एफिसी ३:१-२१

  • पवित्र रहस्यमा अन्यजातिहरू पनि समावेश हुने (१-१३)

    • अन्यजातिहरू ख्रिष्टका सङ्‌गी उत्तराधिकारी ()

    • परमेश्‍वरले युगौँअघि रच्नुभएको उद्देश्‍य (११)

  • एफिसीहरूले अन्तर्दृष्टि पाऊन्‌ भन्‍ने प्रार्थना (१४-२१)

 यसकारण म पावल, तिमीहरू, जो अन्यजातिका मानिसहरू हौ, तिमीहरूका लागि ख्रिष्ट येसुको कैदी+ २  तिमीहरूले पक्कै सुनेको हुनुपर्छ कि तिमीहरूको हितको निम्ति मलाई परमेश्‍वरको असीम अनुग्रहको भण्डारे हुने जिम्मेवारी दिइएको थियो।+ ३  हो, मलाई पवित्र रहस्य प्रकट गरिएको थियो, जस्तो कि मैले पहिले पनि छोटकरीमा लेखेको थिएँ। ४  त्यसैले जब तिमीहरूले यो पढ्‌नेछौ, तब मसित ख्रिष्टको पवित्र रहस्यको+ समझ रहेछ भनेर बुझ्नेछौ। ५  अघिअघिका पुस्ताका मानिसहरूलाई यो रहस्य त्यत्तिको खुलाइएको थिएन, जत्तिको अहिले उहाँका पवित्र प्रेषितहरू र भविष्यवक्‍ताहरूलाई पवित्र शक्‍तिद्वारा प्रकट गरिएको छ।+ ६  यही कि ख्रिष्ट येसुसित एकतामा भएर अनि सुसमाचारद्वारा अन्यजातिका मानिसहरू हाम्रा सङ्‌गी उत्तराधिकारी, हामीसँग एउटै शरीरका अङ्‌ग+ अनि परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा हाम्रा साझेदार होऊन्‌। ७  परमेश्‍वरको असीम अनुग्रहद्वारा म यही पवित्र रहस्यको सेवक बनेँ। आफ्नो शक्‍तिद्वारा उहाँले मलाई यो वरदान सित्तैँमा दिनुभयो।+ ८  पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ,+ ऊभन्दा पनि सानो मजस्तो मानिसलाई यो असीम अनुग्रह यसकारण देखाइयो+ कि मैले ख्रिष्टको अथाह सम्पत्तिको विषयमा अन्यजातिका मानिसहरूलाई सुसमाचार घोषणा गरूँ ९  अनि पवित्र रहस्यले+ कसरी काम गर्नेछ भनेर सबै मानिसलाई देखाऊँ, जुन रहस्य सबै कुरा सृजनुहुने परमेश्‍वरले युगौँयुगदेखि लुकाउनुभएको थियो। १०  यसको उद्देश्‍य यही थियो कि स्वर्गमा भएका सरकारहरू र अख्तियारवालाहरूलाई अब मण्डलीमार्फत+ परमेश्‍वरको बुद्धिको विविध पक्ष प्रकट गर्न सकियोस्‌।+ ११  यो उहाँले हाम्रा प्रभु ख्रिष्ट येसुको सम्बन्धमा युगौँअघि रच्नुभएको उद्देश्‍यअनुसारै छ।+ १२  ख्रिष्टद्वारा हामीले यसरी निर्धक्क भई बोल्ने साहस पाएका छौँ अनि उहाँमाथिको विश्‍वासद्वारै ढुक्क भई कुनै अवरोधविना परमेश्‍वरसामु जान सकेका छौँ।+ १३  त्यसकारण तिमीहरूको खातिर मैले भोगेका यी सङ्‌कष्टहरूको कारण हरेस नखान म तिमीहरूलाई आग्रह गर्छु किनकि यसले गर्दा तिमीहरूको महिमा हुनेछ।+ १४  यसकारण म बुबासामु घुँडा टेकेर प्रार्थना गर्छु, १५  जसद्वारा स्वर्ग र पृथ्वीमा हरेक परिवारले नाम पाएको छ। १६  म प्रार्थना गर्छु कि परमेश्‍वर, जससित अपार महिमा छ, उहाँले तिमीहरूलाई आफ्नो पवित्र शक्‍तिद्वारा त्यस्तो तागत देऊन्‌, जसले तिमीहरूको भित्री मनुष्यत्वलाई शक्‍तिशाली बनाउनेछ+ १७  अनि प्रेमले भरिएको तिमीहरूको हृदयमा तिमीहरूको विश्‍वासद्वारा ख्रिष्टले बास गरून्‌।+ मेरो इच्छा यही छ कि तिमीहरू विश्‍वासको जगमा जरा हालिएका+ र दृढ होओ+ १८  ताकि सबै पवित्र जनले जस्तै तिमीहरूले पनि सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ १९  अनि ख्रिष्टको प्रेम जान,+ जुन प्रेम ज्ञानभन्दा पनि श्रेष्ठ छ ताकि परमेश्‍वरले दिनुहुने सम्पूर्ण ईश्‍वरीय गुणहरूले तिमीहरू भरिपूर्ण होओ। २०  परमेश्‍वर, जसको शक्‍तिले हामीभित्र काम गरिरहेको छ+ अनि जसले हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ,+ २१  मण्डली र ख्रिष्ट येसुमार्फत पुस्तौँपुस्तासम्म सदासर्वदा उहाँकै महिमा होस्‌। आमिन।

फुटनोटहरू