भजनसङ्‌ग्रह १२:१-८

  • यहोवा कदम चाल्नुहुन्छ

    • परमेश्‍वरका वचनहरू शुद्ध छन्‌ ()

निर्देशकलाई; सेमिनिथको* सुरमा। दाउदले रचेको भजन। १२  हे यहोवा, मलाई बचाउनुहोस्‌ किनकि वफादार मानिस एक जना पनि छैन;मानिसहरूबीचबाट विश्‍वासी मानिसहरू हराइसके।  २  तिनीहरू एकअर्कासित झूट बोल्छन्‌;तिनीहरू चिप्लो घसेर कुरा गर्छन्‌ र मनमा कपट राखेर बोल्छन्‌।+  ३  यहोवाले चाप्लुसी गर्नेहरूको ओठर फुइँ गर्नेहरूको जिब्रो काटिदिनुहुनेछ।+  ४  तिनीहरू यसो भन्छन्‌: “हामी आफ्नो जिब्रोकै भरमा जित्न सक्छौँ।हामी आफूलाई जे मन पर्छ, त्यही बोल्छौँ;हामीमाथि कसले हुकुम चलाउन सक्छ?”+  ५  यहोवा भन्‍नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।”  ६  यहोवाका वचनहरू शुद्ध छन्‌,+ती माटोको भट्टीमा* खारिएका निखुर चाँदीजस्ता छन्‌, सात पटक खारिएका चाँदीजस्तै।  ७  हे यहोवा, तपाईँले तिनीहरूको रक्षा गर्नुहुनेछ;+तिनीहरू प्रत्येकलाई यस्ता मानिसहरूबाट सधैँभरि जोगाउनुहुनेछ।  ८  दुष्टहरू बेलगाम हिँड्‌छन्‌किनभने जताततै नीच काम गर्न उक्साउने मानिसहरू मात्र छन्‌।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “तिनीहरूको खिल्ली उडाउनेहरूको।”
वा सम्भवतः “जमिनमा बनाइएको भट्टीमा।”