यसैया ३०:१-३३
३० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “धिक्कार छ ती हठी छोराहरूलाई!+जो मेरो इच्छाविपरीत आफ्ना योजना पूरा गर्छन्।+जो सन्धि गर्छन्* तर मेरो चाहनाअनुसार होइन।यसरी तिनीहरू पापमाथि पाप थप्दै जान्छन्।
२ फारोले दिने सुरक्षामा* आड लिनअनि मिश्रको छत्रछायामा शरण लिनतिनीहरू मलाई सोध्दै नसोधी+ मिश्र जान्छन्।+
३ तर फारोले दिने सुरक्षामा आड लिएकोले तिमीहरू लाजमा पर्नेछौ;मिश्रको छत्रछायामा शरण लिएकोले तिमीहरूको अपमान हुनेछ।+
४ किनकि उसका शासकहरू जोअनमा+ छन्र उसका दूतहरू हनेससम्मै पुगेका छन्।
५ तिनीहरू सबै लाजमा पर्नेछन्किनकि मिश्रीहरूसित लागेर तिनीहरूलाई केही फाइदा हुनेछैन;उनीहरूले तिनीहरूलाई केही मदत गर्नेछैनन्।तिनीहरूले केवल अपमान र बेइज्जती भोग्नेछन्।”+
६ दक्षिणका जनावरहरूविरुद्ध यस्तो घोषणा गरियो:दुःख र पीडाको देश,गर्जने सिंहको देश,विषालु सर्प र उड्ने विषालु सर्पको देश हुँदैतिनीहरू आफ्नो सम्पत्ति गधाको काँधमा लादेरअनि सरसामान उँटको जुरोमा राखेर आउँछन्।तर ती सम्पत्ति र सरसामान कसैलाई काम लाग्नेछैन
७ किनकि मिश्रले दिने सहायता व्यर्थको छ।+त्यसैले मैले त्यसलाई “चलहल नगरी बस्ने राहाब”*+ भनेको छु।
८ “अब गएर यी कुरा तिनीहरूकै सामने पाटीमा खोपअनि पुस्तकमा लेख+र त्यो सधैँभरिको लागि साक्षी होस्।+
९ किनकि तिनीहरू विद्रोही मानिस,+ कपटी छोरा हुन्।+तिनीहरू यहोवाको व्यवस्था* सुन्न नचाहने छोराहरू हुन्।+
१० तिनीहरू दर्शीहरूलाई यसो भन्छन्, ‘दर्शन* देख्न बन्द गर!’अनि भविष्यवक्ताहरूलाई यसो भन्छन्, ‘हामीलाई साँचो भविष्यवाणीहरू नसुनाओ!+बरु हाम्रो मन बहलाउने कुराहरू सुनाओ; भ्रममा पार्ने दर्शनहरू देख!+
११ सही मार्ग हिँड्न छोडिदेओ, त्यसबाट तर्केर जाओ।इस्राएलका पवित्र परमेश्वरबारे हामीलाई बताउन बन्द गर!’”+
१२ त्यसकारण इस्राएलका पवित्र परमेश्वर यसो भन्नुहुन्छ:“तिमीहरूले मेरो वचन सुन्न इन्कार गरेर+छलकपट र झूटा कुराहरूमा भरोसा गऱ्यौ।ती कुराहरूमै तिमीहरू भर पऱ्यौ।+
१३ त्यसैले तिमीहरूको यो गल्ती चिरैचिरा परेको पर्खालझैँ हुनेछ।भुक्क उठेर भत्कनै लागेको अग्लो पर्खालझैँ हुनेछ;त्यो अचानक, क्षणभरमै ढल्नेछ।
१४ माटोको ठूलो घ्याम्पोलाई झैँ त्यसलाई टुक्राटुक्रा पारिनेछ।त्यसलाई धुलोपिठो पारिनेछ।अगेनुबाट आगो झिक्न अथवा खाल्डाबाट* पानी निकाल्नएउटा खपटो पनि बाँकी रहनेछैन।”
१५ किनकि ब्रह्माण्डका मालिक, इस्राएलका पवित्र परमेश्वर यसो भन्नुहुन्छ:“मकहाँ फर्क र चुपचाप बस, तब तिमीहरू बाँच्नेछौ।शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”+तर तिमीहरू मेरो कुरा मान्न राजी भएनौ।+
१६ बरु तिमीहरूले यसो भन्यौ: “होइन, हामी त घोडा चढेर भाग्नेछौँ!”भाग्नु त तिमीहरू पर्ने नै छ।तिमीहरूले भन्यौ: “हामी बेतोडले कुद्ने घोडामा चढ्नेछौँ!”+तर तिमीहरूलाई खेद्नेहरू तिमीहरूभन्दा छिटो हुनेछन्।+
१७ केवल एक जनाले धम्काउँदा तिमीहरूका हजार जना थरथर काँप्नेछन्।+केवल पाँच जनाको धम्की सुनेर तिमीहरू भाग्नेछौर अन्तमा जो-जो बाँकी हुनेछौ, तिमीहरू पहाडको टुप्पोमा ठिङ्ग उभिएको खाँबोझैँ हुनेछौ;डाँडामा ठड्याइएको झन्डाझैँ हुनेछौ।+
१८ तर यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ।+उहाँ तिमीहरूलाई कृपा गर्न उठ्नुहुनेछ।+किनकि यहोवा न्यायी परमेश्वर हुनुहुन्छ।+आनन्दित हुन् ती सबै, जसले उहाँमा आशा राख्छन्।*+
१९ जब मानिसहरू सियोनमा, यरुसलेममा बस्नेछन्,+ तब तिमी कदापि रुनेछैनौ।+ तिमीले मदतको लागि उहाँलाई पुकार्दा उहाँले तिमीलाई पक्कै दया देखाउनुहुनेछ। तिम्रो बिन्ती सुन्नेबित्तिकै उहाँले त्यसको जवाफ दिनुहुनेछ।+
२० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान् शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान् शिक्षकलाई+ देख्नेछौ।
२१ बाटो बिराएर तिमी दाहिने अथवा देब्रे लाग्यौ भने पछिल्तिरबाट यस्तो आवाज आएको सुन्नेछौ,+ “बाटो यही हो।+ यसैमा हिँड।”
२२ कुँदिएका मूर्तिहरूमा मोहोरिएको चाँदी र धातुका* मूर्तिहरूमा मोहोरिएको सुनलाई तिमीले अशुद्ध ठान्नेछौ।+ तिमीले त्यसलाई महिनावारीको कपडालाई जस्तै मिल्काइदिनेछौ अनि यसो भन्नेछौ, “पर जा!”*+
२३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+
२४ अनि खेत जोत्ने गाईवस्तु र गधाहरूले साबेल र काँटाले बत्ताइएको उत्तम कुँडो खानेछन्।
२५ त्यो दिन जब धरहराहरू ढल्नेछन् र भयङ्कर मारकाट मच्चिनेछ, तब हरेक अग्लो पर्वत र हरेक अग्लो डाँडामा खोलाहरू र नहरहरू बग्नेछन्।+
२६ त्यस दिन जब यहोवाले आफ्ना मानिसहरूको घाउमा पट्टी बाँध्नुहुनेछ+ र आफ्नो प्रहारले पुऱ्याएको गहिरो चोट निको पार्नुहुनेछ,+ तब पूर्णिमाको जून घामजत्तिकै उज्यालो हुनेछ। अनि घामको ज्योति सात गुणा चहकिलो हुनेछ;+ घामले सात दिनबराबरको ज्योति एकै खेपमा दिएझैँ हुनेछ।
२७ हेर! यहोवा* टाढाबाट आउँदै हुनुहुन्छ।उहाँ आफ्नो बल्दो रिस र घना बादलसहित आउँदै हुनुहुन्छ।उहाँका ओठ क्रोधले भरिएका छन्र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छ।+
२८ उहाँको शक्ति उर्लेर आएको खोलाजस्तै छ, जसको पानी गर्दनसम्मै पुग्छ।उहाँले राष्ट्रहरूलाई विनाशको चाल्नीमा हालेर हल्लाउनुहुनेछर जातिजातिका मानिसहरूलाई विनाशतिर लैजान तिनीहरूको चिउँडोमा+ लगाम कस्नुहुनेछ।
२९ तर तिमीले भने गीत गाउनेछौ।तिम्रो गीत चाडको तयारीको रातमा+ गाइने गीतजस्तै हुनेछ।अनि बाँसुरी बजाउँदै*इस्राएलका चट्टान यहोवाको+ डाँडामा उक्लिरहेको मानिसको जस्तैतिम्रो हृदय हर्षले गद्गद हुनेछ।
३० यहोवाले आफ्नो जोडदार आवाज+ सुनाउनुहुनेछ।उहाँले आफ्नो भयङ्कर क्रोधमा+भस्म गर्ने आगोको ज्वाला,+ मुसलधारे पानी,+ आँधीबेहरी र असिना+ पठाएरआफ्नो पाखुराको+ बल प्रकट गर्नुहुनेछ।
३१ किनकि यहोवाको आवाज सुनेर अस्सेरिया डरले थरथर काँप्नेछ।+उहाँले त्यसलाई लौरोले हिर्काउनुहुनेछ।+
३२ यहोवाले युद्धमा आफ्नो हात अस्सेरियामाथि उठाउनुहुँदा,+त्यसलाई सजाय दिने छडीले हिर्काउनुहुँदाउहाँको प्रत्येक प्रहारमाखैँजडी र वीणा बज्नेछ।+
३३ उहाँले त्यसको विनाश गर्न ठाउँ*+ तयार पारिसक्नुभएको छ।राजाको लागि पनि त्यो ठाउँ तयार भइसकेको छ।+उहाँले दाउरा राख्ने ठाउँ गहिरो र चौडा बनाउनुभएको छअनि दनदनी आगो बाल्न उहाँले त्यहाँ प्रशस्तै दाउरा राख्नुभएको छ।गन्धकको खोलासरी यहोवाको सासलेत्यहाँ आगो लगाउनेछ।
फुटनोटहरू
^ शा., “मद्यभेटी चढाउँछन्।” यसले सम्झौता गर्नुलाई जनाएको हुनुपर्छ।
^ शा., “फारोको गढमा।”
^ वा “निर्देशन।”
^ वा सम्भवतः “कुवाबाट।”
^ वा “उहाँलाई व्यग्रतासाथ पर्खन्छन्।”
^ वा “धातु पगालेर बनाइएका।”
^ वा सम्भवतः “अनि घिनलाग्दो चिज भन्नेछौ।”
^ शा., “यहोवाको नाम।”
^ वा “बाँसुरीको धुनमा।”
^ शा., “तोफेथ।”