यसैया ४४:१-२८

  • परमेश्‍वरले रोज्नुभएका मानिसहरूले पाउने आशिष्‌ (१-५)

  • यहोवाबाहेक अरू कुनै ईश्‍वर छैन (६-८)

  • मानिसले बनाएका मूर्तिहरू व्यर्थ (९-२०)

  • इस्राएललाई मोल तिरेर छुटाउनुहुने यहोवा (२१-२३)

  • कोरेसमार्फत फर्काउने (२४-२८)

४४  “हे मेरो सेवक याकुब, सुन!हे मैले रोजेको इस्राएल, सुन!+  २  तिमीलाई सृष्टि गर्नुहुने, तिमीलाई बनाउनुहुने,+तिमीलाई गर्भमै रच्नुहुनेयहोवा यसो भन्‍नुहुन्छ:‘हे मेरो सेवक याकुब,मैले रोजेको यसुरुन,*+ तिमी नडराऊ!+  ३  तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+सुक्खा भूमिमा म खोला बगाउनेछु।तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्‍ति खन्याउनेछु,+तिम्रा सन्तानलाई म आशिष्‌ दिनेछु।  ४  तिनीहरू हरिया घाँसजस्तै लहलहाउनेछन्‌,+खोलाको किनारमा भएको चिनारको रूखझैँ* हलक्क बढ्‌नेछन्‌।  ५  एक जनाले भन्‍नेछ; “म यहोवाको हुँ।”+अर्कोले आफ्नो नाम याकुब राख्नेछ,अर्कोले आफ्नो हातमा यस्तो लेख्नेछ: “म यहोवाको हुँ।”उसले आफ्नो नाम इस्राएल राख्नेछ।’  ६  इस्राएलका राजा यहोवा,+इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्‍नुहुन्छ:‘म नै पहिलो र म नै अन्तिम हुँ!+मबाहेक अरू कुनै ईश्‍वर छैन।+  ७  मजस्तो अरू को छ?+कोही छ भने बोलोस्‌, मेरो सामु आएर प्रमाण पेस गरोस्‌।+मैले आफ्ना मानिसहरूलाई रोजेको समयदेखि जे गरेँ, तिनीहरूले ती सबै गरेर देखाऊन्‌।तिनीहरूले अहिले हुने कुराहरूअनि पछि हुने कुराहरू बताऊन्‌।  ८  तिमीहरू त्रसित नहोओर डरले मूर्च्छा नपर।+मैले तिमीहरू सबैलाई पहिला नै बताइसकेको थिइनँ र?तिमीहरू मेरा साक्षी हौ।+मबाहेक अरू कुनै ईश्‍वर छ र?हो, मजस्तो चट्टान अरू कोही छैन,+ म अरू कसैलाई चिन्दिनँ।’”  ९  मूर्ति बनाउनेहरू सबै बेकारका हुन्‌;तिनीहरूले सम्मान गर्ने मूर्तिहरू पनि व्यर्थ हुन्‌।+तिनीहरूका* साक्षीहरू पनि तिनीहरूजस्तै अन्धा र अबुझ छन्‌;+त्यसैले तिनीहरूलाई बनाउनेहरू लाजमा पर्नेछन्‌।+ १०  आफूले बनाएका देवताहरूबाट वा धातुका मूर्तिहरूबाटकसले आशिष्‌ पाएको छ र?+ ११  तिनीहरूलाई साथ दिनेहरू पनि लाजमा पर्नेछन्‌,+मूर्ति बनाउने कालिगडहरू त मानिस मात्र हुन्‌।तिनीहरू सबै एकसाथ खडा होऊन्‌;तिनीहरू सबै डरले काँप्नेछन्‌ र लाजमा पर्नेछन्‌। १२  कालिगडले फलामलाई आफ्नो औजारले समात्छ र कोइलाको भुङ्‌ग्रोमा राख्छ।उसले आफ्नो पाखुराको बलले घन चलाउँछर फलामलाई आकार दिन्छ।+काम गर्दा गर्दै ऊ भोकाउँछ अनि ऊसित बल नै रहँदैन;ऊ पानीधरि पिउँदैन र थाकेर लखतरान हुन्छ। १३  सिकर्मीले काठलाई डोरीले नाप्छ र रातो खरीले चिन्ह लगाउँछ।उसले काठमा रन्दा लगाउँछ र पर्कालले* नाप्छ,त्यसपछि उसले काठलाई मानिसको आकार दिन्छ।+अनि मन्दिरमा राख्नको लागिउसले त्यसलाई मानिसजस्तै सुन्दर बनाउँछ।+ १४  देवदारको रूख काट्‌ने मानिसलेएउटा खास किसिमको रूख, फलाँटको रूख छान्छ;उसले त्यसको हेरचाह गर्छ र जङ्‌गलमा त्यसलाई बढ्‌न दिन्छ।+उसले तेजपातको जस्तै रूख पनि रोप्छ र पानी परेपछि त्यो हलक्क बढ्‌छ। १५  त्यसपछि उसले त्यो रूख काटेर दाउरा चिर्छ;उसले त्यो दाउरा बाल्छ र आगो ताप्छ;त्यसको आगोमा उसले रोटी पकाउँछ।अनि त्यस रूखबाटै उसले एउटा देवता पनि बनाउँछ र त्यसको पूजा गर्छ;उसले खोपेर मूर्ति बनाउँछ र त्यसलाई ढोग्छ।+ १६  आधाउधी रूखलाई उसले दाउरा बनाएर बाल्छ;त्यही आगोमा उसले मासु पोलेर अघाउन्जेल खान्छ।अनि त्यही आगो ताप्दै ऊ यसो भन्छ:“आहा! कस्तो न्यानो भयो!” १७  अनि बाँकी रहेको काठबाट उसले एउटा देवता बनाउँछ, खोपेको मूर्ति;ऊ त्यस मूर्तिलाई पूजा गर्छ र त्यसलाई ढोग्छ।अनि त्यस मूर्तिलाई प्रार्थना गर्दै यसो भन्छ:“हे ईश्‍वर! मलाई बचाउनुहोस्‌!”+ १८  ती मूर्ति बनाउनेहरू केही जान्दैनन्‌, तिनीहरू केही बुझ्दैनन्‌+किनभने तिनीहरूका आँखा बन्द भएका छन्‌ र तिनीहरू केही देख्दैनन्‌अनि तिनीहरूमा* समझ नै छैन। १९  तिनीहरू कसैसित यसो भनेर सोच्ने ज्ञान र बुद्धि छैन:“यस रूखको आधाउधी काठ त मैले दाउरा बनाएर बालेँ,यसकै आगोमा मैले रोटी पकाएर खाएँ,यसकै भुङ्‌ग्रोमा मैले मासु पनि पोलेर खाएँ;अब बाँकी रहेको काठबाट के म यस्तो घिनलाग्दो कुरा बनाऊँ?+जाबो एउटा काठको टुक्रोलाई म पूजा गरूँ?” २०  त्यो मानिस त खरानीले पेट भर्ने मानिसजस्तै हो,उसको छली मनले उसलाई धोका दिएको छ।उसले आफैलाई बचाउन सक्दैन; ऊ यसो पनि भन्दैन:“मेरो हातमा मैले व्यर्थको मूर्ति बोकिरहेको छु।” २१  “हे मेरो सेवक याकुब!हे इस्राएल! तिमीचाहिँ मेरा यी कुराहरू नबिर्स।मैले तिमीलाई बनाएको हुँ, तिमी मेरो सेवक हौ।+हे इस्राएल! म तिमीलाई बिर्सनेछैनँ।+ २२  तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+ २३  हे आकाश! खुसीले कराऊ!किनभने यहोवा अघि बढिसक्नुभएको छ!हे धर्तीको गहिराइ! जयजयकार गर!हे पर्वतहरू हो! खुसीले कराओ!+हे जङ्‌गल र रूखहरू हो! रमाओ!किनभने यहोवाले याकुबलाई मोल तिरेर छुटाउनुभएको छ।अनि इस्राएलमा उहाँले आफ्नो महिमा प्रकट गर्नुभएको छ।”+ २४  तिमीलाई गर्भमै रच्नुहुने,तिमीलाई मोल तिरेर छुटाउनुहुने यहोवा भन्‍नुहुन्छ:+“म यहोवा हुँ, मैले सबै थोक बनाएँ।मैले आकाशलाई फिँजाएँ,+मैले नै धर्तीलाई फैलाएँ।+त्यतिबेला मसँग को थियो र? २५  झूटा भविष्यवाणी गर्नेहरूको कुरा म झूटो साबित गरिदिनेछु।जोखना हेर्नेहरूलाई म मूर्ख ठहराउनेछु;+बुद्धिमान्‌ भनाउँदाहरूलाई अलमलमा पारिदिनेछुर तिनीहरूको ज्ञानलाई मूर्खतामा बदल्नेछु।+ २६  मेरा सेवकहरूले गरेका भविष्यवाणी म पूरा गर्नेछुअनि मेरा दूतहरूले भनेका कुरा सही साबित गर्नेछु।+यरुसलेमबारे म यसो भन्छु, ‘त्यो सहर फेरि बसालिनेछ।’+यहुदाका सहरहरूबारे म भन्छु, ‘ती फेरि बनाइनेछन्‌।+ध्वस्त भएका त्यसका ठाउँहरूलाई म फेरि बनाउनेछु।’+ २७  गहिरा पानीलाई म भन्छु, ‘सुकिजा!तेरा सबै नदीलाई म सुकाउनेछु।’+ २८  कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+

फुटनोटहरू

यसको अर्थ हो, “सोझो मानिस।” इस्राएललाई दिइएको उपाधि।
लहरे पिपलजस्तै एक प्रकारको रूख।
यसले मूर्तिहरूलाई जनाउँछ।
काठमा गोलो वा अन्य किसिमको रेखा खिच्न प्रयोग गरिने साधन।
शा., “तिनीहरूको मनमा।”