भजनसङ्‌ग्रह ३०:१-१२

  • शोक हर्षमा परिणत हुन्छ

    • परमेश्‍वरको अनुग्रह जीवनभर रहन्छ ()

घरको उद्‌घाटनको गीत। दाउदले रचेको भजन। ३०  हे यहोवा, म तपाईँको महिमा गर्नेछु किनकि तपाईँले मलाई माथि उठाउनुभएको* छ;तपाईँले मेरा शत्रुहरूलाई मेरो उपहास गर्ने मौका दिनुभएन।+  २  हे यहोवा मेरा परमेश्‍वर, मैले तपाईँलाई गुहारेँ र तपाईँले मलाई निको पार्नुभयो।+  ३  हे यहोवा, तपाईँले मलाई चिहानबाट* निकाल्नुभएको छ।+तपाईँले मलाई जीवित राख्नुभएको छ; मृत्युको खाडलमा पर्नदेखि जोगाउनुभएको छ।+  ४  हे यहोवाका वफादार जन हो, उहाँको स्तुति गाओ,*+उहाँको पवित्र नामको प्रशंसा गर।+  ५  किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+  ६  जब म निष्फिक्री थिएँ, तब मैले भनेँ:“म कहिल्यै डग्नेछैनँ।”*  ७  हे यहोवा, मैले तपाईँको अनुग्रह पाउँदा तपाईँले मलाई पहाडजत्तिकै अटल बनाउनुभयो।+तर जब तपाईँले आफ्नो मुहार लुकाउनुभयो, म त्रसित भएँ।+  ८  हे यहोवा, मैले तपाईँलाई पुकारिरहेँ +अनि मलाई अनुग्रह देखाउन मैले यहोवालाई बिन्ती गरिरहेँ।  ९  मेरो मृत्यु हुँदा,* म खाडलमा जाँदा के फाइदा हुन्छ र?+माटोले तपाईँको प्रशंसा गर्छ र?+ तपाईँको वफादारीको बखान गर्छ र?+ १०  हे यहोवा, मेरो बिन्ती सुन्‍नुहोस्‌ र मलाई अनुग्रह देखाउनुहोस्‌।+हे यहोवा, मेरो मदतगार बन्‍नुहोस्‌।+ ११  तपाईँले मेरो शोकलाई हर्षमा* परिणत गरिदिनुभयो;तपाईँले मेरो भाङ्‌ग्रा फुकालिदिनुभयो र मलाई रमाहटको लुगा पहिऱ्‍याइदिनुभयो १२  ताकि म तपाईँको स्तुति गाउन सकूँ र चुप नबसूँ।हे यहोवा मेरा परमेश्‍वर, म सदासर्वदा तपाईँको प्रशंसा गर्नेछु।

फुटनोटहरू

वा “खिच्नुभएको।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा “धुन बजाओ।”
वा “म कहिल्यै लरखराउनेछैनँ (धरमराउनेछैनँ)।”
शा., “मेरो रगतमा।”
शा., “नाचमा।”