भजनसङ्ग्रह २२:१-३१
निर्देशकलाई; “उषाकी हरिणी”-अनुसार।* दाउदले रचेको भजन।
२२ हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?+तपाईँ किन मलाई बचाउन आउनुहुन्न?तपाईँ किन मेरो चीत्कार सुन्नुहुन्न?+
२ हे मेरा परमेश्वर, म दिनभरि तपाईँलाई पुकार्छु तर तपाईँ जवाफ दिनुहुन्न;+रातभरि पनि म एकछिन नरोकी तपाईँलाई पुकार्छु।
३ तर तपाईँ पवित्र हुनुहुन्छ,+तपाईँ इस्राएलको प्रशंसाले घेरिनुभएको छ।*
४ हाम्रा पुर्खाहरूले तपाईँमा भरोसा राखे;+तिनीहरूले भरोसा गरे अनि तपाईँले तिनीहरूलाई बारम्बार बचाउनुभयो।+
५ तिनीहरूले तपाईँलाई पुकारे र तपाईँले तिनीहरूलाई बचाउनुभयो;तिनीहरूले तपाईँमा भरोसा गरे र तिनीहरू निराश हुनुपरेन।*+
६ तर म त किरा हुँ, मानिस होइनँ;मानिसहरूले मेरो खिल्ली उडाउँछन्* र सबैले मलाई हेला गर्छन्।+
७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्:
८ “त्यसले आफूलाई यहोवाको हातमा सुम्पियो। अब उहाँले नै त्यसलाई बचाऊन्!परमेश्वरले नै त्यसको उद्धार गरून् किनकि उहाँको लागि त्यो अति प्यारो छ!”+
९ तपाईँले गर्दा नै म आफ्नी आमाको कोखबाट बाहिर आएँ,+तपाईँले गर्दा नै मैले आफ्नी आमाको छातीमा ढुक्क महसुस गर्न पाएँ।
१० म जन्मेदेखि नै तपाईँले मेरो ख्याल राख्नुभएको छ;म मेरी आमाको गर्भमा छँदादेखि नै तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।
११ मदेखि टाढा नजानुहोस् किनकि विपत्ति मेरो नजिकै छ;+मलाई बचाउने अरू कोही छैन।+
१२ बहरहरूले मलाई घेरेका छन्;+बासानका बलिया-बलिया साँढेहरूले मलाई घेरेका छन्।+
१३ तिनीहरू मविरुद्ध आफ्नो मुख बाउँछन्,+गर्जने सिंहले जस्तै, जसले आफ्नो सिकारलाई च्यातचुत पार्छ।+
१४ म पानीझैँ पोखाइएको छु;मेरा हड्डीका जोर्नीहरू सबै खुस्केका छन्।मेरो मुटु मैनजस्तै भएको छ;+त्यो मभित्रै पग्लिएको छ।+
१५ मेरो बल माटोको खपटाझैँ सुकिसकेको छ;+मेरो जिब्रो तालुमा टाँसिएको छ;+तपाईँले मेरो ज्यान लिएर मलाई माटोमा मिलाइदिनुभएको छ।+
१६ मेरा शत्रुहरूले मलाई कुकुरले घेरेजस्तै घेरेका छन्,+कुकर्मीहरूको हुलले मलाई च्याप्दै ल्याएको छ।+सिंहले जस्तै तिनीहरूले मेरो हात र मेरो खुट्टामा झम्टेका छन्।+
१७ मेरा सबै हड्डी म गन्न सक्छु।+तिनीहरू मलाई हेरिरहन्छन्, एकोहोरो हेरिरहन्छन्।
१८ मैले लगाइराखेको लुगा तिनीहरू आपसमा भाग लगाउँछन्अनि मेरो जीउको कपडा तिनीहरू गोला हालेर लिन्छन्।+
१९ तर हे यहोवा, तपाईँ मदेखि टाढा नजानुहोस्।+तपाईँ नै मेरो बल हुनुहुन्छ; मलाई मदत गर्न झट्टै आउनुहोस्।+
२० मलाई तरबारबाट जोगाउनुहोस्,मेरो अमूल्य जीवनलाई कुकुरहरूको पन्जाबाट* छुटाउनुहोस्।+
२१ मलाई सिंहको मुखबाट+ अनि जङ्गली साँढेको सिङबाट जोगाउनुहोस्;मलाई जवाफ दिनुहोस् र मेरो रक्षा गर्नुहोस्।
२२ म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु;+समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।+
२३ हे यहोवाको भय मान्नेहरू हो, उहाँको प्रशंसा गर!हे याकुबका सबै सन्तान हो, उहाँको महिमा गर!+हे इस्राएलका सबै सन्तान हो, उहाँको श्रद्धा गर!
२४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+उसले मदतको लागि पुकार्दा उहाँले सुन्नुभयो।+
२५ ठूलो जमातमा म तपाईँको प्रशंसा गर्नेछु;+तपाईँको डर मान्नेहरूसामु म आफ्नो भाकल पूरा गर्नेछु।
२६ नम्रहरूले खानेछन् र सन्तुष्ट हुनेछन्;+यहोवाको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्।+तिमीले सधैँभरि जीवनको आनन्द उठाउन सक।
२७ सारा पृथ्वीले यहोवालाई सम्झनेछ र उहाँतिर फर्कनेछ।पृथ्वीका सबै परिवार तपाईँसामु घोप्टो पर्नेछन्।+
२८ किनकि राज्याधिकार यहोवाकै हो;+उहाँ जातिजातिमाथि शासन गर्नुहुन्छ।
२९ पृथ्वीका धनीहरू सबैले खानेछन् र दण्डवत् गर्नेछन्;माटोमा मिल्नेहरू सबैले उहाँसामु घुँडा टेक्नेछन्;तिनीहरू कसैले पनि आफ्नो जीवन जोगाउन सक्दैनन्।
३० तिनीहरूका सन्तानले उहाँको सेवा गर्नेछन्;आउने पुस्तालाई यहोवाबारे बताइनेछ।
३१ तिनीहरू आउनेछन् र उहाँका असल कामहरूबारे बताउनेछन्।पछि जन्मिनेहरूलाई तिनीहरूले उहाँका कामहरूबारे बताउनेछन्।
फुटनोटहरू
^ यसले कुनै धुन वा साङ्गीतिक शैलीलाई जनाएको हुन सक्छ।
^ वा “इस्राएलको प्रशंसामाझ (वा प्रशंसामाथि) विराजमान हुनुहुन्छ।”
^ वा “लज्जित हुनुपरेन।”
^ वा “मलाई घृणा गर्छन्।”
^ शा., “हातबाट।”