यसैया १३:१-२२

  • बेबिलोनविरुद्ध घोषणा (१-२२)

    • यहोवाको दिन नजिकै छ! ()

    • मादीहरूले बेबिलोनलाई परास्त गर्नेछन्‌ (१७)

    • बेबिलोन सदाको लागि निर्जन हुनेछ (२०)

१३  आमोजका छोरा यसैयाले+ एउटा दर्शन* देखे। तिनले दर्शनमा बेबिलोनविरुद्ध यस्तो घोषणा+ गरेको सुने:  २  “नाङ्‌गो डाँडामा एउटा झन्डा ठड्‌याओ।+ आफ्नो हात हल्लाउँदै तिनीहरूलाई बोलाओर तिनीहरू ठूलाबडाका ढोकाहरूबाट छिरेर भित्र आऊन्‌।  ३  ज-जसलाई मैले नियुक्‍त गरेँ, तिनीहरूलाई मैले आदेश दिएको छु।+ मेरो रिस पोखाउन मैले आफ्ना योद्धाहरूलाई भेला गरेको छु।तिनीहरू घमन्डले फुल्छन्‌ र खुसी मनाउँछन्‌।  ४  सुन! डाँडाहरूबाट भीडको आवाज आइरहेको छ,असङ्‌ख्य मानिसहरू जम्मा भएजस्तो सुनिन्छ।सुन! राष्ट्रहरू जम्मा भएको कोलाहल सुनिँदै छ, जातिजातिका मानिसहरू भेला भएका छन्‌।+ सेनाहरूका यहोवाले युद्धको निम्ति सेना तयार पार्दै हुनुहुन्छ।+  ५  पूरै पृथ्वीको विनाश गर्न+यहोवा आफ्नो क्रोधका हातहतियारसहितटाढाको देशबाट आउँदै हुनुहुन्छ,आकाशको पल्लो छेउबाट आउँदै हुनुहुन्छ।+  ६  डाँको छोडेर रोओ किनकि यहोवाको दिन नजिकै छ! त्यो दिन सर्वशक्‍तिमान्‌ परमेश्‍वरले विनाश गर्ने दिन हो।+  ७  त्यसैले सबैका हात लल्याकलुलुक हुनेछन्‌र हरेकको मुटु डरले काँप्नेछ।+  ८  मानिसहरू भयभीत भएका छन्‌।+ सुत्केरी बेथा लागेकी स्त्रीलाई झैँतिनीहरूलाई पीडाले छोपेको छ; तिनीहरू छटपटाइरहेका छन्‌। तिनीहरू अक्क न बक्क भएर एकअर्कालाई हेर्छन्‌।तिनीहरूको अनुहारमा त्रास छाएको छ।  ९  हेर! यहोवाको दिन क्रोध र बल्दो रिससहित आउँदै छ,त्यस दिन कसैमाथि दया देखाइनेछैन।त्यस दिन देशका पापीहरूको नामोनिसान मेटाइनेछ+र मानिसहरू देशको हालत देखेर डरले थरथर काँप्नेछन्‌। १०  किनकि आकाशका तारा र तारामण्डलहरूले*+आफ्नो चमक दिनेछैनन्‌।उदाउँदै गरेको सूर्यसमेत अँध्यारो हुनेछर चन्द्रमाले आफ्नो ज्योति छर्नेछैन। ११  म पृथ्वीका बासिन्दाहरूसँग तिनीहरूको खराबीको लेखा लिनेछु+र दुष्टहरूलाई तिनीहरूको गल्तीको सजाय दिनेछु। म अहङ्‌कारीहरूको सेखी झारिदिनेछुर तानासाहहरूको घमन्डलाई चूरचूर पारिदिनेछु।+ १२  अनि म मानिसको यस्तो हालत बनाउनेछु किनिखुर सुन र ओपिरको सुन फेला पार्न सकिनेछ तर मानिसलाई भने फेला पार्न सकिनेछैन।+ १३  त्यसैले म आकाशलाई थरथर काँप्न लगाउनेछुर पृथ्वीलाई हल्लाएर त्यसको ठाउँबाट उखेलिदिनेछु।+सेनाहरूका यहोवाले आफ्नो बल्दो रिस पोख्ने दिनमा त्यसो गर्नुहुनेछ। १४  सिकारीले खेदेको हरिणझैँ अनि गोठालो नभएर तितरबितर भएको बगालझैँतिनीहरू सबै आ-आफ्नै मानिसहरूकहाँर आ-आफ्नो भूमिमा फर्कनेछन्‌।+ १५  जो-जो फेला पर्छन्‌, ती सबै वारपार हुनेगरि छेडिनेछन्‌अनि जो-जो पक्राउ पर्छन्‌, ती सबै तरबारले काटिनेछन्‌।+ १६  तिनीहरूका छोराछोरीलाई तिनीहरूकै आँखाअगाडि पछारी-पछारी मारिनेछ।+तिनीहरूको घर लुटिनेछ।तिनीहरूका स्वास्नीहरूको इज्जत लुटिनेछ। १७  म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्‌न सुऱ्‍याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्‌। १८  उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+गर्भको शिशुलाई अनि केटाकेटीलाईउनीहरूले रतीभर दयामाया देखाउनेछैनन्‌। १९  अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्‌,+त्यसलाई परमेश्‍वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+ २०  त्यहाँ कहिल्यै कुनै मानिस बस्नेछैन।पुस्तौँपुस्तासम्म त्यहाँ कसैले बसोबास गर्नेछैन।+ कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन।अनि कुनै गोठालोले आफ्नो बगाललाई त्यहाँ विश्राम गराउनेछैन। २१  मरुभूमिका जीवहरू त्यहाँ बस्नेछन्‌।तिनीहरूका घर लाटोकोसेरोले भरिनेछन्‌।त्यो सुतुरमुर्गहरूको* घर हुनेछ+र जङ्‌गली बाख्राहरू त्यहाँ बुर्लुक-बुर्लुक उफ्रनेछन्‌। २२  त्यसका किल्लाहरूमा जनावरहरू स्वर उचाली-उचाली कराउनेछन्‌अनि त्यसका भव्य महलहरूमा स्यालहरू कराउनेछन्‌। त्यसको समय सिद्धिनै लागेको छ; त्यसको दिन धेरै बाँकी छैन।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शा., “र केसिल तारामण्डलहरूले।” यसले सिकारी अर्थात्‌ मृगशिरा तारामण्डल र त्यसवरपरका अन्य तारामण्डललाई जनाएको हुन सक्छ।
वा “अस्ट्रिजहरूको।”