भजनसङ्ग्रह ५७:१-११
निर्देशकलाई; “नाश हुन नदिनुहोस्”-अनुसार। मिक्ताम।* दाउद साउलदेखि भागेर गुफामा लुकेको बेला दाउदले रचेको भजन।+
५७ ममाथि अनुग्रह गर्नुहोस्, हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्किनकि म तपाईँमा शरण लिन्छु।+विपत्ति नटरुन्जेल तपाईँका पखेटाहरूको छायामा म शरण लिन्छु।+
२ म सर्वोच्च परमेश्वरलाई पुकार्छु,म साँचो परमेश्वरलाई पुकार्छु, जसले मेरा विपत्तिहरूको अन्त गरिदिनुहुन्छ।
३ उहाँले स्वर्गबाट मदत गर्नुहुनेछ र मलाई बचाउनुहुनेछ।+मलाई आक्रमण गर्नेलाई उहाँले विफल तुल्याइदिनुहुनेछ। (सेला)परमेश्वरले आफ्नो अटल प्रेम र वफादारी देखाउनुहुनेछ।+
४ म सिंहहरूले घेरिएको छु;+मलाई खर्लप्पै निल्न चाहनेहरूको बीचमा म पस्रिनुपरेको छ,जसका दाँत भाला र काँडजस्तै छन्अनि जसको जिब्रो धारिलो तरबारजस्तै छ।+
५ हे परमेश्वर, स्वर्गमा तपाईँको महिमा होस्;तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्।+
६ मेरो खुट्टाको लागि तिनीहरूले पासो थापेका छन्;+म कष्टले झुकेको छु।+मेरो बाटोमा तिनीहरूले खाल्टो खनेतर तिनीहरू आफै त्यसमा परे।+ (सेला)
७ मेरो हृदय स्थिर छ, हे परमेश्वर,+मेरो हृदय स्थिर छ।म बाजाहरू बजाउँदै गीत गाउनेछु।
८ ए मेरो हृदय,* जाग्।ए तारे बाजा, ए वीणा, जाग!म बिहानीको उषालाई ब्युँझाउनेछु।+
९ हे यहोवा, जातिजातिमाझ म तपाईँको प्रशंसा गर्नेछु;+राष्ट्रहरूमाझ म तपाईँको स्तुति गाउनेछु।*+
१० किनकि तपाईँको अटल प्रेम अपार छ, त्यो स्वर्गजत्तिकै उच्च छ+अनि तपाईँको वफादारी आकाशजत्तिकै उच्च छ।
११ हे परमेश्वर, स्वर्गमा तपाईँको महिमा होस्;तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्।+