भजनसङ्‌ग्रह ११३:१-९

  • उच्च ठाउँमा विराजमान परमेश्‍वरले दीनदुःखीलाई उठाउनुहुन्छ

    • यहोवाको नामको सदासर्वदा प्रशंसा ()

    • परमेश्‍वर निहुरिनुहुन्छ ()

११३  याहको प्रशंसा गर!*हे परमेश्‍वरका सेवकहरू हो, उहाँको प्रशंसा गर,यहोवाको नामको प्रशंसा गर।  २  यहोवाको नामको प्रशंसा होस्‌,अहिले र सदासर्वदा।+  ३  पूर्वदेखि पश्‍चिमसम्मै*यहोवाको नामको प्रशंसा होस्‌।+  ४  यहोवा सबै राष्ट्रभन्दा उच्च हुनुहुन्छ;+उहाँ आकाशभन्दा पनि महिमावान्‌ हुनुहुन्छ।+  ५  यहोवा हाम्रा परमेश्‍वरजस्तो अरू को छ,+जो उच्च ठाउँमा विराजमान हुनुहुन्छ?  ६  आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ।+  ७  उहाँ दीनदुःखीलाई धुलोबाटअनि गरिबलाई खरानीको थुप्रोबाट* उठाउनुहुन्छ+  ८  ताकि ऊ प्रतिष्ठित मानिसहरूसित,उहाँको प्रजाका प्रतिष्ठित मानिसहरूसित बस्न सकोस्‌।  ९  उहाँ बाँझी स्त्रीलाई सन्तानको सुख दिनुहुन्छ;उसको घरमा छोराछोरी* हुन्छन्‌।+याहको प्रशंसा गर।*

फुटनोटहरू

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
वा “सूर्योदयदेखि सूर्यास्तसम्मै।”
वा सम्भवतः “फोहोरको डङ्‌गुरबाट।”
शा., “छोराहरू।”
वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।