सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं जहाँ भए पनि यहोवाको सोर सुन्नुहोस्

तपाईं जहाँ भए पनि यहोवाको सोर सुन्नुहोस्

“तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने शब्द सुन्नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड।’”—यशै. ३०:२१.

१, २. यहोवा आफ्ना सेवकहरूसित कसरी बोल्नुहुन्छ?

बितेको समयमा यहोवाले मानिसहरूलाई विभिन्न माध्यमद्वारा डोऱ्याउनुभयो। उहाँले केहीलाई स्वर्गदूत चलाएर अथवा दर्शन वा सपनाद्वारा भविष्यमा हुने कुरा बताउनुभयो। उहाँले तिनीहरूलाई जिम्मेवारी पनि दिनुभयो। (गन्ती ७:८९; इज. १:१; दानि. २:१९) केहीले भने यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागमा सेवा गर्ने प्रतिनिधिहरूद्वारा निर्देशन पाए। तर परमेश्वरका जनहरूले जुनसुकै माध्यमबाट निर्देशन पाएको भए पनि उहाँको निर्देशन पछ्याउनेहरूले आशिष्‌ पाए।

आज यहोवा हामीलाई बाइबल, पवित्र शक्ति र मण्डलीमार्फत निर्देशन दिनुहुन्छ। (प्रेषि. ९:३१; १५:२८; २ तिमो. ३:१६, १७) यहोवाले हामीलाई यति स्पष्ट निर्देशन दिनुभएको छ कि उहाँ हाम्रो पछिल्तिर आएर हामीलाई यसो भनेजस्तो लाग्छ, “बाटो यही हो, यसैमा तिमीहरू हिंड।” (यशै. ३०:२१) यहोवा येशूमार्फत पनि हामीसित बोल्नुहुन्छ। “विश्वासी र बुद्धिमान्‌ दास”-मार्फत मण्डलीलाई डोऱ्याउन यहोवाले येशूलाई नियुक्त गर्नुभयो। (मत्ती २४:४५) हामीले यहोवाको निर्देशन र डोऱ्याइ पछ्याउनु आवश्यक छ। यसो गऱ्यौं भने अनन्त जीवन पाउनेछौं। —हिब्रू ५:९.

३. कसले हामीलाई यहोवाको निर्देशन पछ्याउनदेखि अलमल्याउन खोज्छ? हामीलाई यहोवाको निर्देशन पछ्याउनदेखि अलमल्याउने अर्को कुरा के हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

 यहोवाको डोऱ्याइअनुसार हिंड्यौं भने हाम्रो जीवन जोगिन्छ भनेर सैतानलाई थाह छ। त्यसकारण हामीले यहोवाको सोर नसुनोस् भनेर हामीलाई अलमल्याउन खोज्छ। साथै, हाम्रो ‘छली हृदयले’ पनि हामीलाई यहोवाको निर्देशन पछ्याउनदेखि अलमल्याउन सक्छ। (यर्मि. १७:९) त्यसैले यहोवाको सोर सुन्नदेखि बाधा पुऱ्याउने कुराहरूबाट कसरी जोगिन सक्छौं, विचार गरौं। यहोवासित निरन्तर कुराकानी गऱ्यौं भने परिस्थिति जस्तोसुकै भए पनि उहाँसित कसरी घनिष्ठ भइरहन सक्छौं, त्यसबारे पनि बुझौं।

सैतानका धूर्त युक्तिहरूदेखि जोगिनुहोस्

४. सैतानले मानिसहरूको सोचाइलाई कसरी भ्रष्ट पार्न खोज्छ?

झूटो जानकारी र हल्ला फैलाएर सैतानले मानिसहरूको सोचाइलाई भ्रष्ट पार्न खोज्छ। (१ यूहन्ना ५:१९ पढ्नुहोस्) किताब, पत्र-पत्रिका, रेडियो, टिभी र इन्टरनेटमार्फत मानिसहरूले विभिन्न जानकारी पाउँछन्‌। त्यस्ता माध्यमहरूबाट राम्रा जानकारीहरू पनि पाउन सकिन्छ। तर प्रायजसो यी माध्यमहरूले यहोवाको स्तरसित मेल नखाने आचरणलाई पनि बढावा दिन्छ। (यर्मि. २:१३) जस्तै, यी माध्यमहरूले पुरुषले पुरुषसित वा स्त्रीले स्त्रीसित विवाह गर्नु गलत होइन भन्छ। साथै, यसबारे बाइबलले बताएको कुरा थुप्रै मानिसलाई एकदम कडा जस्तो लाग्छ।—१ कोरि. ६:९, १०.

५. सैतानले फैलाएको हल्लाबाट कसरी जोगिन सक्छौं?

परमेश्वरको स्तरबमोजिमको असल काम गर्ने मानिसहरू सैतानले फैलाएको यस्तो हल्लाबाट कसरी जोगिन सक्छन्‌? तिनीहरूले असल र खराब कसरी छुट्याउन सक्छन्‌? “[परमेश्वरको] वचनमा ध्यान दिएर।” (भज. ११९:९) परमेश्वरको वचनमा पाइने निर्देशनहरूले हामीलाई सत्य र झूटबीचको भिन्नता छुट्याउन मदत गर्छ। (हितो. २३:२३) हिब्रू धर्मशास्त्रमा लेखिएको कुरा उल्लेख गर्दै येशूले यसो भन्नुभयो, “मानिस . . . यहोवाको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।” (मत्ती ४:४) बाइबल सिद्धान्तहरू लागू गर्ने तरिका हामीले सिक्नुपर्छ। जवान यूसुफको उदाहरण विचार गरौं। आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने सन्दर्भमा यहोवाको नियम लेखिनुभन्दा धेरै अघि नै तिनले त्यसो गर्नु गम्भीर पाप हो भनेर बुझेका थिए। पोतीफरकी पत्नीले गलत काम गर्न दबाब दिंदा यूसुफले यहोवाको आज्ञा उल्लङ्घन गर्ने कुरा सोच्दा पनि सोचेनन्‌। (उत्पत्ति ३९:७-९ पढ्नुहोस्) पोतीफरकी पत्नीले यूसुफलाई बारम्बार दबाब दिइन्‌। तैपनि यूसुफले उनको होइन, यहोवाको सोर सुने। आज पनि सैतानले हल्ला फैलाइरहेको छ। तर हामीले सैतानको होइन, यहोवाको सोर सुन्नुपर्छ।

६, ७. सैतानको भ्रष्ट सल्लाहलाई तिरस्कार गर्न के गर्नै पर्छ?

अहिलेको संसारमा धार्मिक शिक्षाहरू छ्यासछ्यासती छन्‌। ती शिक्षाहरू आपसमा बाझिन्छन्‌। त्यसकारण थुप्रै मानिस साँचो धर्म  खोज्नु बेकार हो भन्ठान्छन्‌। तर हामी यहोवाको कुरा सुन्न इच्छुक छौं भने उहाँले हामीलाई साँचो कुरा बुझ्न मदत गर्नुहुन्छ। कसको सोर सुन्ने, हामी आफैले निर्णय गर्नुपर्छ। एकै पटकमा दुई जनाको कुरा ध्यान दिएर सुन्नु असम्भव छ। त्यसकारण हामीले येशूको ‘सोर चिन्नुपर्छ’ र सुन्नुपर्छ। यहोवाले येशूलाई आफ्नो बगालमाथि नियुक्त गर्नुभएको छ।यूहन्ना १०:३-५ पढ्नुहोस्।

येशूले यसो भन्नुभयो, “तिमीहरू अहिले जे सुनिरहेका छौ, त्यसलाई ध्यान देओ।” (मर्कू. ४:२४) यहोवाको निर्देशन स्पष्ट र सही छ। हामीले उहाँको निर्देशन ध्यान दिएर सुन्नै पर्छ। तर सुन्ने मात्र होइन, त्यसअनुसार चल्न पनि तयार हुनै पर्छ। होसियार भएनौं भने यहोवाको मायालु निर्देशनलाई बेवास्ता गरेर सैतानको भ्रष्ट सल्लाह सुन्ने हदसम्म पुग्न सक्छौं। सैतानको मनोभाव झल्काउने सङ्गीत, भिडियो, टिभी कार्यक्रम, किताब, साथीहरू, विद्वान्‌हरू र विशेषज्ञ भनौंदाहरूले तपाईंको जीवनलाई नियन्त्रण गर्न नपाओस्।—कल. २:८.

८. (क) हाम्रो हृदयले हामीलाई कसरी सैतानको प्रभावमा पार्न सक्छ? (ख) चेतावनीमूलक सङ्केतहरूलाई बेवास्ता गऱ्यौं भने के हुन सक्छ?

हामीमा गलत काम गर्ने झुकाव छ भनेर सैतानलाई थाह छ। त्यसले हाम्रो कमीकमजोरीको फाइदा उठाउँछ। सैतानले हामीलाई तारो बनाउँदा यहोवाप्रति वफादार रहन साह्रै गाह्रो हुन्छ। (यूह. ८:४४-४७) उदाहरणको लागि, हामीले प्रार्थना गर्नै छोडिसकेका हौंला, सेवाको काममा सुस्ताइरहेका हौंला अथवा सभाहरू छुटाउन थालेका हौंला। यी कुराहरू हाम्रो हृदयको अवस्था कस्तो छ भन्ने सङ्केत हो र यस्ता सङ्केतहरूलाई बेवास्ता गर्नु खतरनाक हुन्छ। होसियार भएनौं भने अलि-अलि गर्दै यहोवाको सोर सुन्नै छोड्न सक्छौं। परिणामस्वरूप हामी आफ्नो चाहनाको दास बन्छौं र सोच्दा पनि नसोचेको काम गर्न पुग्छौं। (रोमी ७:१५) चेतावनीमूलक सङ्केतलाई ध्यान दियौं र तुरुन्तै कदम चाल्यौं भने यस्तो भयावह नतिजा भोग्नदेखि जोगिन्छौं। यहोवाको सोर ध्यान दिएर सुन्यौं भने धर्मत्यागी शिक्षाहरू सुन्नदेखि जोगिन्छौं।—हितो. ११:९.

९. मनमा गलत काम गर्ने इच्छा आएको चाल पायौं भने के गर्न सकिन्छ?

रोग सुरुमै पत्ता लाग्यो भने जीवन बचाउन कदम चालिहाल्न सकिन्छ। त्यसैगरि, मनमा गलत काम गर्ने इच्छा आएको चाल पायौं भने कदम चालिहाल्न सकिन्छ अनि सैतानले हामीलाई ‘आफ्नो इच्छा पूरा गराउन जिउँदै पक्रन’ पाउँदैन। (२ तिमो. २:२६) हाम्रो सोचाइ र चाहना यहोवाको इच्छासित बाझिएको याद गऱ्यौं भने के  गर्नुपर्छ? ढिलासुस्ती नगरी यहोवातिर फर्कनुपर्छ, उहाँको निर्देशन ध्यान दिएर सुन्नुपर्छ र पालन गर्नुपर्छ। (यशै. ४४:२२) गलत निर्णय गऱ्यौं भने निक्कै चोट सहनुपर्ने हुन्छ भन्ने कुरा सधैं मनमा राख्नुपर्छ। त्यस्ता गम्भीर गल्ती गर्नदेखि जोगिन तुरुन्तै कदम चालौं अनि यहोवाबाट तर्केर नजाऔं।

हाम्रो आध्यात्मिक तालिका राम्रो छ भने सैतानका धूर्त युक्तिहरूदेखि कसरी जोगिन सक्छौं? (अनुच्छेद ४-९ हेर्नुहोस्)

घमन्ड र लोभलाई जित्नुहोस्

१०, ११. (क) घमन्डी व्यक्ति कस्तो हुन्छ? (ख) कोरह, दातान र अबीरामबाट के सिक्न सक्छौं?

१० हाम्रो हृदयले हामीलाई यहोवादेखि तर्काउन सक्छ भन्ने कुरा याद गर्नुपर्छ। जस्तै, हाम्रो हृदयमा घमन्ड र लोभ आउन सक्छ। यस्ता दुर्गुणहरूले गर्दा गम्भीर गल्ती गर्न पुग्छौं। घमन्डी व्यक्तिले ‘मैले जेसुकै गरूँ, अरूलाई के मतलब’ भन्ने सोचाइ राख्छन्‌। त्यसकारण सङ्गी भाइबहिनी, एल्डर वा परमेश्वरको सङ्गठनबाट आउने निर्देशन र सल्लाहलाई भन्दा आफ्नै विचारलाई अघि सार्छन्‌। त्यस्ता व्यक्तिहरू यहोवादेखि एकदमै टाढा पुग्छन्‌ र उहाँको सोर राम्ररी सुन्न सक्दैनन्‌।

११ इस्राएलीहरू उजाडस्थान भएर यात्रा गर्दा कोरह, दातान र अबीरामले मोशा र हारूनको विरोध गरे। तिनीहरू घमन्डी भएकोले यहोवालाई आफ्नै तरिकाले उपासना गर्न खोजे। यहोवाले के गर्नुभयो? उहाँले तिनीहरूलाई सजाय दिनुभयो। (गन्ती २६:८-१०) यो विवरणबाट हामी कत्ति महत्त्वपूर्ण पाठ सिक्न सक्छौं! यहोवाको विरोध गऱ्यौं भने नतिजा एकदमै नराम्रो हुन्छ। “नाशको अघि अहंकार” आउँछ भन्ने कुरा सधैं मनमा राखौं।—हितो. १६:१८; यशै. १३:११.

१२, १३. (क) लोभी भयौं भने नतिजा कस्तो हुन्छ, एउटा उदाहरण दिनुहोस्। (ख) लोभलाई काबूमा राखेनौं भने कसरी यसमा फसदै जान्छौं, व्याख्या गर्नुहोस्।

१२ लोभबारे पनि विचार गरौं। लोभी मान्छेले आफूखुसी गर्न खोज्छ। त्यसले अरूको सामान लिनुमा कुनै खराबी छैन भन्ने सोच्छ। अरामी सेनापति नामानले कोर निको भएपछि भविष्यवक्ता एलीशालाई उपहार दिए तर एलीशाले त्यो लिन मानेनन्‌। एलीशाको चाकर गेहजीले उपहारको लोभ गऱ्यो। गेहजीले मनमनै यसो भन्यो, “परमप्रभुको जीवनको शपथ छ, म यिनको पछि लागेर केही लिनेछु।” एलीशाको अनुमति नलिई गेहजी नामानको पछि-पछि दौडेर गयो र झूट बोलेर “एक तोडा चाँदी र दुई जोर लुगा” माग्यो। लोभी गेहजीलाई के भयो? उसलाई नामानको कोर सऱ्यो।—२ राजा ५:२०-२७.

१३ लोभ आगोको झिल्का जस्तै हो, यसलाई काबूमा राखेनौं भने डढेलोसरह फैलिन्छ र हाम्रो जीवनलाई नै तहसनहस पार्न सक्छ। आकानको उदाहरणले यो कुरा स्पष्ट पार्छ। आकान कसरी लोभमा फसदै गयो, विचार गर्नुहोस्। उसले यसो भन्यो, “जब मैंले लूटेको धनमा शिनार देशको एक बढिया ओढ़्ने, दुइ सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनको सुनको एक साँप्ला देखें, तब मलाई लोभ लाग्यो, र ती लिएँ।” मनबाट अनुचित चाहना हटाउनुको साटो आकानले सामान चोऱ्यो र आफ्नो पालमा लुकाएर राख्यो। आकानको गल्ती पर्दाफास भयो र ऊमाथि यहोवाले विनाश ल्याउनुहुनेछ भनेर यहोशूले बताए। आकान र उसको परिवारलाई त्यही दिन ढुङ्गाले हानेर मारियो। (यहो. ७:११, २१, २४, २५) हामी पनि आकानजस्तै लोभी हुने खतरा छ। त्यसकारण ‘हर प्रकारको लालचबाट आफूलाई जोगाऔं।’ (लूका १२:१५) अनैतिक सोचाइ पनि एक किसिमको लोभ नै हो। हाम्रो मनमा कहिलेकाहीं गलत सोचाइ आउन सक्छ। त्यतिबेला आफ्नो सोचाइलाई काबूमा राख्यौं भने पाप गर्नदेखि जोगिन्छौं।याकूब १:१४, १५ पढ्नुहोस्।

१४. घमन्ड वा लोभको कारण गलत काम गर्ने प्रलोभन आउँदा के गर्नुपर्छ?

१४ घमन्ड र लोभले डरलाग्दो नतिजा निम्त्याउँछ।  गलत काम गर्दा नतिजा कस्तो हुन्छ, पहिल्यै विचार गर्नु आवश्यक छ। यसो गऱ्यौं भने यहोवाको सोर सुनिरहन सक्छौं। (व्यव. ३२:२९) यहोवाले सही बाटो कुन हो भनेर मात्र बताउनुभएको छैन; बरु सही बाटोमा हिंड्दा कस्तो फाइदा हुन्छ र गलत बाटोमा हिंड्दा कस्तो नतिजा हुन्छ भनेर पनि बताउनुभएको छ। घमन्ड वा लोभको कारण गलत काम गर्ने प्रलोभन आउँदा यसले हामीलाई, हाम्रो परिवार तथा साथीभाइलाई र यहोवासितको सम्बन्धलाई कस्तो असर गर्छ भनेर सोच्नुपर्छ।

यहोवासित कुराकानी गरिरहनुहोस्

१५. येशूको उदाहरणबाट के सिक्न सक्छौं?

१५ यहोवा हाम्रो भलो चाहनुहुन्छ। (भज. १:१-३) उहाँ हामीलाई चाहिएकै निर्देशन दिनुहुन्छ (हिब्रू ४:१६ पढ्नुहोस्) येशूमा कुनै खोट थिएन। तैपनि यहोवासित नियमित कुराकानी गर्नुहुन्थ्यो र उहाँलाई व्यग्र प्रार्थना गर्नुहुन्थ्यो। यहोवाले येशूलाई सहायता दिनुभयो र डोऱ्याउनुभयो। उहाँले येशूको सेवा-सुसार गर्न स्वर्गदूतहरू पठाउनुभयो, उहाँलाई मदत गर्न पवित्र शक्ति दिनुभयो र १२ प्रेषित छान्न डोऱ्याउनुभयो। स्वर्गबाट बोलेर यहोवाले येशूलाई समर्थन गरेको र स्वीकारेको देखाउनुभयो। (मत्ती ३:१७; १७:५; मर्कू. १:१२, १३; लूका ६:१२, १३; यूह. १२:२८) येशूले जस्तै हामीले पनि परमेश्वरलाई प्रार्थनामा आफ्नो मनको दुःख पोखाउनुपर्छ। (भज. ६२:७, ८; हिब्रू ५:७) प्रार्थना गर्दा हामी यहोवासित नजिक हुन सक्छौं र परमेश्वरको महिमा हुने तरिकामा जीवन बिताउन सक्छौं।

१६. यहोवाको सोर सुन्न के गर्नुपर्छ?

१६ हुन त यहोवा सबैलाई सल्लाह दिनुहुन्छ तर कसैलाई पनि त्यसअनुसार चल्न कर गर्नुहुन्न। हामीले यहोवासित पवित्र शक्ति माग्नुपर्छ। उहाँ हामीलाई कन्जुस्याइँ नगरी त्यो शक्ति दिनुहुन्छ। (लूका ११:१०-१३ पढ्नुहोस्) तर बाइबलको यो सल्लाह पनि पालन गर्नुपर्छ, “तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।” (लूका ८:१८) उदाहरणको लागि, अनैतिक कुराहरूबाट अलग रहन मदत गर्नुहोस् भनेर हामी यहोवालाई प्रार्थना गर्छौं, तर अश्‍लील कुरा वा अनैतिक चलचित्र हेर्न छोड्दैनौं भने के उहाँ हामीलाई मदत गर्नुहुन्छ र? पक्कै पनि गर्नुहुन्न। उहाँको मदत पाउन पवित्र शक्तिले काम गर्ने ठाउँ वा अवस्थामा रहनु आवश्यक छ, जस्तै: मण्डलीका सभाहरू। सभाहरूमार्फत यहोवाले दिनुहुने सल्लाह स्वीकारेर उहाँका थुप्रै सेवक दुःख भोग्नदेखि जोगिएका छन्‌। मनमा गलत इच्छा आउनेबित्तिकै उनीहरूले आवश्यक छाँटकाँट गरेका छन्‌।—भज. ७३:१२-१७; १४३:१०.

यहोवाको सोर सुन्न नछोड्नुहोस्

१७. हामीले किन आफूमाथि बढी नै भरोसा गर्नुहुँदैन?

१७ इस्राएलका राजा दाऊदलाई विचार गरौं। तिनी जवानै छँदा पलिश्ती गोल्यतमाथि विजयी भए। तिनले सैनिक र राजाको रूपमा काम गरे। तिनले इस्राएल राष्ट्रको रक्षा गरे र जनताको लागि राम्रा निर्णयहरू पनि गरे। तर समय बित्दै जाँदा तिनले आफूमाथि बढी नै भरोसा गरे अनि छली हृदयको वशमा परे। तिनले बेतशेबासित अवैध यौनसम्बन्ध राखे र उनका पति उरियाहलाई मार्नसमेत लगाए। अनुशासन पाउँदा दाऊद नम्र भए र गल्ती स्वीकारे। तिनी यहोवासित फेरि नजिक भए।—भज. ५१:४, ६, १०, ११.

१८. यहोवाको सोर सुनिरहन हामीलाई केले मदत गर्छ?

१८ पहिलो कोरिन्थी १०:१२ को सल्लाह सधैं मनमा राखौं र आफूमाथि बढी नै भरोसा नगरौं। हामीमा “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति” छैन। त्यसैले कि त हामी यहोवाको सोर पछ्याउँछौं कि सैतानको। (यर्मि. १०:२३) त्यसकारण निरन्तर प्रार्थना गरौं, पवित्र शक्तिको डोऱ्याइ पछ्याऔं र ध्यान दिएर यहोवाको सोर सुनिरहौं।