भजनसङ्‌ग्रह ७८:१-७२

  • परमेश्‍वरको माया र इस्राएलको विश्‍वासको कमी

    • पछि आउने पुस्तालाई सुनाउने (२-८)

    • “तिनीहरूले परमेश्‍वरमा भरोसा राखेनन्‌” (२२)

    • “स्वर्गको अन्‍न” (२४)

    • “तिनीहरूले इस्राएलका पवित्र परमेश्‍वरलाई दुःखी बनाए” (४१)

    • मिश्रदेखि प्रतिज्ञा गरिएको देशसम्म (४३-५५)

    • ‘तिनीहरूले परमेश्‍वरको परीक्षा गरिरहे’ (५६)

मास्किल।* आसापको रचना।+ ७८  हे मेरा मानिस हो, मेरो व्यवस्था* सुन;मेरो मुखका वचन सुन्‍न तिमीहरूको कान थाप।  २  ज्ञानगुनका कुराहरू गर्न म आफ्नो मुख खोल्नेछु।म पहिलेपहिलेका उखान-टुक्काहरू बताउनेछु,+  ३  जुन हामीले सुनेका र जानेका छौँअनि हाम्रा पुर्खाले हामीलाई सुनाएका थिए।+  ४  ती कुराहरू हामी तिनीहरूका सन्तानबाट लुकाउनेछैनौँ;यहोवाका प्रशंसायोग्य कामहरूबारे र उहाँको शक्‍तिबारे,+उहाँले गर्नुभएका अचम्मका कामहरूबारे+पछि आउने पुस्तालाई हामी सुनाउनेछौँ।+  ५  उहाँले याकुबका सन्तानलाई सम्झौटा दिनुभयोअनि इस्राएलमा एउटा व्यवस्था स्थापना गर्नुभयो।आफ्ना सन्तानलाई ती कुराहरू सुनाउनउहाँले हाम्रा पुर्खालाई आज्ञा दिनुभयो+  ६  ताकि पछि आउने पुस्ताले,पछि जन्मिने सन्तानले ती कुराहरू जानून्‌+अनि तिनीहरूले पनि आफ्ना छोराछोरीलाई सुनाऊन्‌।+  ७  अनि उनीहरूले परमेश्‍वरमा भरोसा राख्नेछन्‌।उनीहरूले परमेश्‍वरका कामहरू बिर्सनेछैनन्‌+बरु उहाँका आज्ञाहरू पालन गर्नेछन्‌।+  ८  अनि उनीहरू आफ्ना पुर्खाजस्ता हुनेछैनन्‌,जो अट्टेरी र विद्रोही पुस्ता थिए,+जसको मन स्थिर थिएन*+र जो परमेश्‍वरप्रति वफादार थिएनन्‌।  ९  एप्रैमीहरू धनुले सुसज्जित थिएतर तिनीहरू रणभूमिबाट फर्के। १०  तिनीहरूले परमेश्‍वरको करार तोडे+र उहाँको व्यवस्थाअनुसार हिँड्‌न इन्कार गरे।+ ११  उहाँले गर्नुभएका कामहरू पनि तिनीहरूले बिर्सिए,+उहाँले तिनीहरूसामु गर्नुभएका अचम्मका कामहरू तिनीहरूले बिर्सिए।+ १२  मिश्र देशमा, जोअनको इलाकामा+उहाँले तिनीहरूका पुर्खाको आँखाकै अगाडि अचम्मका कामहरू गर्नुभयो।+ १३  तिनीहरूले समुद्र पार गरून्‌ भनेर उहाँले त्यसलाई दुई फ्याक पारिदिनुभयोअनि उहाँले पानीलाई पर्खालजस्तै ठड्‌याउनुभयो।+ १४  दिनमा बादल भएरर राती आगोको ज्वाला भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुभयो।+ १५  उहाँले निर्जनभूमिमा चट्टानलाई फोर्नुभयोर तिनीहरूलाई समुद्रबाट जस्तै गरी प्रशस्त पानी पिउन दिनुभयो।+ १६  उहाँले चट्टानबाट पानीको धारा निकाल्नुभयोर नदीजस्तै बगाउनुभयो।+ १७  तर तिनीहरूले उहाँविरुद्ध पाप गर्न छोडेनन्‌,मरुभूमिमा सर्वोच्च परमेश्‍वरको विद्रोह गरिरहे।+ १८  आफूले असाध्यै तिर्सना गरेको खानेकुरा मागेरतिनीहरूले आफ्नो मनमा परमेश्‍वरको परीक्षा गरे।+ १९  अनि तिनीहरू यसो भनेर परमेश्‍वरविरुद्ध गनगनाए:“के परमेश्‍वरले निर्जनभूमिमा खाना दिन सक्नुहुन्छ?”+ २०  हेर! उहाँले चट्टानमा हिर्काउनुभयोर त्यहाँबाट पानी निस्कियो र नदीझैँ बग्यो।+तैपनि तिनीहरूले यसो भने, “के उहाँले हामीलाई रोटी पनि दिन सक्नुहुन्छ?के आफ्ना मानिसहरूको लागि मासु जुटाउन सक्नुहुन्छ?”+ २१  जब यहोवा परमेश्‍वरले तिनीहरूको कुरा सुन्‍नुभयो, तब उहाँ क्रोधित हुनुभयो;+याकुबविरुद्ध दनदनी आगो+ बल्योअनि इस्राएलविरुद्ध उहाँको रिस दन्कियो।+ २२  किनकि तिनीहरूले परमेश्‍वरमा भरोसा राखेनन्‌,+उहाँले बचाउन सक्नुहुन्छ भनी तिनीहरूले भरोसा गरेनन्‌। २३  त्यसैले उहाँले बादलले घेरिएको आकाशलाई हुकुम गर्नुभयोर आकाशका ढोकाहरू खोलिदिनुभयो। २४  उहाँले तिनीहरूलाई खानको लागि मन्‍न बर्साइरहनुभयो;उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो।+ २५  मानिसहरूले पराक्रमीहरूको* रोटी खाए;+उहाँले तिनीहरूलाई तृप्त हुनेगरि दिनुभयो।+ २६  उहाँले आकाशमा पूर्वीय बतास चलाउनुभयोर आफ्नो शक्‍तिले दक्षिणी बतासलाई तेजसित बहन लगाउनुभयो।+ २७  अनि उहाँले मासु धुलोसरह बर्साउनुभयो,चराहरू समुद्र किनारको बालुवासरह बर्साउनुभयो। २८  उहाँले ती आफ्नो छाउनीको बीचमा,आफ्ना पालहरूको वरपर खसाल्नुभयो। २९  अनि तिनीहरूले कोचीकोचीकन खाए;तिनीहरूले चाहेको कुरा उहाँले दिनुभयो।+ ३०  तर तिनीहरूको तिर्सना पूरै मेटिनुअघि,तिनीहरूको मुखमा खानेकुरा बाँकी हुँदा नै ३१  तिनीहरूमाथि परमेश्‍वरको क्रोधको आगो दन्कियो।+उहाँले तिनीहरूका बलिया-बलिया मानिसहरूको ज्यान लिनुभयो;+उहाँले इस्राएलका जवानहरूलाई ढाल्नुभयो। ३२  तैपनि तिनीहरूले झन्‌ धेरै पाप गरिरहे+अनि उहाँका अचम्मका कामहरूमा विश्‍वास गरेनन्‌।+ ३३  त्यसैले उहाँले तिनीहरूको जिन्दगीका दिनहरूलाई यसरी खतम पारिदिनुभयो, मानौँ त्यो एक मुठी सास मात्र हो;+उहाँले अचानक डर फैलाएर तिनीहरूका वर्षहरूको अन्त गरिदिनुभयो। ३४  तर जब-जब उहाँले तिनीहरूमध्ये केहीलाई नाश गर्नुहुन्थ्यो, तब-तब तिनीहरू उहाँको खोजी गर्थे;+तिनीहरू फर्केर उहाँको खोजी गर्न थाल्थे ३५  अनि परमेश्‍वर नै तिनीहरूको चट्टान हुनुहुन्छ+र सर्वोच्च परमेश्‍वर नै तिनीहरूको उद्धारक* हुनुहुन्छ+ भनेर सम्झन्थे। ३६  तर तिनीहरूले आफ्नो मुखले उहाँलाई झुक्क्याउन खोजे,तिनीहरूले आफ्नो जिब्रोले उहाँसित झूट बोले। ३७  तिनीहरूको मन उहाँतर्फ स्थिर थिएन;+उहाँको करारप्रति तिनीहरू वफादार रहेनन्‌।+ ३८  तर उहाँ कृपालु हुनुहुन्थ्यो;+उहाँले तिनीहरूको गल्तीको क्षमा दिनुभयो* र तिनीहरूलाई नाश गर्नुभएन।+उहाँले आफ्नो क्रोध खन्याउनुभएन+बरु पटक-पटक आफ्नो रिस थाम्नुभयो। ३९  किनकि तिनीहरू मानिस मात्र हुन्‌ भनी उहाँले सम्झनुभयो,+जो बतासजस्तै बहेर जान्छ र फर्केर आउँदैन।* ४०  तिनीहरूले निर्जनभूमिमा कत्ति चोटि उहाँको विद्रोह गरे+र मरुभूमिमा उहाँको मन दुखाए!+ ४१  बारम्बार तिनीहरूले परमेश्‍वरको परीक्षा लिए,+तिनीहरूले इस्राएलका पवित्र परमेश्‍वरलाई दुःखी बनाए। ४२  तिनीहरूले उहाँको शक्‍ति* बिर्सिए,तिनीहरूले त्यो दिन बिर्सिए, जब उहाँले तिनीहरूलाई शत्रुबाट छुटाउनुभएको थियो।+ ४३  उहाँले मिश्रमा कसरी चिन्हहरू देखाउनुभएको थियो,+जोअनको इलाकामा कसरी चमत्कारहरू गर्नुभएको थियो, ४४  उहाँले कसरी नाइल नदीका नहरहरूलाई रगतमा परिणत गर्नुभएको थियो+र त्यसको पानी पिउनै नसकिने बनाइदिनुभएको थियो, तिनीहरूले बिर्सिए। ४५  उहाँले तिनीहरूलाई आक्रमण गर्न झिँगाहरूको* हुल पठाउनुभयो+अनि तिनीहरूलाई बरबाद पार्न भ्यागुताहरू पठाउनुभयो।+ ४६  उहाँले तिनीहरूको बालीनाली भोका सलहलाई दिनुभयो,तिनीहरूको मेहनतको फल हुल बाँधेर आएका सलहलाई दिनुभयो।+ ४७  उहाँले तिनीहरूका अङ्‌गुर बगानहरूलाईर तिनीहरूका खनिउँका रूखहरूलाई असिनाले नाश पारिदिनुभयो।+ ४८  उहाँले तिनीहरूको भारी बोक्ने जनावरलाई असिनाले नष्ट गरिदिनुभयो+अनि तिनीहरूको वस्तुभाउलाई चट्‌याङले* हिर्काउनुभयो। ४९  उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याउनुभयो,उहाँको क्रोध र आक्रोश पोख्नुभयो अनि तिनीहरूमाथि विपद्‌ ल्याउनुभयो,तिनीहरूमाथि विपत्ति ल्याउन स्वर्गदूतहरूको एक दल पठाउनुभयो। ५०  उहाँले आफ्नो रिसको लागि बाटो बनाउनुभयो।उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन;उहाँले तिनीहरूलाई* महामारीको मुखमा धकेल्नुभयो। ५१  आखिरमा उहाँले मिश्रका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+हामको पालमा तिनीहरूको प्रजनन शक्‍तिको पहिलो फललाई मास्नुभयो। ५२  त्यसपछि उहाँले आफ्ना मानिसहरूलाई बगाललाई झैँ छुटाएर ल्याउनुभयो,+भेडाहरूको बगाललाई जस्तैगरि तिनीहरूलाई निर्जनभूमिमा डोऱ्‍याउनुभयो। ५३  उहाँले तिनीहरूलाई सुरक्षितसाथ डोऱ्‍याउनुभयो,तिनीहरूलाई कुनै डर भएन;+समुद्रले तिनीहरूका शत्रुलाई निल्यो।+ ५४  अनि उहाँले तिनीहरूलाई आफ्नो पवित्र इलाकामा ल्याउनुभयो,+उहाँले तिनीहरूलाई यो पहाडी इलाकामा ल्याउनुभयो, जुन उहाँले आफ्नो दायाँ हातले हासिल गर्नुभएको थियो।+ ५५  उहाँले तिनीहरूको सामुन्‍नेबाट जातिजातिलाई धपाउनुभयो;+नाप्ने डोरीले उहाँले तिनीहरूको पैतृक सम्पत्ति भाग लगाइदिनुभयो;+उहाँले इस्राएलका कुलहरूलाई बस्नको लागि घर दिनुभयो।+ ५६  तर तिनीहरूले सर्वोच्च परमेश्‍वरको परीक्षा गरिरहे र उहाँको विद्रोह गरिरहे;+उहाँका सम्झौटाहरूमा तिनीहरूले ध्यान दिएनन्‌।+ ५७  अनि तिनीहरूले परमेश्‍वरलाई त्यागे र आफ्ना पुर्खाले जस्तै विश्‍वासघात गरे।+तिनीहरू ताँदो खुकुलो भएको धनुजस्तै भए, जसमाथि भर पर्न सकिँदैन।+ ५८  अग्ला थानहरू* बनाएर तिनीहरूले उहाँलाई रिस उठाइरहे+अनि कुँदिएका मूर्तिहरूद्वारा तिनीहरूले उहाँलाई क्रोधित तुल्याइरहे।*+ ५९  परमेश्‍वरले यी सबै देख्नुभयो र क्रोधित हुनुभयो+अनि उहाँले इस्राएललाई पूर्णतया त्याग्नुभयो। ६०  आखिर उहाँले सिलोमा भएको वासस्थान* त्याग्नुभयो,+त्यो पाल त्याग्नुभयो, जहाँ उहाँ मानिसहरूमाझ बास गर्नुहुन्थ्यो।+ ६१  उहाँले आफ्नो शक्‍तिको निसानीलाई कैदमा पर्न दिनुभयो,आफ्नो महिमा शत्रुहरूको हातमा पर्न दिनुभयो।+ ६२  उहाँले आफ्ना मानिसहरूलाई तरबारले काटिन दिनुभयो,+आफ्नो सम्पत्तिविरुद्ध उहाँ क्रोधित हुनुभयो। ६३  आगोले उहाँका जवान पुरुषहरूलाई भस्म पाऱ्‍योअनि उहाँका कन्याहरूको निम्ति विवाहको गीत गाइएन। ६४  उहाँका पुजारीहरू तरबारले काटिए+अनि तिनीहरूका विधवाहरूले विलाप गरेनन्‌।+ ६५  तब यहोवा निद्राबाट ब्युँझिएझैँ जाग्नुभयो,+रक्सीको नशाले छोडेर ब्युँझिएको वीर मानिसजस्तै।+ ६६  अनि उहाँले आफ्ना शत्रुहरूलाई खेद्‌नुभयो;+उहाँले तिनीहरूलाई सदाको निम्ति लाजमा पार्नुभयो। ६७  उहाँले युसुफको पाललाई तिरस्कार गर्नुभयो;उहाँले एप्रैमको कुललाई छान्‍नुभएन। ६८  बरु उहाँले यहुदाको कुललाई छान्‍नुभयो,+सियोन डाँडालाई छान्‍नुभयो, जसलाई उहाँ प्रेम गर्नुहुन्छ।+ ६९  उहाँले आफ्नो पवित्र स्थानलाई* चिरस्थायी स्वर्गजस्तै,+कहिल्यै नडगमगाउनेगरि बसाल्नुभएको पृथ्वीजस्तै+ बनाउनुभयो। ७०  उहाँले आफ्ना सेवक दाउदलाई+ छान्‍नुभयोअनि तिनलाई भेडाहरूको गोठबाट ल्याउनुभयो।+ ७१  दूध खुवाउने भेडीहरूको हेरचाह गर्ने दाउदलाईउहाँले याकुबको, आफ्ना मानिसहरूको गोठालो बनाउनुभयो,+इस्राएलको, आफ्नो सम्पत्तिको गोठालो बनाउनुभयो।+ ७२  सत्यनिष्ठ भई तिनले गोठालो काम गरे,+तिनले आफ्ना निपुण हातहरूले तिनीहरूलाई डोऱ्‍याए।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “निर्देशन।”
शा., “तयार थिएन।”
वा “स्वर्गदूतहरूको।”
वा “तिनीहरूको लागि बदला लिने।”
शा., “ढाक्नुभयो।”
वा सम्भवतः “उसले आफ्नो जीवन गुमाउँछ र फेरि पाउँदैन।”
शा., “हात।”
वा “रगत चुस्ने झिँगाहरूको।”
वा सम्भवतः “निस्लोट ज्वरोले।”
शा., “तिनीहरूको जीवनलाई।”
शब्दावली हेर्नुहोस्‌।
वा “डाही बनाए।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।