हितोपदेश ११:१-३१

  • जो नम्र छ, ऊ बुद्धिमान्‌ हुन्छ ()

  • भक्‍तिहीन मानिसले अरूलाई बरबाद पार्छ ()

  • “धेरै जनासँग सल्लाह लिँदा सफलता मिल्छ” (१४)

  • मन खोलेर दिने मानिसको उन्‍नति हुन्छ (२५)

  • धनसम्पत्तिमा भरोसा राख्ने मानिसको पतन हुन्छ (२८)

११  गलत* तराजुलाई यहोवा घृणा गर्नुहुन्छ तर सही नापतौलदेखि* उहाँ खुसी हुनुहुन्छ।+  २  जब अहङ्‌कार आउँछ, तब अपमान पनि आउँछ+ तर जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान्‌ हुन्छ।+  ३  सोझो मानिसको इमानदारीले उसलाई सही बाटोतर्फ डोऱ्‍याउँछ+ तर छली मानिसको छलकपटले उसको विनाश गर्छ।+  ४  क्रोधको दिनमा धनसम्पत्तिले बचाउनेछैन+ तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउनेछ।+  ५  निर्दोष मानिसको धार्मिकताले उसको बाटो सीधा बनाउँछ तर दुष्ट मानिस आफ्नै दुष्टताले नाश हुन्छ।+  ६  सोझो मानिसको धार्मिकताले उसलाई बचाउँछ+ तर कुटिल मानिस आफ्नै लोभको पासोमा पर्छ।+  ७  दुष्ट मानिस मर्दा उसको आशा नामेट हुन्छ, उसले आफ्नो शक्‍तिमा राखेको भरोसा पनि बेकार हुन्छ।+  ८  धर्मी मानिस समस्याबाट उम्किन्छ तर त्यही समस्यामा दुष्ट मानिस फस्छ।+  ९  भक्‍तिहीन* मानिसको बोलीले छिमेकीलाई बरबाद पार्छ तर धर्मी मानिसलाई उसको ज्ञानले बचाउँछ।+ १०  धर्मी मानिसको राम्रो कामले सहरमा खुसीयाली छाउँछ अनि दुष्ट मानिस मर्दा रमाहटको आवाज गुन्जिन्छ।+ ११  सोझो मानिसले आशिष्‌ पाउँदा* सहरको सान बढ्‌छ+ तर दुष्टको बोलीले सहरलाई बरबाद पार्छ।+ १२  मूर्ख* मानिसले आफ्नो छिमेकीको खिल्ली उडाउँछ तर समझदार मानिस चुप लागेर बस्छ।+ १३  निन्दा गर्ने मानिसले अरूको गोप्य कुरा सुनाउँदै हिँड्‌छ+ तर विश्‍वासिलो मानिसले अरूको गोप्य कुरा प्रकट गर्दैन।* १४  सही निर्देशन* नपाउँदा मानिसहरूले दुःख पाउँछन्‌ तर धेरै जनासँग सल्लाह लिँदा सफलता* मिल्छ।+ १५  अपरिचित मानिसले ऋण लिँदा जमानी* बस्ने मानिस समस्यामा फस्छ+ तर हात मिलाउन* इन्कार* गर्ने मानिस सुरक्षित हुन्छ। १६  शीलस्वभावकी* स्त्रीले आदर कमाउँछिन्‌+ तर दयामाया नभएको पुरुषले धनसम्पत्ति लुट्‌छ। १७  दयालु हुँदा* आफ्नै भलो हुन्छ+ तर निर्दयी हुँदा आफैमाथि सङ्‌कट* आइपर्छ।+ १८  दुष्ट मानिसले कमाएको धन टिक्दैन+ तर धार्मिकता रोप्नेले पक्कै इनाम पाउँछ।+ १९  धार्मिकताको पक्षमा दृढ भई खडा हुने मानिसले जीवन पाउँछ+ तर दुष्ट कामको पछि लागिरहनेले जीवन गुमाउँछ। २०  टेढो मन भएको मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+ तर जसको चाल निर्दोष छ, उसलाई उहाँ मन पराउनुहुन्छ।+ २१  यो कुरा निश्‍चित छ: दुष्ट मानिस सजायबाट उम्कन पाउनेछैन+ तर धर्मी मानिसका सन्तानलाई कुनै हानि हुनेछैन। २२  कुनै स्त्री सुन्दरी भए पनि ऊसँग सुझबुझ छैन भने ऊ सुङ्‌गुरको थुतुनोमा लगाइदिएको सुनको बुलाकीजस्तै हुन्छे। २३  धर्मी मानिसको असल चाहनाले असलै परिणाम ल्याउँछ+ तर दुष्ट मानिसको खराब चाहनाले परमेश्‍वरको क्रोध निम्त्याउँछ। २४  जसले मन खोलेर दिन्छ,* उसले अझ धेरै पाउँछ+ तर जसले दिनुपर्ने कुरा पनि दिँदैन, ऊ कङ्‌गाल हुन्छ।+ २५  मन खोलेर दिने मानिसको उन्‍नति हुन्छ+ अनि जसले अरूलाई स्फूर्ति दिन्छ,* ऊ आफैले पनि स्फूर्ति पाउँछ।+ २६  अन्‍न नबेची लुकाएर राख्नेलाई मानिसहरूले सराप्छन्‌ तर जसले आफ्नो अन्‍न बेच्छ, उसले आशिष्‌ पाउँछ। २७  जो भलो गर्न कोसिस गरिरहन्छ, उसले प्रशंसा पाउँछ+ तर जो कुभलो गर्न ढुकिबस्छ, उसैमाथि खराबी आइपर्छ।+ २८  धनसम्पत्तिमा भरोसा राख्ने मानिसको पतन हुन्छ+ तर धर्मी मानिसको फलिफाप हुन्छ।*+ २९  जसले आफ्नो परिवारमा दुःख ल्याउँछ, उसले केही पाउँदैन*+ अनि मूर्खचाहिँ बुद्धिमान्‌ मानिसको चाकर हुन्छ। ३०  धर्मी मानिसको फल जीवनको रूख हो+ अनि अरूको मन जित्ने मानिस बुद्धिमान्‌ हो।+ ३१  धर्मी मानिसले त आफ्नो कामको इनाम पाउँछ भने दुष्ट र पापीले झन्‌ कति धेरै सजाय पाउलान्‌!+

फुटनोटहरू

वा “छली।”
वा “ढकदेखि।”
वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।
वा “सोझो मानिसले आशिष्‌ दिँदा।”
वा “सुझबुझ नभएको।”
शा., “गोप्य कुरा लुकाइराख्छ।”
वा “बुद्धिमानी डोऱ्‍याइ।”
वा “उद्धार।”
वा “ग्यारेन्टी।”
हात मिलाउनुले वाचा बाँध्नुलाई जनाउँछ।
शा., “घृणा।”
वा “आकर्षक।”
वा “अटल प्रेम देखाउँदा।”
वा “अपमान।”
शा., “छर्छ।”
शा., “प्रशस्त पानी हाल्छ।”
शा., “धर्मी मानिस हरिया पातहरूजस्तै लहलह हुन्छ।”
शा., “उसले हावा मात्र पाउँछ।”