भजनसङ्‌ग्रह १०६:१-४८

  • इस्राएलीहरूले कदर गरेनन्‌

    • तिनीहरूले परमेश्‍वरका कामहरू बिर्सिहाले (१३)

    • परमेश्‍वरको सट्टा बाछोको महिमा गरे (१९, २०)

    • तिनीहरूले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरेनन्‌ (२४)

    • तिनीहरूले बाआलको उपासनामा भाग लिए (२८)

    • भूतप्रेतलाई छोराछोरीको बलि चढाए (३७)

१०६  याहको प्रशंसा गर!*यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+  २  यहोवाका सबै शक्‍तिशाली कार्यहरूको वर्णन कसले गर्न सक्छ?उहाँका सबै प्रशंसायोग्य कामहरूको बयान कसले गर्न सक्छ?+  ३  आनन्दित हुन्‌ तिनीहरू, जो न्यायसाथ काम गर्छन्‌अनि जे सही छ, सधैँ त्यही गर्छन्‌।+  ४  हे यहोवा, आफ्ना मानिसहरूलाई अनुग्रह देखाउनुहुँदा मलाई नबिर्सनुहोस्‌।+मेरो ख्याल राख्नुहोस्‌ र मलाई बचाउनुहोस्‌  ५  ताकि तपाईँले आफ्ना चुनिएका जनहरूलाई देखाउनुहुने भलाइको आनन्द मैले पनि लिन सकूँ,+तपाईँको राष्ट्रसँगसँगै म पनि रमाउन सकूँअनि तपाईँको सम्पत्तिसितै मिलेर गर्वले तपाईँको प्रशंसा गर्न सकूँ।  ६  हाम्रा पुर्खाहरूले जस्तै हामीले पाप गरेका छौँ;+हामीले गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ।+  ७  मिश्रमा हाम्रा पुर्खाहरूले तपाईँका आश्‍चर्यजनक कामहरूको कदर गरेनन्‌।*तपाईँको अपार प्रेम* तिनीहरूले बिर्सिएबरु समुद्रको छेउमा, हो, लाल समुद्रको छेउमा विद्रोह गरे।+  ८  तर आफ्नो नामको खातिर+अनि आफ्नो शक्‍ति प्रकट गर्न+ उहाँले तिनीहरूलाई बचाउनुभयो।  ९  उहाँले लाल समुद्रलाई हप्काउनुभयो र त्यो सुकिहाल्यो;उहाँले तिनीहरूलाई मरुभूमिको सुक्खा जमिनबाट जस्तैगरि समुद्रको गहिराइबाट लैजानुभयो।+ १०  उहाँले तिनीहरूलाई शत्रुहरूको हातबाट बचाउनुभयो+अनि दुस्मनहरूको पन्जाबाट छुटाउनुभयो।+ ११  तिनीहरूका शत्रुहरूलाई पानीले छोप्यो;उनीहरूमध्ये कोही पनि बाँकी रहेन।+ १२  तब तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरे;+तिनीहरूले उहाँको स्तुति गाउन थाले।+ १३  तर तिनीहरूले उहाँका कामहरू बिर्सिहाले;+तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्‌। १४  निर्जनभूमिमा तिनीहरू आफ्नो स्वार्थी चाहनाको वशमा परे;+मरुभूमिमा तिनीहरूले परमेश्‍वरको परीक्षा गरे।+ १५  तिनीहरूले मागेको कुरा उहाँले तिनीहरूलाई दिनुभयोतर त्यसपछि उहाँले तिनीहरूलाई रुढीले प्रहार गर्नुभयो र तिनीहरू नाश भए।+ १६  छाउनीमा हुँदा तिनीहरू मोसादेखि डाही भए;यहोवाका पवित्र सेवक+ हारुनको+ पनि तिनीहरूले डाह गरे। १७  अनि जमिनले आफ्नो मुख बाएर दातानलाई निल्योर अबिरामको साथमा भेला भएकाहरू पुरिए।+ १८  तिनीहरूको समूहमा आगो दन्कियो;दुष्टहरूलाई आगोको ज्वालाले भस्म गऱ्‍यो।+ १९  होरेबमा तिनीहरूले बाछो बनाएअनि धातुको मूर्तिलाई* ढोगे;+ २०  तिनीहरूले मलाई महिमा दिनुको सट्टाघाँस खाने गोरुको प्रतिमालाई महिमा दिए।+ २१  तिनीहरूले आफ्ना उद्धारक परमेश्‍वरलाई बिर्सिए,+जसले मिश्रमा ठूलठूला कामहरू गर्नुभएको थियो,+ २२  जसले हामको देशमा आश्‍चर्यजनक कामहरू गर्नुभएको थियो+अनि लाल समुद्रमा उदेकलाग्दा कामहरू गर्नुभएको थियो।+ २३  उहाँले तिनीहरूलाई नामेट पार्ने आदेश दिनै लाग्नुभएको थियोतर उहाँको चुनिएका सेवक मोसाले उहाँलाई आफ्नो भयानक क्रोध शान्त गर्न+ बिन्ती गरे।* २४  तर फेरि तिनीहरूले सुन्दर देशलाई तुच्छ ठाने;+उहाँको प्रतिज्ञामा तिनीहरूले विश्‍वास गरेनन्‌।+ २५  तिनीहरूले आ-आफ्नो पालभित्र गनगन गरिरहे;+तिनीहरूले यहोवाको स्वर सुनेनन्‌।+ २६  त्यसैले आफ्नो हात उठाएर उहाँले तिनीहरूबारे शपथ खानुभयो,तिनीहरूलाई निर्जनभूमिमै नाश गर्ने शपथ खानुभयो।+ २७  तिनीहरूका सन्तानलाई जातिजातिको हातमा सुम्पिनेअनि तिनीहरूलाई देश-देशमा तितरबितर गरिदिने शपथ खानुभयो।+ २८  तिनीहरूले पोअरको बाआल देवताको उपासनामा भाग लिए*+अनि तिनीहरूले मरेकाहरूलाई चढाइएको बलि* खाए। २९  आफ्नो कामद्वारा तिनीहरूले परमेश्‍वरलाई क्रोधित तुल्याए+अनि तिनीहरूमाझ महामारी फैलियो।+ ३०  तर जब पिनहास अघि बढेर कदम चाले,तब महामारी थामियो।+ ३१  अनि तिनले गरेको त्यो कामले गर्दातिनी पुस्तौँपुस्तासम्म, हो, सदालाई धर्मी ठहरिए।+ ३२  मरिबाको* पानीनेर तिनीहरूले उहाँलाई रिस उठाए,तिनीहरूले गर्दा मोसाले दुःखलाग्दो परिणाम भोग्नुपऱ्‍यो।+ ३३  तिनीहरूले उनलाई रिस उठाए;रिसको झोँकमा उनले बोल्न नहुने कुरा बोले।+ ३४  तिनीहरूले यहोवाको आज्ञा पालन गरेनन्‌;+तिनीहरूले वरपरका जातिहरूलाई नाश गरेनन्‌।+ ३५  बरु तिनीहरू ती जातिहरूसित घुलमिल भए+र तिनीहरूकै तौरतरिका अपनाए।*+ ३६  तिनीहरूले उनीहरूका मूर्तिहरू पुजिरहे+र त्यो नै तिनीहरूको लागि पासो बन्यो।+ ३७  तिनीहरू भूतप्रेतलाईआफ्ना छोराछोरीको बलि चढाउँथे।+ ३८  तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्‌,+तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो। ३९  तिनीहरूको कुकर्मले गर्दा तिनीहरू अशुद्ध भए;आफ्ना कामहरूद्वारा तिनीहरूले वेश्‍यावृत्ति* गरे।+ ४०  त्यसैले आफ्ना मानिसहरूविरुद्ध यहोवाको क्रोध दन्कियो,आफ्नो सम्पत्तिलाई उहाँले घृणा गर्न थाल्नुभयो। ४१  उहाँले पटक-पटक तिनीहरूलाई अरू जातिको हातमा सुम्पिनुभयो+ताकि तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि हैकम जमाऊन्‌।+ ४२  तिनीहरूका शत्रुहरूले तिनीहरूलाई दमन गरेर तिनीहरूलाई आफ्नो शक्‍तिको वशमा पारे। ४३  थुप्रै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो+तर तिनीहरू भने विद्रोह गर्थे र अनाज्ञाकारी हुन्थे+अनि आफ्नै गल्तीले गर्दा तिनीहरू अपमानित हुन्थे।+ ४४  तर उहाँले तिनीहरूको दुःख देख्नुहुन्थ्यो+र तिनीहरूको गुहार सुन्‍नुहुन्थ्यो।+ ४५  तिनीहरूको खातिर उहाँ आफ्नो करार सम्झनुहुन्थ्योअनि आफ्नो अपार प्रेमको* कारण उहाँ दयाले भरिनुहुन्थ्यो।*+ ४६  तिनीहरूलाई बन्दी बनाएर लैजानेहरूको मनमाउहाँले तिनीहरूप्रति दया जगाइदिनुहुन्थ्यो।+ ४७  हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌,+हामीलाई जातिजातिहरूबाट जम्मा गर्नुहोस्‌+र हामीले तपाईँको पवित्र नामको गुणगान गाउन सकौँ,रमाई-रमाई तपाईँको प्रशंसा गर्न सकौँ।+ ४८  इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,सदासर्वदा* प्रशंसा होस्‌।+सबै मानिसले भनून्‌, “आमिन!”*याहको प्रशंसा गर!*

फुटनोटहरू

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
वा “अर्थ बुझेनन्‌।”
वा “अटल प्रेम।”
वा “धातु पगालेर बनाइएको मूर्तिलाई।”
शा., “चिरा परेको ठाउँमा उहाँसामु उभिए।”
अर्थात्‌, मरिसकेका मानिसहरूलाई वा निर्जीव देवताहरूलाई चढाइएको बलि।
वा “बाआल देवतासित टाँसिए।”
यसको अर्थ हो, “झगडा।”
वा “सिके।”
साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।
वा “पछुताउनुहुन्थ्यो।”
वा “अटल प्रेमको।”
वा “युगौँयुगसम्म।”
वा “यस्तै होस्‌!”
वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।