भजनसङ्‌ग्रह १३:१-६

  • यहोवाबाट उद्धार पाउन तिर्सना

    • ‘हे यहोवा, कतिन्जेल?’ (१, २)

    • यहोवाले प्रशस्त आशिष्‌ दिनुहुन्छ ()

निर्देशकलाई; दाउदले रचेको भजन। १३  हे यहोवा, तपाईँ कतिन्जेल मलाई बिर्सनुहुन्छ? सधैँभरि?तपाईँ कतिन्जेल आफ्नो अनुहार मदेखि अन्तै फर्काउनुहुन्छ?+  २  दिनदिनै मनमा बोझ लिएरकतिन्जेल म चिन्ताले व्याकुल भइरहूँ?कतिन्जेल मेरो शत्रुले ममाथि प्रभुत्व जमाउनेछ?+  ३  हे यहोवा, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस्‌ र जवाफ दिनुहोस्‌।मेरा आँखामा चमक हालिदिनुहोस्‌ ताकि म मृत्युको चीर निद्रामा पर्नु नपरोस्‌।  ४  मेरो शत्रुले यसो भन्‍न नपाओस्‌: “मैले त्यसलाई जितेँ!”मेरो सर्वनाश नहोस्‌ र शत्रुहरू रमाउन नपाऊन्‌।+  ५  म त तपाईँकै अटल प्रेममा भरोसा राख्छु;+तपाईँले गर्नुहुने उद्धारमा म रमाउनेछु।+  ६  म यहोवाको स्तुति गाउनेछु किनकि उहाँले मलाई प्रशस्त आशिष्‌ दिनुभएको छ।+

फुटनोटहरू