भजनसङ्‌ग्रह ६:१-१०

  • अनुग्रहको लागि बिन्ती

    • मरेकाहरूले परमेश्‍वरको प्रशंसा गर्दैनन्‌ ()

    • अनुग्रहको लागि पुकार्दा परमेश्‍वरले सुन्‍नुहुन्छ ()

निर्देशकलाई; सेमिनिथको* सुरमा तारे बाजाहरूसित बजाउने। दाउदले रचेको भजन। ६  हे यहोवा, तपाईँको रिसमा मलाई नहप्काउनुहोस्‌र तपाईँको क्रोधमा मलाई नसुधार्नुहोस्‌।+  २  हे यहोवा, मलाई अनुग्रह* देखाउनुहोस्‌, म कमजोर हुँदै छु।मेरा हड्डीहरू काँपिरहेका छन्‌; हे यहोवा, मलाई निको पार्नुहोस्‌।+  ३  हो, म एकदमै पीडित भएको छु,+तपाईँ नै भन्‍नुहोस्‌, हे यहोवा, म कतिन्जेल सहूँ?+  ४  हे यहोवा, आउनुहोस्‌ र मलाई छुटकारा दिनुहोस्‌;+मलाई बचाउनुहोस्‌ किनकि तपाईँ अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+  ५  किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*चिहानमा* गएपछि कसले तपाईँको प्रशंसा गर्न सक्छ?+  ६  सुस्केरा हाल्दा-हाल्दा म थाकिसकेको छु;+रातभरि रुँदा-रुँदा मेरो ओछ्यान भिज्छ;आँसुले मेरो सिरानी भिज्छ।+  ७  शोकले मेरा आँखा कमजोर भएका छन्‌;+मलाई सताउनेहरूले गर्दा मेरा आँखा धमिला* भएका छन्‌।  ८  ए दुष्टहरू हो, मदेखि टाढा जाओकिनकि यहोवाले मेरो रोदन सुन्‍नुहुनेछ।+  ९  अनुग्रहको लागि मैले पुकार्दा यहोवाले सुन्‍नुहुनेछ;+यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुहुनेछ। १०  मेरा सबै शत्रु लाजमा पर्नेछन्‌ र भयभीत हुनेछन्‌;अचानक बेइज्जती भोगेकोले तिनीहरू पछि हट्‌नेछन्‌।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “कृपा।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा “सम्झन सक्छ?”
वा “बूढा।”