भजनसङ्‌ग्रह १३८:१-८

  • परमेश्‍वर उच्च हुनुहुन्छ, तैपनि ख्याल राख्नुहुन्छ

    • ‘तपाईँले मेरो प्रार्थनाको जवाफ दिनुभयो’ ()

    • खतरैखतराबीच पनि मलाई बचाउनुहुन्छ ()

दाउदको रचना। १३८  म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु।+अरू देवीदेवताको सामुम तपाईँको स्तुति गाउनेछु।*  २  म तपाईँको पवित्र मन्दिरतर्फ* निहुरेर दण्डवत्‌ गर्नेछु+अनि तपाईँको अटल प्रेम र वफादारीको कारणतपाईँको नामको प्रशंसा गर्नेछु।+किनकि तपाईँले आफ्नो वाणीलाई र आफ्नो नामलाई सबै कुराभन्दा उच्च तुल्याउनुभएको छ।*  ३  जुन दिन मैले तपाईँलाई पुकारेँ, तपाईँले मलाई जवाफ दिनुभयो;+तपाईँले मलाई साहसी र बलियो पार्नुभयो।+  ४  हे यहोवा, पृथ्वीका सबै राजाले तपाईँको प्रशंसा गर्नेछन्‌+किनकि तपाईँले गर्नुभएका प्रतिज्ञाहरू तिनीहरूले सुनिसकेका हुनेछन्‌।  ५  तिनीहरूले यहोवाको मार्गबारे गीत गाउनेछन्‌किनकि यहोवाको महिमा अपार छ।+  ६  यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ+तर अहङ्‌कारीहरूबाट भने उहाँ टाढै रहनुहुन्छ।+  ७  म खतरैखतराबीच हिँड्‌नुपरे पनि तपाईँ मेरो जीवनको रक्षा गर्नुहुन्छ।+मेरा क्रोधित शत्रुहरूको विरुद्धमा तपाईँ आफ्नो हात पसार्नुहुन्छ;तपाईँको दायाँ हातले मलाई बचाउनेछ।  ८  यहोवाले मेरो निम्ति सबै काम पूरा गर्नुहुनेछ।हे यहोवा, तपाईँको अटल प्रेम कहिल्यै टल्दैन;+आफ्नो हातको रचनालाई नत्याग्नुहोस्‌।+

फुटनोटहरू

वा सम्भवतः “अरू देवीदेवताको विरोधमा म तपाईँको लागि धुन बजाउनेछु।”
वा “पवित्र स्थानतर्फ।”
वा सम्भवतः “तपाईँले आफ्नो नामलाई भन्दा आफ्नो वाणीलाई उच्च तुल्याउनुभएको छ।”