यहोसु ९:१-२७

  • चलाख गिबोनीहरू शान्ति चाहन्छन्‌ (१-१५)

  • गिबोनीहरूको चालको पर्दाफास (१६-२१)

  • गिबोनीहरूलाई दाउरा खोज्ने र पानी भर्ने काममा लगाइन्छ (२२-२७)

 यर्दनको पश्‍चिममा पर्ने पहाडी भूभागका,+ सेफेलाहका, महासागरको* किनाराका+ अनि लेबनानको अगाडि पर्ने इलाकाका सबै राजाले यो खबर सुने। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूका राजाहरू थिए।+ २  यो खबर सुनेपछि तिनीहरूले यहोसु र इस्राएलीहरूसित युद्ध गर्न आपसमा गठबन्धन गरे।+ ३  यहोसुले यरिहो+ र ऐ+ सहरलाई के गरेका थिए भनेर गिबोनका+ मानिसहरूले पनि सुने। ४  त्यसैले तिनीहरूले एउटा जुक्‍ति निकाले। तिनीहरूले थोत्रो बोरामा खानेकुरा हालेर गधालाई बोकाए अनि पुराना र टालेका मशक* बोके। ५  तिनीहरूले पुरानो र टालटुल गरेको जुत्ता अनि थोत्रो लुगा लगाए; तिनीहरूले सुकेको र कक्रक्क परिसकेको रोटी बोके। ६  त्यसपछि तिनीहरू गिलगालमा+ इस्राएलीहरूको छाउनीमा यहोसुकहाँ गए अनि यहोसु र इस्राएलका पुरुषहरूलाई यसो भने: “हामी टाढा देशबाट आएका हौँ। बिन्ती! हामीसित शान्ति-सम्झौता गर्नुहोस्‌।” ७  तर इस्राएलका पुरुषहरूले ती हिव्वीहरूलाई भने:+ “सायद तिमीहरू यतै नजिकै बस्ने मानिसहरू हौ। हामी कसरी तिमीहरूसित शान्ति-सम्झौता गर्न सक्छौँ र?”+ ८  तिनीहरूले यहोसुलाई भने: “हामी तपाईँहरूका दास हौँ।” तब यहोसुले सोधे: “तिमीहरू को हौ? अनि कहाँबाट आयौ?” ९  तिनीहरूले यस्तो जवाफ दिए: “हामी तपाईँका दासहरू हौँ। तपाईँहरूका परमेश्‍वर यहोवाको नामबारे सुनेर हामी टाढा देशबाट आएका हौँ।+ हामीले उहाँको ख्याति र मिश्रमा उहाँले गर्नुभएका कामहरूबारे सुन्यौँ।+ १०  तपाईँहरूका परमेश्‍वरले यर्दनपारि* बस्ने एमोरीहरूका दुई राजा—हेस्बोनका राजा सिहोन+ र अस्तारोथमा बस्ने बासानका राजा ओगलाई+ के गर्नुभयो, ती सबै हामीले सुन्यौँ। ११  त्यसैले हाम्रा नाइकेहरू र हाम्रो देशका सबै मानिसले हामीलाई यसो भने, ‘बाटोको लागि केही खानेकुरा लिएर इस्राएलीहरूलाई भेट्‌न जाओ। अनि तिनीहरूलाई यसो भन्‍नू: “हामी तपाईँहरूको दास बन्‍नेछौँ;+ बिन्ती! हामीसित शान्ति-सम्झौता गर्नुहोस्‌।”’+ १२  तपाईँहरूलाई भेट्‌न हामी घरबाट निस्कँदा बाटोमा खान भनी ल्याएका यी रोटीहरू तातै थिए। तर हेर्नुहोस्‌, अहिले सुकेर कक्रक्क परिसकेको छ।+ १३  अनि हामीले रक्सी भर्दा यी मशकहरू नयाँ थिए तर अहिले यसको छाला पटपट फुटिसकेको छ।+ लामो यात्राले गर्दा हाम्रा लुगा र जुत्ता पनि फाटिसकेका छन्‌।” १४  तब इस्राएलका पुरुषहरूले तिनीहरूको केही खानेकुरा लिएर हेरे* तर यहोवा परमेश्‍वरसित सल्लाह भने मागेनन्‌।+ १५  अनि यहोसुले तिनीहरूसित शान्ति-सम्झौता गरे+ र तिनीहरूलाई जीवितै राख्ने वाचा बाँधे। इस्राएलका सबै कुलनायकले पनि यो वाचाअनुसारै गर्ने शपथ खाए।+ १६  शान्ति-सम्झौता गरेको तेस्रो दिनमा इस्राएलीहरूले तिनीहरू त नजिकै बस्दा रहेछन्‌ भनेर थाह पाए। १७  तब इस्राएलीहरू तिनीहरूका सहरहरू—गिबोन,+ कफिराह, बेरोथ र किर्यथ-येरिममा+ जान निस्के र उनीहरू तेस्रो दिनमा त्यहाँ पुगे। १८  तर इस्राएलीहरूले तिनीहरूलाई आक्रमण गरेनन्‌ किनभने इस्राएलका कुलनायकहरूले इस्राएलका परमेश्‍वर यहोवाको नाममा शपथ खाएका थिए।+ त्यसैले इस्राएलीहरूको सारा समुदायले आफ्ना कुलनायकहरूसित गनगन गर्न थाल्यो। १९  तब सबै कुलनायकले सारा समुदायलाई भने: “हामीले तिनीहरूसित इस्राएलका परमेश्‍वर यहोवाको नाममा शपथ खाएका छौँ। त्यसैले हामी तिनीहरूलाई हानि पुऱ्‍याउन सक्दैनौँ। २०  हामी तिनीहरूलाई जीवितै राख्नेछौँ। तिनीहरूसित खाएको शपथ पूरा गरेनौँ भने परमेश्‍वर हामीसित क्रोधित हुनुहुनेछ।”+ २१  ती कुलनायकहरूले गिबोनीहरूसित वाचा गरेअनुसारै यसो पनि भने: “तिनीहरूलाई नमारौँ बरु सबै समुदायको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाऔँ।” २२  अनि यहोसुले गिबोनीहरूलाई बोलाएर सोधे: “‘हामी धेरै टाढाबाट आएका हौँ’ भनेर हामीलाई किन झुक्क्यायौ? तिमीहरू त नजिकै बस्ने मानिसहरू पो रहेछौ।+ २३  अबदेखि तिमीहरू श्रापित हुनेछौ।+ तिमीहरू सधैँ हाम्रो दास हुनेछौ अनि मेरा परमेश्‍वरको घरको लागि दाउरा खोज्ने र पानी भर्ने काम गर्नेछौ।” २४  तिनीहरूले यहोसुलाई यस्तो जवाफ दिए: “तपाईँहरूका परमेश्‍वर यहोवाले आफ्नो सेवक मोसालाई यहाँको सारा इलाका तपाईँहरूलाई दिने र तपाईँहरूकै सामने यस इलाकाका सबै बासिन्दालाई मार्ने आज्ञा दिनुभएको थियो भनेर हामी तपाईँका दासहरूले सुन्यौँ।+ त्यसैले तपाईँहरूले हामीलाई मार्नुहोला भनेर डरायौँ+ र हामीले यस्तो निर्णय गऱ्‍यौँ।+ २५  अब हामी तपाईँहरूकै हातमा छौँ। तपाईँहरूलाई जे उचित लाग्छ, त्यही गर्नुहोस्‌।” २६  यहोसुले तिनीहरूलाई इस्राएलीहरूको हातबाट बचाए, तिनीहरूलाई मारेनन्‌। २७  तर त्यही दिनदेखि यहोसुले तिनीहरूलाई इस्राएलीहरूको समुदायको लागि र यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा+ उहाँको वेदीको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाए।+ तिनीहरू अहिलेसम्म त्यही काम गर्छन्‌।+

फुटनोटहरू

अर्थात्‌, भूमध्यसागरको।
जनावरको छालाबाट बनेको थैलो।
अर्थात्‌, यर्दनको पूर्वपट्टि।
वा “जाँच गरे।”