भजनसङ्‌ग्रह ६०:१-१२

  • परमेश्‍वरले शत्रुहरूलाई हराउनुहुन्छ

    • उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार (११)

    • “परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ” (१२)

निर्देशकलाई; “सम्झनाको लिली फूल”- अनुसार। मिक्‍ताम।* सिकाउनको लागि। दाउदले अराम-नहरैम र अराम-जोबाहसित लडाइँ गरेको बेला अनि योआबले नुन बेँसीमा फर्किएर १२ हजार एदोमीलाई मारेको बेला दाउदले रचेको भजन।+ ६०  हे परमेश्‍वर, तपाईँले हामीलाई त्याग्नुभयो; तपाईँले हामीलाई तहसनहस पारिदिनुभयो।+तपाईँ हामीदेखि क्रोधित हुनुभयो तर अब हामीलाई फेरि स्विकार्नुहोस्‌!  २  तपाईँले धर्तीलाई हल्लाउनुभयो; तपाईँले त्यसलाई दुई फ्याक पारिदिनुभयो।त्यसका धाँजाहरू पुरिदिनुहोस्‌ किनकि त्यो खस्नै लागेको छ।  ३  तपाईँले आफ्ना मानिसहरूलाई दुःखकष्ट झेल्न लगाउनुभयो।तपाईँले हामीलाई मद्य पिउन लगाउनुभयो, जसले गर्दा हामी लरखरायौँ।+  ४  तपाईँको भय मान्‍नेहरूलाई एउटा चिन्ह दिनुहोस्‌*र तिनीहरू भागेर काँड छल्न सकून्‌। (सेला)  ५  आफ्नो दायाँ हातले हामीलाई बचाउनुहोस्‌ र जवाफ दिनुहोस्‌+अनि जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनीहरूले छुटकारा पाऊन्‌।  ६  परमेश्‍वरले आफ्नो पवित्रतामा* बोल्नुभएको छ:“म प्रफुल्लित हुनेछु अनि अंशको रूपमा सकेम दिनेछु।+अनि सुक्कोथ बेँसी नापेर दिनेछु।+  ७  जसरी मनस्से मेरो हो, गिलाद पनि मेरै हो+अनि एप्रैम मेरो शिरको टोप* हो;यहुदा मेरो लागि शासकको लौरो हो।+  ८  मोआब मेरो हातखुट्टा धुने बाटा हो।+एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+  ९  घेरा हालिएको* सहरमा मलाई कसले पुऱ्‍याइदेला?एदोमसम्म मलाई कसले डोऱ्‍याइदेला?+ १०  हे परमेश्‍वर, तपाईँले नै हामीलाई त्याग्नुभएको होइन र?हे हाम्रा परमेश्‍वर, तपाईँले हाम्रो सेनाको साथ छोड्‌नुभएको छैन र?+ ११  हाम्रो दुःखमा हामीलाई सहायता गर्नुहोस्‌किनकि उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार छ।+ १२  परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ+अनि उहाँले हाम्रा शत्रुहरूलाई कुल्चीमिल्ची पार्नुहुनेछ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “दिनुभएको छ।”
वा सम्भवतः “आफ्नो पवित्र ठाउँमा।”
शा., “गढ।”
वा सम्भवतः “पर्खालले घेरिएको।”