भजनसङ्ग्रह ८१:१-१६
निर्देशकलाई; गित्तिथमा* मिलाउने। आसापको रचना।+
८१ परमेश्वर हाम्रा बल हुनुहुन्छ, उहाँको लागि खुसीले कराओ।+याकुबका परमेश्वरको जयजयकार गर।
२ सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ,तारे बाजाको साथमा सुमधुर धुन बज्ने वीणा बजाओ।
३ औँसी+ र पूर्णिमामा,हाम्रो चाडको दिनमा+ सिङ फुक।
४ किनकि यो इस्राएलको लागि आदेश हो,याकुबका परमेश्वरको आज्ञा हो।+
५ जब परमेश्वर मिश्रको विरुद्धमा उठ्नुभयो,+तब उहाँले युसुफको लागि सम्झौटाको रूपमा त्यो आज्ञा दिनुभयो।+मैले एउटा स्वर* सुनेँ, जुन मैले चिन्न सकिनँ:
६ “मैले उसको काँधबाट बोझ हटाइदिएँ;+उसका हातले टोकरी उठाउनबाट छुटकारा पाए।
७ सङ्कटमा पर्दा तिमीले मलाई पुकाऱ्यौ र मैले तिम्रो उद्धार गरेँ;+मैले तिमीलाई मेघको गर्जनबाट* जवाफ दिएँ।+मरिबाको* पानीनेर मैले तिमीलाई जाँचेँ।+ (सेला)
८ हे मेरा मानिसहरू हो, मेरो कुरा सुन र म तिमीहरूको विरुद्धमा गवाही दिनेछु।हाय इस्राएल, तिमीले मेरो कुरा सुनेको भए त!+
९ तिमीहरूमाझ कुनै पराई देवता हुनेछैनअनि तिमीहरूले अरू कुनै जातिको देवतालाई ढोग्नेछैनौ।+
१० म, यहोवा, तिमीहरूका परमेश्वर हुँ,तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने म नै हुँ।+आफ्नो मुख पूरै खोल र म त्यो भरिदिनेछु।+
११ तर मेरा मानिसहरूले मेरो स्वर सुनेनन्;इस्राएल मेरो अधीनमा बस्न मानेन।+
१२ त्यसैले मैले तिनीहरूलाई तिनीहरूकै हठी हृदयअनुसार हिँड्न दिएँ;तिनीहरूले आफूलाई जे सही लाग्यो, त्यही गरे।*+
१३ मेरा मानिसहरूले मेरो कुरा सुनेका भए!+इस्राएल मेरो मार्गमा हिँडेका भए!+
१४ तिनीहरूका शत्रुहरूलाई म तुरुन्तै पराजित गरिदिने थिएँ;म तिनीहरूका दुस्मनहरूविरुद्ध आफ्नो हात उठाउने थिएँ।+
१५ यहोवालाई घृणा गर्नेहरू उहाँसामु डरले खङ्ग्रङ्ग हुनेछन्अनि तिनीहरूले सदाको लागि दण्ड पाउनेछन्।
१६ तर उहाँले तिमीहरूलाई* सबैभन्दा असल गहुँ खुवाउनुहुनेछ+र चट्टानको महले तृप्त पार्नुहुनेछ।”+
फुटनोटहरू
^ वा “भाषा।”
^ शा., “गर्जनको गुप्त ठाउँबाट।”
^ यसको अर्थ हो, “झगडा।”
^ शा., “तिनीहरू आफ्नै सल्लाहमा हिँडे।”
^ शा., “उसलाई,” अर्थात्, परमेश्वरका मानिसहरूलाई।