सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

युक्रेनमा भइरहेको युद्धमा धर्मको हात—यसबारे बाइबल के भन्छ?

युक्रेनमा भइरहेको युद्धमा धर्मको हात—यसबारे बाइबल के भन्छ?

 युक्रेनमा भइरहेको युद्धबारे केही गण्यमान्य धर्मगुरुले के भनेका छन्‌, विचार गरौँ:

  •   “रुसी अर्थोडक्स चर्चका प्रमुख पेट्रियाक किरिलले रुसले गरेको हमलाविरुद्ध एक शब्द पनि बोलेका छैनन्‌। . . . बरु तिनको चर्चले युक्रेनविरुद्ध सुनियोजित ढङ्‌गमा अफवाह फैलाउने अभियान नै चलाएको छ र यही अफवाहको आधारमा पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई जायज ठहऱ्‍याएका छन्‌।”—इयुअब्जर्भर, मार्च ७, २०२२.

  •   “पेट्रियाक किरिलले . . . आफ्नो देशले युक्रेनमाथि गरेको हमलालाई पापविरुद्धको सङ्‌घर्ष भनेका छन्‌। यसरी तिनले यस हमलालाई शतप्रतिशत सही ठहऱ्‍याउन खोजेका छन्‌।”—एपि न्युज, मार्च ८, २०२२.

  •   “गत सोमबार युक्रेनी अर्थोडक्स चर्चका धर्मगुरु किएभका मेट्रोपोलिटन इपिफानियस प्रथमले आफ्ना मानिसहरूलाई ‘रुसी आक्रमणकारीहरूविरुद्ध’ लड्‌न आशिष्‌ दिए। . . . [तिनले] रुसी सैनिकहरूलाई मार्नु पाप होइन पनि भने।”—जेरुसलेम पोस्ट, मार्च १६, २०२२.

  •   “हामी [UCCRO] युक्रेनी सेना र हाम्रो देशको लागि लडिरहेका सबैको साथमा छौँ। युक्रेनलाई आक्रमणकारीहरूबाट जोगाउन खटिएका सबैलाई हामी आशिष्‌ दिन्छौँ र तिनीहरूको लागि प्रार्थना गर्छौँ।”—UCCRO a को विज्ञप्ति, फेब्रुअरी २४, २०२२.

 तपाईँको विचारमा येसु ख्रिष्टको अनुकरण गरेको दाबी गर्ने धर्महरूले आफ्ना सदस्यहरूलाई युद्धमा जान प्रोत्साहन दिनु सही हो? यसबारे बाइबल के भन्छ?

धर्म र युद्धको इतिहास

 इतिहास हेर्ने हो भने धर्मले एकातिर शान्तिको लागि काम गरेको जस्तो देखाएको छ तर अर्कोतर्फ युद्धलाई सही ठहऱ्‍याएको छ र त्यसलाई बढावासमेत दिएको छ। दशकौँदेखि यहोवाका साक्षीहरूले यस्तो धार्मिक कपटको पर्दाफास गर्दै आएका छन्‌। हाम्रा प्रकाशनहरूमा उल्लेख गरिएका केही उदाहरण विचार गरौँ।

के ख्रिष्टियन धर्महरूले युद्धलाई समर्थन गर्नु सही हो?

 येसुले यस्तो सिकाउनुभयो: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ति २२:३९) “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो।”—मत्ति ५:४४-४७.

 विचार गर्नुहोस्‌: एकअर्कालाई प्रेम गर्नू भन्‍ने येसुको आज्ञा पालन गरेको दाबी गर्ने धर्मले आफ्ना अनुयायीहरूलाई युद्धमा अरूलाई मार्न उक्साउनु उचित हो? यसको जवाफ पाउन “साँचो ख्रिष्टियनहरू र युद्ध” अनि “शत्रुलाई प्रेम गर्नु के सम्भव छ?” भन्‍ने अङ्‌ग्रेजी लेखहरू पढ्‌नुहोस्‌।

 येसुले यसो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए।” (युहन्‍ना १८:३६) “तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।”—मत्ति २६:४७-५२.

 विचार गर्नुहोस्‌: ख्रिष्टियनहरूले येसुलाई बचाउन त अरूसित लड्‌नु हुँदैनथ्यो भने के तिनीहरूले अरू कुराको लागि हतियार उठाउन मिल्छ र? सुरु-सुरुका ख्रिष्टियनहरू कसरी येसुको उदाहरण र शिक्षाअनुसार चले भनेर थाह पाउन “तटस्थ रहनु भनेको के हो?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

युद्धलाई बढावा दिने धर्महरूलाई के हुनेछ?

 येसुको अनुकरण गरेको दाबी गर्ने तर उहाँको शिक्षाअनुसार नचल्ने धर्महरू परमेश्‍वरको नजरमा स्वीकार्य छैनन्‌ भनेर बाइबलले सिकाउँछ।—मत्ति ७:२१-२३; तितस १:१६.

  •   प्रकाशको किताबअनुसार परमेश्‍वरको नजरमा यस्ता धर्महरू “पृथ्वीमा मारिएकाहरू सबैको रगत”-को दोषी छन्‌। (प्रकाश १८:२१, २४) यसको कारण बुझ्न “महान्‌ बेबिलोन के हो?” भन्‍ने अङ्‌ग्रेजी लेख पढ्‌नुहोस्‌।

  •   जसरी बिग्रेको फल फलाउने रूख “काटेर ढालिन्छ र आगोमा फालिन्छ,” त्यसरी नै खराब काम गर्ने सबै धर्मलाई परमेश्‍वरले नाश गर्नुहुनेछ भनेर येसुले सङ्‌केत गर्नुभयो। (मत्ति ७:१५-२०) परमेश्‍वरले यो कसरी गर्नुहुनेछ भनेर बुझ्न “धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

Photo credits, left to right: Photo by Sefa Karacan/Anadolu Agency/Getty Images; Maxym Marusenko/NurPhoto via Getty Images

a चर्चहरू र धार्मिक सङ्‌गठनहरूको युक्रेनी परिषद्‌मा (UCCRO) अर्थोडक्स, ग्रीक र रोमन क्याथोलिक, प्रोटेस्टेन्ट र इभान्जेलिकल गरी १५ वटा चर्चलगायत यहुदी र इस्लाम धर्म समावेश छ।