यसैया ६५:१-२५

  • मूर्ति पुज्नेहरूलाई यहोवाको न्यायदण्ड (१-१६)

    • सौभाग्य देवता र भविष्य बताउने देवता (११)

    • “मेरा सेवकहरूले खानेछन्‌” (१३)

  • नयाँ आकाश र नयाँ पृथ्वी (१७-२५)

    • तिनीहरूले घर बनाउनेछन्‌; अङ्‌गुर बगान लगाउनेछन्‌ (२१)

    • कसैको परिश्रम खेर जानेछैन (२३)

६५  “जसले मेरो खोजीनिती गरेनन्‌, तिनै मानिसहरूसामु म देखा परेँ।जसले मलाई खोज्दै खोजेनन्‌, तिनै मानिसहरूले मलाई भेट्टाए।+जसले मेरो नामै पुकारेनन्‌, तिनै जातिलाई मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु!’+  २  मैले हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ,+जो खराब बाटोमा हिँडिरहेका छन्‌+र आफ्नै विचारअनुसार चलिरहेका छन्‌।+  ३  तिनीहरू मेरै मुखको सामुन्‍ने बारम्बार मेरै अपमान गर्छन्‌,+तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्‌+ अनि माथिसम्म धुवाँ उठ्‌नेगरि इँटामा बलि चढाउँछन्‌।  ४  तिनीहरू चिहानहरूको वरपर बस्छन्‌+र गुप्त ठाउँहरूमा* रात बिताउँछन्‌अनि सुँगुरको मासु खान्छन्‌+र आफ्ना भाँडामा अशुद्ध कुराले बनेको सुरुवा राख्छन्‌।+  ५  तिनीहरू भन्छन्‌, ‘टाढै बस, मेरो नजिक नआओकिनकि म तिमीहरूभन्दा पवित्र छु।’*तिनीहरू मेरो नाकमा धूँवाजस्ता छन्‌र दिनभरि बलिरहने आगोजस्ता छन्‌।  ६  हेर! मेरै सामने यो कुरा लेखिएको छ;म चुपचाप बस्नेछैनँ;म तिनीहरूलाई तिनीहरूको कामको प्रतिफल दिनेछु;+तिनीहरूले आफ्नो कामको पूरापूर* सजाय पाउनेछन्‌।  ७  तिनीहरूको गल्ती र तिनीहरूका पितापुर्खाको गल्तीको लागि समेत तिनीहरूले सजाय पाउनेछन्‌,”+ यहोवा भन्‍नुहुन्छ।“किनकि तिनीहरूले माथिसम्म धुवाँ उठ्‌नेगरि डाँडाहरूमा बलि चढाएका छन्‌अनि डाँडाहरूमा मेरो बेइज्जत गरेका छन्‌।+त्यसैले सबैभन्दा पहिला तिनीहरूको गल्तीको पूरापूर* ज्याला म तिनीहरूलाई दिनेछु।”  ८  यहोवा यसो भन्‍नुहुन्छ:“जसरी नयाँ रक्सी बनाउन मिल्ने अङ्‌गुरको झुप्पा देख्दा मानिसहरू भन्छन्‌,‘त्यसलाई नष्ट नगर, त्यसमा केही असल कुरा* छ,’त्यसरी नै मेरा सेवकहरूको खातिर म केही गर्नेछु।म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।+  ९  याकुबबाट म सन्तान उत्पन्‍न गर्नेछुअनि मेरा डाँडाहरूको उत्तराधिकारी हुन यहुदाबाट सन्तान उत्पन्‍न गर्नेछु।+मैले चुनेका जनहरूले त्यसमाथि अधिकार गर्नेछन्‌,मेरा सेवकहरू त्यहाँ बस्नेछन्‌।+ १०  सारोनको मैदान+ भेडाहरूको खर्क हुनेछअनि आकोर बेँसी+ वस्तुभाउ विश्राम गर्ने ठाउँ हुनेछ।मेरो खोजी गर्ने मेरा मानिसहरूको खातिर म यी सब गर्नेछु। ११  तर तिमीहरू त यहोवालाई त्याग्नेहरूमध्येका हौ,+जसले मेरो पवित्र डाँडालाई बिर्सेका छन्‌,+जसले सौभाग्य देवताको लागि टेबुल तयार गर्छन्‌अनि भविष्य बताउने देवताको लागि मसला हालिएको रक्सी प्यालामा टक्राउँछन्‌। १२  त्यसैले तिमीहरू तरबारले काटिनेछौ,+तिमीहरू सबै काटिनलाई घोप्टो पर्नेछौ।+किनकि मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ,मैले बोल्दा तिमीहरूले सुनेनौ।+मेरो नजरमा जे खराब छ, तिमीहरूले त्यही गरिरह्‍यौअनि मलाई जे मन पर्दैन, तिमीहरूले त्यही रोज्यौ।”+ १३  त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:“हेर! मेरा सेवकहरूले खानेछन्‌ तर तिमीहरू भने भोकै रहनेछौ।+हेर! मेरा सेवकहरूले पिउनेछन्‌+ तर तिमीहरू भने तिर्खाउनेछौ।हेर! मेरा सेवकहरू रमाउनेछन्‌+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+ १४  हेर! मेरा सेवकहरूको मन खुसी हुनेछ र तिनीहरूले जयजयकार गर्नेछन्‌।तर तिमीहरूको मन भने दुःखले भरिनेछ र तिमीहरू रुनेछौअनि साह्रै निराश भएर तिमीहरू डाँको छोडी-छोडी रुनेछौ। १५  तिमीहरूले यस्तो नाम कमाउनेछौ, जुन नाम मैले चुनेका जनहरूले सराप्न चलाउनेछन्‌।ब्रह्‍माण्डका मालिक यहोवाले तिमीहरू प्रत्येकलाई मृत्युदण्ड दिनुहुनेछतर आफ्ना सेवकहरूलाई भने उहाँले अर्कै नामले बोलाउनुहुनेछ।+ १६  तब पृथ्वीमा आशिष्‌ पाउन चाहने जो कोहीले पनिसत्य* परमेश्‍वरबाट आशिष्‌ पाउनेछर पृथ्वीमा शपथ खाने जो कोहीले पनिसत्य* परमेश्‍वरको नाममा शपथ खानेछ।+किनकि पहिलेका दुःखहरू बिर्सिइनेछन्‌,ती मेरो नजरबाट लुकाइनेछन्‌।+ १७  किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌;ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+ १८  त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्‍नेछअनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्‌।+ १९  तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+ २०  “त्यहाँ फेरि कुनै पनि शिशु थोरै दिन मात्र बाँचेर मरिहाल्नेछैन,वृद्ध मानिस पनि आफ्नो पूरा उमेरसम्म जिउनेछ।सय वर्षसम्म बाँचेर मर्ने मानिसलाई समेत जवानै ठानिनेछतर पापी मानिस भने सय वर्ष बाँचे पनि ऊ श्रापितै भएर मर्नेछ।* २१  तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌।+तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।+ २२  तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌। २३  तिनीहरूको परिश्रम खेर जानेछैन;+तिनीहरूका छोराछोरी दुःख पाउनलाई जन्मिनेछैनन्‌।किनकि तिनीहरू र तिनीहरूका छोराछोरी सबैयहोवाले आशिष्‌ दिनुभएका जाति हुन्‌।+ २४  तिनीहरूले पुकार्नुअघि नै म जवाफ दिनेछु।तिनीहरूले बोल्न नसिद्धिँदै म तिनीहरूको कुरा सुन्‍नेछु। २५  ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्‌,सिंहले गोरुले जस्तै पराल खानेछ,+सर्पको आहारा धुलो हुनेछ।तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्‍याउने कुनै काम गर्नेछैनन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

फुटनोटहरू

वा सम्भवत: “पहरा गर्न बसिने झुपडीहरूमा।”
वा सम्भवत: “मेरो पवित्रता तिमीहरूलाई सर्ला।”
शा., “छातीभरि।”
शा., “छातीभरि।”
शा., “आशिष्‌।”
वा “वफादार।” शा., “आमिन।”
वा “वफादार।” शा., “आमिन।”
वा सम्भवत: “सय वर्ष नपुगी मर्ने मानिसलाई श्रापित मानिस ठानिनेछ।”