिरको मुकुटलाई भने शोभायमान बनाउनेछु।”+
फुटनोटहरू
^ वा “भव्य वासस्थान।”
^ यसले सन्दुकलाई जनाएको हुनुपर्छ।
^ वा “भव्य वासस्थानमा।”
^ वा “करारको सन्दुकसितै।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
^ शा., “आफ्नो अभिषिक्त जनको अनुहार नफर्काइदिनुहोस्।”
^ शा., “तिम्रो गर्भको फलमध्ये।”