भजनसङ्‌ग्रह १३९:१-२४

  • परमेश्‍वर आफ्ना सेवकहरूलाई राम्ररी चिन्‍नुहुन्छ

    • परमेश्‍वरको पवित्र शक्‍तिदेखि भाग्न सकिँदैन ()

    • “म अचम्मलाग्दो तरिकामा बनिएको छु” (१४)

    • ‘म मेरी आमाको गर्भमा छँदै तपाईँले मलाई देख्नुभयो’ (१६)

    • “मलाई अनन्त मार्गमा डोऱ्‍याउनुहोस्‌” (२४)

निर्देशकलाई। दाउदले रचेको भजन। १३९  हे यहोवा, तपाईँले मलाई राम्ररी जाँच्नुभएको छ र मलाई चिन्‍नुभएको छ।+  २  मेरो बसाइ र मेरो उठाइ तपाईँ जान्‍नुहुन्छ।+मेरा विचारहरू तपाईँ टाढैबाट थाह पाउनुहुन्छ।+  ३  म हिँड्‌दा र ढल्कँदा तपाईँ मलाई नियाल्नुहुन्छ;मेरा सबै चाल तपाईँलाई राम्ररी थाह छ।+  ४  मेरो जिब्रोबाट कुनै शब्द निस्कनुअघि नैहे यहोवा, तपाईँ त्यो जान्‍नुहुन्छ।+  ५  तपाईँ मलाई अगाडिबाट र पछाडिबाट घेर्नुहुन्छर आफ्नो हात ममाथि राख्नुहुन्छ।  ६  मेरो विषयमा तपाईँसित भएको यस्तो ज्ञान मेरो समझभन्दा बाहिर* छ।त्यो अति उच्च छ, म त्यो बुझ्नै सक्दिनँ।*+  ७  तपाईँको पवित्र शक्‍तिदेखि म कहाँ भागूँ?तपाईँको नजरबाट भागेर म कहाँ जाऊँ?+  ८  म माथि आकाशसम्मै उक्लिएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ;अनि मैले तल चिहानमा* आफ्नो ओछ्यान बनाएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ।+  ९  यदि म उषाको पखेटा लगाई उडेँर टाढाको समुद्रछेउ बस्न गएँ भने १०  त्यहाँ पनि तपाईँको हातले मलाई डोऱ्‍याउँछअनि तपाईँको दाहिने हातले मलाई थाम्छ।+ ११  यदि मैले “अन्धकारले मलाई पक्कै छोप्छ!” भनेँ भनेमेरो वरिपरि छाएको अन्धकार ज्योतिमा बद्‌लिन्छ। १२  अन्धकार पनि तपाईँको निम्ति अँध्यारो हुँदैन,रात तपाईँको निम्ति दिनजत्तिकै उज्यालो हुन्छ;+तपाईँको लागि अन्धकार पनि उज्यालोजस्तै हो।+ १३  तपाईँले नै मेरा मिर्गौलाहरू बनाउनुभयो;मेरी आमाको गर्भमा तपाईँले मलाई लुकाइराख्नुभयो।*+ १४  म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+तपाईँका कामहरू आश्‍चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्‌,+यो मलाई राम्ररी थाह छ। १५  जब म गुप्तमा बनिरहेको थिएँ,जब म पृथ्वीको गहिराइमा बुनिँदै थिएँ,तब मेरा हड्डीहरू तपाईँबाट लुकेनन्‌।+ १६  म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;मेरा अङ्‌गहरू बन्‍नुअघि नैती कहिले बन्‍ने हुन्‌ भनेरतपाईँको पुस्तकमा लेखिएका थिए। १७  त्यसैले तपाईँका विचारहरू मेरो लागि साह्रै अनमोल छन्‌!+हे परमेश्‍वर, तपाईँका विचारहरू अनगिन्ती छन्‌!+ १८  मैले ती गन्‍न कोसिस गरेँ भने ती बालुवाको कणभन्दा धेरै हुन्छन्‌।+जब म ब्युँझन्छु, तब म तपाईँसँगै हुन्छु।*+ १९  हे परमेश्‍वर, तपाईँले दुष्टलाई नाश गर्नुभएको भए+ती हिंस्रक* मानिसहरू मबाट टाढा जाने थिए, २०  जसले तपाईँको विरुद्धमा जानीबुझी* दुष्ट कुरा बोल्छन्‌;तिनीहरू तपाईँका शत्रुहरू हुन्‌, जसले तपाईँको नाम व्यर्थमा लिन्छन्‌।+ २१  हे यहोवा, तपाईँलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र?+अनि तपाईँका विद्रोहीहरूलाई के म तुच्छ ठान्दिनँ र?+ २२  मेरो मनमा तिनीहरूको लागि घृणा मात्र छ;+तिनीहरू मेरा सबैभन्दा ठूला शत्रु बनेका छन्‌। २३  हे परमेश्‍वर, मलाई राम्ररी जाँच्नुहोस्‌ र मेरो हृदयलाई जान्‍नुहोस्‌।+मलाई पारख गरेर हेर्नुहोस्‌ र मेरो मनको चिन्ता* थाह पाउनुहोस्‌।+ २४  मलाई हानिकारक मार्गमा लैजाने कुनै कुरा ममा छ कि, हेर्नुहोस्‌+अनि मलाई अनन्त मार्गमा डोऱ्‍याउनुहोस्‌।+

फुटनोटहरू

वा “मेरो लागि साह्रै आश्‍चर्यजनक।”
वा “त्यो कुरा बुझ्नु मेरो लागि असम्भव छ।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा सम्भवत: “बुन्‍नुभयो।”
वा “म भ्रुण छँदै।”
वा सम्भवत: “तब पनि म गनिरहेकै हुन्छु।”
वा “रक्‍तदोषी।”
वा “आफ्नै विचारले।”
वा “बेचैनी।”