भजनसङ्‌ग्रह ३७:१-४०

  • यहोवामा भरोसा गर्नेको उन्‍नति हुनेछ

    • “दुष्टहरूको कारण निराश नहोऊ” ()

    • “यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ” ()

    • “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ” ()

    • “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌” (११)

    • धर्मीलाई खानेकुराको कमी हुनेछैन (२५)

    • धर्मीहरू पृथ्वीमा सधैँभरि रहनेछन्‌ (२९)

दाउदको रचना। א [आलेफ] ३७  दुष्टहरूको कारण निराश* नहोऊअनि गलत काम गर्नेहरूको ईर्ष्या नगर।+  २  तिनीहरू झारजस्तै सुकिहाल्नेछन्‌+अनि हरियो घाँसजस्तै ओइलाउनेछन्‌। ב [बेथ]  ३  यहोवामा भरोसा गर र जे असल छ, त्यही गर;+पृथ्वीमा* बास गर अनि वफादार भई चल।+  ४  यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊअनि उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ। ג [गिमेल]  ५  आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ;+उहाँमै भर पर अनि उहाँले तिम्रो निम्ति कदम चाल्नुहुनेछ।+  ६  उहाँले तिम्रो धार्मिकतालाई बिहानीको उज्यालोजस्तैअनि तिम्रो न्यायलाई मध्यदिनको सूर्यजस्तै चम्काउनुहुनेछ। ד [दालेथ]  ७  यहोवासामु चुपचाप बस+अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।आफ्नो चालमा सफल भएको मानिसलाई देखेरतिमी निराश नहोऊ।+ ה [हे]  ८  रिसाउन छोड र क्रोध त्यागिदेऊ;+व्याकुल भएर कुकर्मतिर नलाग।*  ९  किनकि कुकर्मीहरू नामेट हुनेछन्‌+तर यहोवाको बाटो हेर्ने जतिले पृथ्वी अधिकार गर्नेछन्‌।+ ו [वाव] १०  अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ;+तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौतर तिनीहरू त्यहाँ हुनेछैनन्‌।+ ११  बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌+अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।+ ז [जयिन] १२  दुष्टले धर्मीको विरुद्धमा षड्‌यन्त्र रच्छ;+उसलाई देखेर त्यसले दाह्रा किट्‌छ। १३  तर यहोवा त्यसलाई देखेर हाँस्नुहुन्छकिनकि त्यसको विनाशको दिन आउनेछ भनेर उहाँलाई थाह छ।+ ח [हेत] १४  थिचोमिचोमा परेकाहरू र गरिबहरूलाई ढाल्नअनि सोझो बाटोमा हिँड्‌नेहरूको हत्या गर्नदुष्टहरू आफ्नो तरबार थुत्छन्‌ र धनुमा ताँदो चढाउँछन्‌। १५  तर तिनीहरूको तरबारले तिनीहरूकै मुटुलाई छेड्‌नेछ+अनि तिनीहरूको धनु भाँचिनेछ। ט [टेथ] १६  दुष्टहरूको प्रशस्त धनसम्पत्तिभन्दाधर्मीसित भएको थोरै कुरा उत्तम हो।+ १७  किनकि दुष्टहरूको पाखुरा भाँचिनेछतर धर्मीलाई यहोवाले थाम्नुहुनेछ। י [योद] १८  निर्दोष मानिसहरूले भोगेको दुःख* यहोवाले देख्नुहुन्छ;अनि तिनीहरूको उत्तराधिकार सधैँभरि रहिरहनेछ।+ १९  विपत्तिको बेला तिनीहरू लाजमा पर्नेछैनन्‌;अनिकाल लाग्दा पनि तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ। כ [काफ] २०  तर दुष्टहरू भने मेटिएर जानेछन्‌;+यहोवाका शत्रुहरू खर्कको हरियो घाँसजस्तै सुकिहाल्नेछन्‌अनि धुवाँजस्तै बिलाएर जानेछन्‌। ל [लामेद] २१  दुष्टले सापटी लिन्छ तर फिर्ता गर्दैन,धर्मी मानिस भने उदार मनको* र दानी हुन्छ।+ २२  परमेश्‍वरबाट आशिष्‌ पाएकाहरूले पृथ्वी अधिकार गर्नेछन्‌तर उहाँबाट सराप पाएकाहरू नाश हुनेछन्‌।+ מ [मेम] २३  जब मानिसको मार्ग देखेर यहोवा प्रसन्‍न हुनुहुन्छ,+तब उहाँले उसको पाइलालाई डोऱ्‍याउनुहुन्छ।*+ २४  उसले ठेस खाए पनि ऊ पछारिनेछैन+किनकि यहोवाले उसको हात समातेर उसलाई थाम्नुहुन्छ।*+ נ [नुन] २५  म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ। २६  उसले सधैँ उदार मनले सापटी दिन्छ+अनि उसका सन्तानले निश्‍चय नै आशिष्‌ पाउनेछन्‌। ס [सामेख] २७  खराब काम त्याग र जे असल छ, त्यो गर+र तिमी सदासर्वदा जिउनेछौ। २८  किनकि यहोवा न्याय मन पराउनुहुन्छ;आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्‍न।+ ע [अयिन] उहाँले तिनीहरूको सधैँ रक्षा गर्नुहुन्छ;+तर दुष्टका सन्तान भने मेटिएर जानेछन्‌।+ २९  धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌+र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।+ פ [पे] ३०  धर्मीको मुखले बुद्धि प्रकट गर्छ*अनि उसको जिब्रोले न्यायको कुरा बोल्छ।+ ३१  उसको मनमा उसका परमेश्‍वरको व्यवस्था बसेको हुन्छ;+उसका पाइलाहरू डगमगाउनेछैनन्‌।+ צ [सादे] ३२  धर्मी मानिसको हत्या गर्नदुष्टले ऊमाथि नजर राख्छ। ३३  तर यहोवाले धर्मीलाई त्यसको हातमा पर्न दिनुहुनेछैन+वा उसको न्याय गरिँदा उसलाई दोषी ठहऱ्‍याउनुहुनेछैन।+ ק [कोफ] ३४  यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।दुष्टहरू नाश हुँदा+ तिमीले त्यो देख्नेछौ।+ ר [रेश] ३५  मैले क्रूर र दुष्ट मानिसलाई देखेको छु,त्यो आफ्नै जमिनमा झ्याम्म परेको रूखजस्तै फैलिएको थियो।+ ३६  तर अचानक त्यसको मृत्यु भयो र त्यो रहेन;+मैले त्यसलाई निकै खोजेँ तर त्यो कतै फेला परेन।+ ש [शिन] ३७  निर्दोष* मानिसलाई ध्यान दिएर हेरअनि सोझो मानिसतिर+ आफ्नो दृष्टि लगाऊकिनकि भविष्यमा ऊ शान्तिसित जिउनेछ।+ ३८  तर कुकर्मीहरूजति सबै नाश हुनेछन्‌;दुष्ट मानिसको कुनै भविष्य छैन।+ ת [ताव] ३९  धर्मीहरूको उद्धार यहोवाबाटै आउँछ;+दुःखको समयमा उहाँ तिनीहरूको गढ हुनुहुनेछ।+ ४०  यहोवाले तिनीहरूलाई सहायता गर्नुहुनेछ र तिनीहरूको उद्धार गर्नुहुनेछ+दुष्टको हातबाट उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ र बचाउनुहुनेछकिनकि तिनीहरू उहाँमा शरण लिन्छन्‌।+

फुटनोटहरू

वा “रिसले चुर।”
वा “देशमा।”
वा “धीरजी भई।”
वा सम्भवत: “व्याकुल नहोऊ किनकि त्यसले हानि गर्छ।”
शा., “निर्दोष मानिसका दिनहरू।”
वा “कृपालु।”
वा “सुदृढ पार्नुहुन्छ।”
वा “आफ्नो हातले उसलाई थाम्नुहुन्छ।”
वा “बुद्धिका कुराहरू गुनगुनाउँछ; मनन गर्छ।”
वा “सत्यनिष्ठ।”