भजनसङ्‌ग्रह ६४:१-१०

  • लुकेर गरिएको हमलाबाट सुरक्षा

    • “परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ” ()

निर्देशकलाई। दाउदले रचेको भजन। ६४  हे परमेश्‍वर, मैले बिन्ती गर्दा मेरो स्वर सुन्‍नुहोस्‌।+शत्रुहरूको खतरनाक हमलाबाट मेरो जीवन बचाउनुहोस्‌।  २  दुष्ट मानिसहरूको षड्‌यन्त्रबाट मलाई जोगाउनुहोस्‌,+कुकर्मीहरूको भीडबाट मलाई जोगाउनुहोस्‌।  ३  तिनीहरू आफ्नो जिब्रो तरबारजस्तै धारिलो बनाउँछन्‌;काँड ताकेझैँ तिनीहरू क्रूर शब्दहरूले ताक्छन्‌  ४  र ढुकेर निर्दोषलाई हान्छन्‌;कुनै डरविना तिनीहरू उसलाई अचानक हान्छन्‌।  ५  तिनीहरू आफ्ना दुष्ट विचारहरूमै अडिग रहन्छन्‌;*तिनीहरू आफूले बिछ्याएका पासोहरू कसरी लुकाउने भनेर सल्लाह गर्छन्‌।अनि तिनीहरू भन्छन्‌: “ती कसले देख्छ र?”+  ६  खराब काम गर्न तिनीहरू नयाँ-नयाँ तरिका सोच्छन्‌;धूर्त चाल चल्न तिनीहरू गुप्तमा योजनाहरू बुन्छन्‌;+तिनीहरूको मनको विचार बुझ्नै सकिँदैन।  ७  तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ;+अचानक तिनीहरू काँडले घाइते हुनेछन्‌।  ८  आफ्नै जिब्रोले गर्दा तिनीहरूको पतन हुनेछ;+तिनीहरूलाई हेर्नेहरू सबैले मुन्टो हल्लाउनेछन्‌।  ९  अनि सबै मानिस डराउनेछन्‌;परमेश्‍वरले जे गर्नुभयो, तिनीहरूले त्यसको घोषणा गर्नेछन्‌अनि उहाँका कामहरू तिनीहरूले बुझ्नेछन्‌।+ १०  धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्‌ र उहाँमा शरण लिनेछन्‌+अनि सोझा मन भएकाहरू सबैले गर्व गर्नेछन्‌।

फुटनोटहरू

वा “तिनीहरू दुष्ट काम गर्न एकअर्कालाई उक्साउँछन्‌।”