भजनसङ्ग्रह १००:१-५
धन्यवादको एउटा भजन।
१०० हे सारा पृथ्वी, यहोवाको जयजयकार गर।+
२ रमाउँदै यहोवाको सेवा गर।+खुसीले कराउँदै उहाँसामु आओ।
३ यहोवा नै परमेश्वर हुनुहुन्छ भनी जान।*+उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+
४ धन्यवाद चढाउँदै उहाँका ढोकाहरूमा आओ,+प्रशंसा गर्दै उहाँका चोकहरूमा आओ।+उहाँलाई धन्यवाद चढाओ; उहाँको नामको प्रशंसा गर।+
५ किनकि यहोवा भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैनअनि उहाँको वफादारी पुस्तौँपुस्तासम्म रहिरहन्छ।+