सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसजातिका समस्याहरू चाँडै अन्त हुनेछ!

मानिसजातिका समस्याहरू चाँडै अन्त हुनेछ!

मानिसजातिका समस्याहरू चाँडै अन्त हुनेछ!

“परोपकारी कार्यहरूमा युद्धका मूल कारणहरूलाई हटाउने बृहत्‌ योजना तथा राजनैतिक समर्थन छैन भने यसको केही महत्त्व नै रहँदैन। पूर्णतया राजनैतिक समस्याहरूलाई परोपकारी कार्यहरूले मात्र रोक्न सक्दैन भनेर बारम्बार अनुभवहरूले देखाइरहेका छन्‌।”—द स्टेट अफ द वल्ड्‌र्स रेफ्युजिज २०००.

ठूलठूला परोपकारी कार्यहरूका बावजूद मानवजातिका समस्याहरू अनियन्त्रित ढंगमा वृद्धि भइरहेका छन्‌। राजनैतिक तवरमा समस्याहरूको स्थायी समाधान हुनसक्ने केही सम्भावना छ? साँच्चै भन्‍ने हो भने, अत्यन्तै न्यून छ। उसोभए, त्यसको समाधान हामी कहाँ खोज्न सक्छौं त? प्रेरित पावलले एफिससका मसीहीहरूलाई लेखेको पत्रको सुरुका केही उल्लेखनीय अंशहरूमा परमेश्‍वरले मानवजातिका सम्पूर्ण समस्याहरूलाई कसरी हटाउनुहुनेछ भनेर वर्णन गरिएको छ। परमेश्‍वरले त्यसो गर्न कुनचाहिं माध्यमलाई चलाउनुहुनेछ भनेर पनि तिनी बताउँछन्‌। त्यो माध्यमले आज हामीले भोगिरहनु परेको समस्याहरूका मूल कारणहरूलाई निर्मूल पार्नेछ। आउनुहोस्‌, हामी पावलले भन्‍न चाहेको कुराबारे एकछिन छलफल गरौं। त्यो विवरण एफिसी १:३-१० मा पाइन्छ।

“सबै कुरा ख्रीष्टमा गाभ्नालाई”

परमेश्‍वरको उद्देश्‍य “समयको पूर्णताको प्रबन्धकोवा व्यवस्थापनको] निम्ति” हो भनेर प्रेरित पावल बताउँछन्‌। यसको अर्थ के हो? यसको अर्थ परमेश्‍वरले “चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्न” एउटा समय छुट्याउनुभएको छ। (एफिसी १:१०) हो, परमेश्‍वरले स्वर्ग र पृथ्वीमा भएका हरेक कुराहरूलाई आफ्नो अधीनमा राख्ने एउटा प्रबन्धको सुरुआत गर्नुभएको छ। चाखलाग्दो कुरा, यहाँ “सबै कुरा गाभ्न” भनेर चलाइएको पदावलीबारे बाइबलविद्‌ जे. एच थेअर यस्तो टिप्पणी गर्छन्‌: “सम्पूर्ण कुरा तथा प्राणीहरूलाई (अहिलेसम्म पापको कारण विभाजित भएकाहरू) फेरि ख्रीष्टमा गाभ्नु भनेको . . . ख्रीष्टको एकतामा ल्याउनु हो।”

सुरुमा विभाजन भएको कुरालाई मनमा राख्दै परमेश्‍वरले त्यसो गर्नुपरेको हो। मानव इतिहासको सुरुमा हाम्रा प्रथम मातापिता आदम र हव्वाले परमेश्‍वरको विद्रोह गर्न शैतान अर्थात्‌ दियाबललाई साथ दिए। तिनीहरू आफ्नो लागि असल र खराबको निर्णय गर्ने अधिकार लिएर परमेश्‍वरबाट स्वतन्त्र हुन चाहन्थे। (उत्पत्ति ३:१-५) ईश्‍वरीय न्यायअनुरूप तिनीहरूलाई परमेश्‍वरको परिवारबाट बहिष्कार गरियो र तिनीहरूले उहाँसितको सम्बन्ध पनि गुमाए। अहिले हामीले भोग्नुपरेको नराम्रा परिस्थितिहरू र असिद्धतातर्फ तिनीहरूले मानिसजातिलाई धकेलिदिए।—रोमी ५:१२.

केही समय दुष्टता रहिरहन अनुमति दिइएको

‘परमेश्‍वरले तिनीहरूलाई किन त्यसो गर्न दिनुभयो?’ भनेर कसै-कसैले सोध्लान्‌। ‘हामीले अहिले भोगिरहेका दुःखकष्टहरूलाई हटाउन र उहाँको इच्छा पूरा गराउन आफ्नो असीम शक्‍ति प्रयोग गर्न सक्नुहुन्‍नथ्यो र?’ त्यस्तो सोचाइ आउनु स्वाभाविकै हो। तर त्यस्तो शक्‍तिको प्रयोग गर्दा वास्तवमा के कुरा प्रमाणित हुन्छ? के तपाईं अलिकति मतभिन्‍नता हुनेबित्तिकै आफूसँग शक्‍ति छ भन्दै सबै विरोधीहरूलाई खत्तम गर्ने व्यक्‍तिको प्रशंसा वा समर्थन गर्नुहुन्छ? पक्कै गर्नुहुन्‍न।

ती विद्रोहीहरूले वास्तवमा परमेश्‍वरको सार्वभौम शक्‍तिलाई चुनौती दिएका थिएनन्‌। तिनीहरूले त उहाँको शासन गर्ने अख्तियार र उहाँको शासन गर्ने तरिका कत्तिको उचित छ भन्‍ने कुरामा चुनौती दिएका थिए। त्यहाँ खडा भएका खास विवादहरूलाई सदाका लागि सुल्झाउन यहोवाले केही समयको लागि आफ्ना सृष्टिहरूलाई कुनै प्रत्यक्ष हस्तक्षेपविना आफ्नो कामकुरा आफै गर्न दिनुभएको छ। (उपदेशक ३:१; लूका २१:२४) त्यो समय सिद्धिएपछि संसारमा फेरि एकपल्ट पूर्णतया अधिकार जमाउन उहाँले हस्तक्षेप गर्नुहुनेछ। त्यतिन्जेल पृथ्वीका बासिन्दाहरूका लागि अनन्त शान्ति, आनन्द र सम्पन्‍नता ल्याउने एक मात्र तरिका उहाँको शासननै हो भनेर स्पष्ट भइसकेको हुनेछ। त्यसपछि संसारका सबै शोषणकारीहरूलाई सदाका लागि हटाइनेछ।—भजन ७२:१२-१४; दानियल २:४४.

“संसारको उत्पत्तिभन्दा अघिबाटै”

यहोवाले त्यसो गर्ने उद्देश्‍य धेरैअघिदेखि नै बनाउनुभएको थियो। पावल “संसारको उत्पत्तिभन्दा अघिबाटै” भनेर उल्लेख गर्छन्‌। (एफिसी १:४) त्यो पृथ्वी वा आदम र हव्वाको सृष्टिअघिको कुरा थिएन। त्यतिबेला संसार “साह्रै राम्रो” थियो र त्यहाँ विद्रोह भएको थिएन। (उत्पत्ति १:३१) उसोभए, प्रेरित पावलले कुनचाहिं “संसार[बारे]” कुरा गर्दैथिए? त्यो थियो छुडौतीको आशा पाएको आदम र हव्वाका सन्तानहरूको पापी अनि असिद्ध संसार। कुनै पनि सन्तान जन्मनुअघि नै आदमका उद्धार गर्न योग्य सन्तानहरूलाई उद्धार प्रदान गर्न के गर्नुपर्छ भनी यहोवाले थाह पाइसक्नुभएको थियो।—रोमी ८:२०.

यसले यस ब्रह्‍माण्डका सार्वभौमसत्ताधारी परमेश्‍वरले पनि कामकुराहरूलाई मानिसहरूले जस्तै सञ्चालन गर्नुपर्छ भनेर देखाउँदैन। कुनै संकट आइपर्न सक्छ भनेर मानिसहरू त्यस्ता परिस्थितिहरूको सामना गर्न विभिन्‍न विस्तृत योजनाहरू बनाउँछन्‌। तर सर्वशक्‍तिमान परमेश्‍वरले आफ्नो योजना बनाउनुहुन्छ र त्यसलाई पूरा गर्नुहुन्छ। यद्यपि, परमेश्‍वरले मानिसजातिलाई अनन्त उद्धार प्रदान गर्न के कस्ता कामहरू गर्ने हो भनेर निर्णय गर्नुभयो भनी पावल बताउँछन्‌। उहाँले के कस्ता कामहरू गर्नुभयो?

कसले उद्धार गर्नेछ?

आदमको पापले कारण भएका हानिहरू हटाउन मसीहका आत्मा-अभिषिक्‍त चेलाहरूले विशेष भूमिका निर्वाह गर्नेछन्‌ भनेर पावल बताउँछन्‌। यहोवाले स्वर्गीय राज्यमा येशूसित शासन गर्न “ख्रीष्टसित एकताबद्ध पार्न हामीलाई,” NW] चुन्‍नुभयो” भनी पावल बताउँछन्‌। यसबारे अझ थप कुरा बताउँदै यहोवाले “ख्रीष्ट येशूद्वारा धर्मपुत्र हुनालाई उहाँले हामीलाई अघिबाटै नियुक्‍त गर्नुभयो” भनेर पावल भन्छन्‌। (एफिसी १:४, ५) हो, यहोवाले तिनीहरू एक्ला एक्लैलाई छान्‍ने वा नियुक्‍त गर्ने गर्नुभएन। तथापि, उहाँले विश्‍वासी अनि भक्‍त मानिसहरूको समूहलाई नियुक्‍त गर्नुभयो र तिनीहरूले शैतान अर्थात्‌ दियाबलका साथै आदम र हव्वाले मानव परिवारमाथि ल्याएका हानिनोक्सानीहरूलाई हटाउने काममा ख्रीष्टलाई सघाउनेछन्‌।—लूका १२:३२; हिब्रू २:१४-१८.

कस्तो अद्‌भुत कुरा! परमेश्‍वरको सार्वभौमिकता विरुद्ध शैतानले सुरुमा गरेको चुनौतीमा परमेश्‍वरको मानव सृष्टि त्रुटिपूर्ण छ र त्यसले गर्दा तिनीहरूलाई दबाउ वा प्रलोभन दिइयो भने सबैले परमेश्‍वरको शासनको विरुद्ध विद्रोह गर्नेछन्‌ भनेको थियो। (अय्यूब १:७-१२; २:२-५) समयको अन्तरालमा यहोवा परमेश्‍वरले असीम “अनुग्रहको महिमा” देखाउनुभएर आदमका पापी परिवारबाटै आफ्ना आत्मिक पुत्रहरू बनाउन कसै-कसैलाई चुनेर आफ्नो पार्थिव सृष्टिप्रति उहाँले भरोसा गर्नुभयो। यस सानो समूहका मानिसहरू स्वर्गमा सेवा गर्न लगिनेछन्‌। कुन उद्देश्‍यका लागि?—एफिसी १:३-६; यूहन्‍ना १४:२, ३; १ थिस्सलोनिकी ४:१५-१७; १ पत्रुस १:३, ४.

परमेश्‍वरका यी धर्मपुत्रहरू स्वर्गीय राज्यमा “ख्रीष्टसँग साझे-हकवाला” हुनेछन्‌ भनेर प्रेरित पावल भन्छन्‌। (रोमी ८:१४-१७) राजा तथा पूजाहारीहरूको हैसियतमा तिनीहरूले अहिले भोग्नु परिरहेको मानव परिवारका दुःखकष्टहरूलाई हटाउने कार्यमा भाग लिनेछन्‌। (प्रकाश ५:१०) साँच्चै, “सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।” यद्यपि, चाँडै नै परमेश्‍वरले छान्‍नुभएका यी विशेष पुत्रहरूले येशू ख्रीष्टले गर्नुहुने काममा सघाउनेछन्‌ र सबै आज्ञाकारी मानिसहरूले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा . . . विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:१८-२२.

“उहाँको रगतबाट उद्धार”

यस संसारका क्षमा पाउन योग्य मानिसजातिप्रति परमेश्‍वरको असीम अनुग्रहको हृदयग्राही अनि विशिष्ट अभिव्यक्‍ति येशू ख्रीष्टको छुडौतीको बलिदानमार्फत मात्र यी सबै कुरा सम्भव भएको हो। पावल लेख्छन्‌: “जसमा हामीलाई उहाँको रगतबाट उद्धार, अर्थात्‌ उहाँको अनुग्रहको धनअनुसार अपराधहरूको क्षमा हुन्छ।”एफिसी १:७.

परमेश्‍वरको उद्देश्‍य सम्पन्‍न गर्नेमा येशू ख्रीष्टको प्रमुख भूमिका रहेको छ। (हिब्रू २:१०) उहाँको छुडौतीको बलिदानले गर्दा यहोवाले आदमका केही सन्तानहरूलाई आफ्नो स्वर्गीय परिवारमा सामेल गर्न र आफ्नो व्यवस्था तथा सिद्धान्तहरूलाई बेवास्ता नगरी मानिसजातिलाई आदमको पापद्वारा आइपरेको दुःखकष्टहरूबाट जोगाउन कानूनी आधार उपलब्ध गरायो। (मत्ती २०:२८; १ तिमोथी २:६) यहोवाले कामकुराहरू गर्नुहुँदा आफ्नो धार्मिकतालाई कायमै राखेर सिद्ध न्याय गर्न आवश्‍यक पर्ने जम्मै आवश्‍यकताहरू पूरा गर्नुभएको छ।—रोमी ३:२२-२६.

परमेश्‍वरको “रहस्य”

परमेश्‍वरले पृथ्वीको लागि आफ्नो उद्देश्‍य कसरी पूरा गर्नुहुनेछ भनेर हजारौं वर्षसम्म खास केही पनि प्रकट गर्नुभएन। सा.यु. प्रथम शताब्दीमा उहाँले “[ मसीहीहरूलाई ] उहाँकै इच्छाको रहस्य जान्‍नदिनुभयो।]” (एफिसी १:९) पावल तथा तिनका सह-अभिषिक्‍त मसीहीहरूले परमेश्‍वरको उद्देश्‍य पूरा गर्नुमा येशू ख्रीष्टले निभाउनु हुने भूमिकाबारे स्पष्टसित बुझे। तिनीहरूले स्वर्गीय राज्यमा येशू ख्रीष्टसित सहशासक हुन पाउने आफ्नो विशेष भूमिकाबारे पनि बुझ्न थाले। (एफिसी ३:५, ६, ८-११) हो, येशू ख्रीष्ट र उहाँको सहशासकहरूको हातमा रहेको राज्य सरकार परमेश्‍वरले स्वर्गमा मात्र नभई पृथ्वीमा समेत ल्याउनुहुने अनन्त शान्तिको माध्यम हो। (मत्ती ६:९, १०) त्यसमार्फत यस पृथ्वीको लागि परमेश्‍वरले सुरुमा राख्नुभएको उद्देश्‍य पूरा गर्नुहुनेछ।—यशैया ४५:१८; यशैया ६५:२१-२३; प्रेरित ३:२१.

पृथ्वीबाट सबै शोषण तथा अन्याय हटाउन गरिने प्रत्यक्ष हस्तक्षेपको लागि तोकिएको समय नजिकै छ। तर यहोवाले वास्तवमा पुनर्स्थापन कार्य सा.यु. ३३ पेन्तिकोसको दिनमै थालिसक्नुभएको थियो। कसरी? त्यसबेलादेखि स्वर्गमा ख्रीष्टसित शासन गर्नेहरूलाई जम्मा गर्ने कार्य सुरु गरेर “स्वर्गका[हरूलाई]” बटुल्न थाल्नुभयो। यसमा एफिससका मसीहीहरू पनि समावेश थिए। (एफिसी २:४-७) अहिले हाम्रै समयमा यहोवाले “पृथ्वीकाहरूलाई]” जम्मा गर्ने काम गर्दै हुनुहुन्छ। (एफिसी १:१०) विश्‍वव्यापी प्रचार अभियानमार्फत उहाँले सबै राष्ट्रलाई येशू ख्रीष्टले शासन गर्नुहुने उहाँको राज्य सरकारबारे सुसमाचार थाह दिइरहनुभएको छ। त्यसलाई स्वीकार्नेहरू अहिले पनि आध्यात्मिक सुरक्षा र निवारण पाइने ठाउँमा जम्मा भइरहेका छन्‌। (यूहन्‍ना १०:१६) तिनीहरूले चाँडै नै पृथ्वीको सफा प्रमोदवनमा अन्याय र पीडाबाट पूर्णतया स्वतन्त्र महसुस गर्नेछन्‌।—२ पत्रुस ३:१३; प्रकाश ११:१८.

दुःखमा परेका मानिसहरूलाई मदत गर्ने प्रयासमा परोपकारी कार्यहरूमा “थुप्रै आश्‍चर्यलाग्दा कदमहरू” चालिएका छन्‌। (द स्टेट अफ द वल्ड्‌र्स चिल्ड्रेन २०००) तथापि, सबैभन्दा आश्‍चर्यलाग्दो कदम त ख्रीष्ट येशू तथा उहाँका सहशासकहरूले स्वर्गीय राज्य सरकारमार्फत चाँडै गर्नुहुने हस्तक्षेप नै हुनेछ। उहाँहरूले झगडा तथा हामीलाई व्याकुल पारेका अन्य दुष्ट कारणहरूलाई जरैदेखि नामेट पार्नुहुनेछ। उहाँहरूले मानिसजातिका सम्पूर्ण समस्याहरू अन्त गर्नुहुनेछ।—प्रकाश २१:१-४.

[पृष्ठ ४-मा भएका चित्रहरू]

परोपकारी कार्यहरूले मानवजातिका समस्याहरूको समाधान गरेका छैनन्‌

[पृष्ठ ६-मा भएको चित्र]

ख्रीष्टको छुडौतीको बलिदानले मानिसजातिलाई आदमको पापबाट मुक्‍ति प्रदान गऱ्‍यो

[पृष्ठ ७-मा भएको चित्र]

आज पनि आध्यात्मिक सुरक्षा र निवारण पाउन सम्भव छ

[पृष्ठ ७-मा भएका चित्रहरू]

मसीही राज्यद्वारा चाँडै नै सबै समस्याहरूबाट मुक्‍ति पाइनेछ